Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कृषकलाई धानको बीउ वितरण


कृषकलाई धानको बीउ वितरण

तनहुँ । तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ अनुदानमा वितरण गरेको छ । प्रति किलो रु ५५ मा खरिद गरी कृषकलाई बीउ वितरण गरेका हो ।

रामधान सत्र, सावित्री चौध र सुक्खाधान तीन क्विन्टलसहित कुल ३४ क्विन्टल धानको बीउ वितरण गरिएको व्यास कृषि शाखाका कृषि अधिकृत प्रतिमा बगालेले जानकारी दिए । सङ्घीय सरकारको खाद्य बाली उन्नत बीउ प्रयोग मूल्य अनुदान कार्यक्रमअन्तर्गत कृषकलाई बीउ वितरण गरिएको हो ।

व्यास नगरपालिका मातहतका १४ मध्ये १२ वडाका कृषकले माग गरेअनुरूप धानको बीउ नवलपुर, चितवन, स्याङ्जालगायत जिल्लाबाट सङ्कलन गरी वितरण गरेको हो । व्यास–२ र ३ बजार क्षेत्रका कृषकले भने धानको बीउ माग नगरेको उनले बताए ।

व्यासका अन्य वडाका कृषकले धानको बीउ माग गरे पनि विशेषगरी १, ५, ६, ७ र ९ वडा धान खेतीका लागि पकेट क्षेत्रका रूपमा परिचित छन् । उन्नत बीउका लागि भनेर मगाइएको धानको बीउ सम्बन्धित वडाको तोकिएका स्रोत केन्द्रबाट कृषकलाई वितरण गर्ने व्यवस्था मिलाइएको अधिकृत बगालेले जानकारी दिए ।

कृषकलाई व्यावसायिक खेतीमा उत्साहित गराउन र आत्मनिर्भर बनाउने उद्देश्यले बीउमा अनुदान कार्यक्रमलाई व्यास नगरपालिकाले प्राथमिकता दिँदै आएको छ । प्रशस्त पानीको सुविधा भएका स्थानमा सावित्री, रामधान र आकाशे पानीको भरमा रोपिने सुक्खा ठाउँमा सुक्खा धान लगाउन राम्रो हुने बताइएको छ ।

बीउमा अनुदान दिन थालेपछि कृषक व्यावसायिक खेतीतर्फ उत्साहित भएर लागेका नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । नगरपालिकाले केही समयअघि रामपुर, कम्पोजिट, मनकामना–३, अरुण–२ लगायत जातको सात मेट्रिक टन उन्नत मकैको बीउ समेत ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नयाँ बजेटमा बाँकेका दर्जन आयोजना प्राथमिकतामा

नयाँ बजेटमा बाँकेका दर्जन आयोजना प्राथमिकतामा

कीर्तिमानी आरोही बुढामगरलाई माओवादीको सम्मान

कीर्तिमानी आरोही बुढामगरलाई माओवादीको सम्मान

डुबेर छ जना र विद्युतीय धरापमा परेर तीन बालबालिकाको मृत्यु

डुबेर छ जना र विद्युतीय धरापमा परेर तीन बालबालिकाको मृत्यु

सिन्धुलीमा सर्पले डसेर सँगै सुतेका दाजुभाइको मृत्यु

सिन्धुलीमा सर्पले डसेर सँगै सुतेका दाजुभाइको मृत्यु

‘अनुपयुक्त व्यवहार’ गरेपछि जापानका प्रधानमन्त्रीद्वारा निजी सचिव रहेका छोरा बर्खास्त

‘अनुपयुक्त व्यवहार’ गरेपछि जापानका प्रधानमन्त्रीद्वारा निजी सचिव रहेका छोरा बर्खास्त

सन्दीपको पक्षमा माइतीघरमा प्रदर्शन, फैसला छिटो गर्नुपर्ने माग

सन्दीपको पक्षमा माइतीघरमा प्रदर्शन, फैसला छिटो गर्नुपर्ने माग

भर्खरै प्रकाशित

नयाँ बजेटमा बाँकेका दर्जन आयोजना प्राथमिकतामा

नयाँ बजेटमा बाँकेका दर्जन आयोजना प्राथमिकतामा

कीर्तिमानी आरोही बुढामगरलाई माओवादीको सम्मान

कीर्तिमानी आरोही बुढामगरलाई माओवादीको सम्मान

डुबेर छ जना र विद्युतीय धरापमा परेर तीन बालबालिकाको मृत्यु

डुबेर छ जना र विद्युतीय धरापमा परेर तीन बालबालिकाको मृत्यु

सिन्धुलीमा सर्पले डसेर सँगै सुतेका दाजुभाइको मृत्यु

सिन्धुलीमा सर्पले डसेर सँगै सुतेका दाजुभाइको मृत्यु

‘अनुपयुक्त व्यवहार’ गरेपछि जापानका प्रधानमन्त्रीद्वारा निजी सचिव रहेका छोरा बर्खास्त

‘अनुपयुक्त व्यवहार’ गरेपछि जापानका प्रधानमन्त्रीद्वारा निजी सचिव रहेका छोरा बर्खास्त

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि