काठमाडौं,३ जेठ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई हावा न चाबाको पार्टी भन्दै कडा टिप्पणी गरेका छन् ।
आज काठमाडौंमा जननेता मदन भण्डारीको ३०औं स्मृति दिवसलाई सम्बोधन गर्दै ओलीले दशको परिस्थिति धराशायी बन्दा कांग्रेस पार्टी मुकदर्शक बनेको भन्दै कांग्रेस राजनीतिक पार्टी हो भन्ने अवस्था नरहेको बताएका हुन् ।
‘नेपाली कांग्रेस भन्ने एउटा पार्टी छ– हावा न चाबाको ‘त्यो पार्टीलाई कुनै राजनीतिक पार्टीको संज्ञा दिन पनि मन लाग्न छोडिसक्यो’, ओलीले भने, ‘देश यस्तो गम्भीर परिस्थितिमा छ, लामो इतिहास बोकेको कांग्रेस ‘भोलि उठी कहाँ जाने केही थाहा छैन’ भनेजस्तै छ ।’
कार्यक्रममा ओलीले सत्ताको लागि देशलाई अघात हुने कुनैपनि काम एमालेबाट नहुने स्पष्ट पारेका छन् ।