Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

खडेरीले सुक्नथाल्यो मकैको बोट

Author Avatar साझा न्यूज 12th May 2023 , 4:50 PM
खडेरीले सुक्नथाल्यो मकैको बोट

कावासोती, वैशाख २९ गते । लामो समयसम्म पानी नपर्दा बोटमै मकै सुक्न थालेपछि किसानहरु चिन्तित बन्न थालेका छन् ।

पूर्वी नवलपरासीमा धानसहित मुख्य खाद्यबालीको रुपमा खेती गर्दै आएका किसानहरु हुर्किन नपाउँदै मकै सुक्न थालेपछि चिन्ता गर्न थालेका छन् । लगाएको बाली खेडरीले बोटमै धमाधम सुक्न थालेको छ । बारीमा मकैका बोट सुकेर नष्ट हुँदै छन् ।

जिल्लाको कावासोती, देवचुली, गैँडाकोट, मध्यविन्दुलगायतका ठाउँमा खडेरीले मकै सुकेर नष्ट हुँदै गएका हुन् । जिल्लामा पर्याप्त वर्षा भएको छैन । विशेषगरी सिँचाइ सुविधा नभएको स्थानका मकै बाली सुकेका छन् ।

किसानले लगाएको मकै बाली मात्र हैन, व्यवसायिक रुपमा गरेका तरकारी खेतीमा समेत खडेरीले प्रभाव पारेको छ ।

खडेरीले बालीनाली लगाउने र फल्ने बेला नष्ट गरेपछि आफूहरुलाई भोकमरी निम्तिने अवस्था आउँछ कि भन्ने चिन्ता रहेको देवचुली १ का सदिक्षा भण्डारीले बताउनुभयो ।

देवचुलीकै रामप्रसाद रिजालले पानी नपरेका कारण मकैको बोट सुक्न थालेपछि फाडेर बस्तुलाई दिन थालेको बताउनुभयो ।

“प्रायःजसो आकाशे खेतीको भरमा जीवन गुजारा चलाउँदै आएका यहाँका किसान यसपालि लामो समयसम्म पानी नपरेपछि दुःख गरेर उमारेको मकैको बोटसमेत सुकेर काम नलाग्ने अवस्था भइसक्यो”, उहाँले भन्नुभयो, अब त बारी खाली बनाउनुको विकल्प नभएको उहाँको भनाइ छ ।

“बारीमा लगाएको मकैको बोट फेददेखि नै सुक्न थाल्यो, अब के गर्ने भन्ने चिन्तामा किसान परेका छन्”, उहाँले भन्नुभयो, “अहिलेसम्म नभएको अवस्था यसपालिको खडेरीले उब्जाएपछि खाद्य सङ्कट नै हुने अवस्था सिर्जना होला जस्तो छ ।”

यता, कावासोतीका किसान गंगा शर्मा पानी नपरेर खडेरी परेपछि तरकारी पनि राम्रोसँग फस्टाउन नपाई बोटबिरुवा सुक्दै गएको साथै पानी नपर्दा आफूहरुले मकै छर्न नपाएको गुनासो गर्नुहुन्छ ।

जिल्लामा चार हजार ५७० हेक्टर क्षेत्रफलमा मकै खेती हुँदै आएको छ । यो वर्ष मौसम विभागका अनुसार तराई क्षेत्रका जिल्लाहरुमा कम पानी पर्ने प्रक्षेपण गरिएको छ ।

नवलपुर जिल्लामा यो वर्ष १३ हजार ५३० मेट्रिक टन मकै उत्पादन हुने अनुमान छ । तर यही अवस्था रहिरहने हो भने मकै उत्पादनमा ह्रास आउने कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल लामिछानेले बताउनुभयो  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

ज्ञानेन्द्रबहादुर कार्की काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन

ज्ञानेन्द्रबहादुर कार्की काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ जना घाइते

कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ जना घाइते

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

भर्खरै प्रकाशित

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

ज्ञानेन्द्रबहादुर कार्की काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन

ज्ञानेन्द्रबहादुर कार्की काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ जना घाइते

कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ जना घाइते

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज