Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

ग्रामीण सडकलाई पक्की बनाउँदै बेनी नगरपालिका

Author Avatar साझा न्यूज 14th May 2023 , 10:29 AM
ग्रामीण सडकलाई पक्की बनाउँदै बेनी नगरपालिका

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले ग्रामीण सडकलाई पक्की बनाउने योजना कार्यान्वयन गरेको छ ।

जिल्ला सदरमुकामसमेत रहेको नगरपालिकाको केन्द्र बेनी बजारबाट वडा कार्यालय र मुख्य बस्ती जोड्ने सडकमा बाह्रै महिना नियमित र सुरक्षित सवारी सञ्चालनका लागि पक्की बनाउने योजना अघि बढाएको छ ।

ग्रामीण सडकले हिउँद र बर्खा दुवै याममा दुःख दिइरहन थालेपछि पछिल्लो समय त्यस्ता सडकलाई पक्की बनाउने अभियान थालिएको नगर उपप्रमुख ज्योति लामिछानेले बताए । ‘नगरपालिकाका १० वटै वडाका सबै बस्तीमा सडक पुगिसकेको छ । यसअघिका वर्षमा मार्ग खोल्ने, सोलिङ र विस्तारको काम धेरै भएका थिए’, उनले भने, ‘यस वर्षदेखि ग्रेड नमिलेका सडकका घुम्ती ढलान गर्ने, पक्की नाली, कल्भर्ट र कजवे बनाएर वर्षैभर सवारी चल्न सक्ने बनाउने काम सुरु गरेका छौँ ।’

सडक बनाएको भन्दा वर्षात्मा पहिरो नियन्त्रण र बर्सेनि मर्मत गर्न लाग्ने खर्च बढी आउन थालेपछि यो नीति लिइएको हो । अधिकांश ग्रामीण सडकमा पहिरो खसेर बालीनालीसमेत नष्ट हुने क्रम रोक्न यो विधि अपनाइएको नगर उपप्रमुख लामिछानेको भनाइ छ ।

पक्की पर्खाल र नाली बनाएपछि पहिरो नियन्त्रणका साथै धुलो र हिलोमुक्त बनाउन सकिने बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनले बताए । भकिम्लीलाई बेनी बजारसँग जोड्ने सडक ढलान, नाली र सोलिङ गर्न चालु आव २०७९/८० मा दुई वटा प्याकेजमा रु एक करोड २५ लाख विनियोजन भएको छ ।

दुवै प्याकेजमार्फत चार सय ५० मिटर ढलान, तीन सय ५० मिटर नाली, तीन सय मिटर पर्खाल निर्माण र तीन सय ५० मिटर सोलिङ हुँदैछ । बेनी नगरपालिका–४ स्थित तातोपानी बजारमा तीन सय २५ मिटर सडक कालोपत्र भइरहेको छ । ७० लाखमा ठेक्का सम्झौता भएको महारानी थान–छाप–ठूलोखोला सडक आयोजनामार्फत एक सय ७२ मिटर सडक ढलान हुँदैछ ।

बेनी–पाखा पानी सडकको जामुना खर्क, अर्थुङ्गे–पुला चौर सडकको बाँस बोट क्षेत्रको सडक पनि ढलान भइरहेको छ । बेनी नगरपालिकाका योजना अधिकृत कृष्ण सुवेदीले यस वर्षका एक सयभन्दा बढी योजना सडक ढलान र पक्की नाली निर्माण गर्नेसँग सम्बन्धित रहेका बताए ।

नगरपालिकाका इञ्जीनियर विमल रञ्जन कार्कीले भिरालो भूगोलको सडकमा गरिएको कालोपत्र नटिक्ने भएकाले दिगो र टिकाउका लागि ढलान प्रभावकारी देखिएको बताए । भुईँमा ढुङ्गा बिछ्याएर, रड बानेर, सिमेन्ट, बालुवा र गिट्टी मिसाएर गरिएको कालोपत्र बलियो हुने इञ्जीनियर कार्कीको भनाइ छ ।

सडक ढलान भएपछि घर अगाडि हिलोमा गाडी फस्ने, धुलो हुने समस्या हटेको बेनी नगरपालिका–५ भिरमुनिका कृष्ण कार्कीले बताए । ‘गाडी नचल्दा सामान ढुवानी र आवतजावतमा सास्ती खेपेका थियौँ, अहिले सहज भयो’, उनले भने, ‘ढलान गर्दा पानीले पनि असर गरेन ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

ज्ञानेन्द्रबहादुर कार्की काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन

ज्ञानेन्द्रबहादुर कार्की काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ जना घाइते

कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ जना घाइते

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

भर्खरै प्रकाशित

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

ज्ञानेन्द्रबहादुर कार्की काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन

ज्ञानेन्द्रबहादुर कार्की काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ जना घाइते

कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ जना घाइते

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज