Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

हावाहुरीका कारण सुर्खेतमा ठुलो क्षति

Author Avatar साझा न्यूज 24th May 2023 , 4:32 PM
हावाहुरीका कारण सुर्खेतमा ठुलो क्षति

सुर्खेत, जेठ १० गते । हावाहुरीका कारण सुर्खेतको पश्चिम क्षेत्रमा ठुलो क्षति भएको छ । सोमबार रातिको भीषण हावाहुरीका कारण सयौँ व्यक्तिको घरमा क्षति पुगेको छ । यस्तै विभिन्न कार्यालयका भौतिक संरचनामा समेत क्षति पुगेको छ ।

पश्चिमका चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकामा ठुलो क्षति भएको स्थानीयहरूले बताएका छन् । चौकुने गाउँपालिकाको –८ स्थित भट्टेसरका पहिरो पीडितका १२ वटा घर–टहरामा क्षति भएको छ ।

चौकुनेका अन्य वडामा पनि स्थानीयका घर र कार्यालयका संरचनामा क्षति भएको छ । अहिलेसम्म कति घरधुरीमा क्षति भयो भन्ने यकिन तथ्याङ्क सङ्कलन भइसकेको छैन । चौकुनेमा सञ्चार समस्या भएकाले सबै ठाउँमा सम्पर्क हुन नसकेको कर्मचारीको भनाइ छ । चौकुने गाउँपालिकाका अध्यक्ष खड्ग विकले पालिकाभरि करिब २ सयको हाराहारीमा घरधुरी, कार्यालयको भौतिक संरचनामा क्षति पुगेको बाउनुभयो ।

यस्तै, पञ्चपुरीमा पनि सयौँ घरधुरी र कार्यालयका भवनमा क्षति पुगेको स्थानीयले बताएका छन् । पञ्चपुरी नगरपालिकाका नगरप्रमुख लालवीर भण्डारीका अनुसार पञ्चपुरीको वडा नम्बर ८ को दुललाथाई भन्ने ठाउँमा थुप्रै घरधुरीमा क्षति पुगेको छ । उहाँका अनुसार २९ वटा स्थानीयका घर र एउटा विद्यालयको भवनमा क्षति पुगेको छ ।

यस्तै, बराहताल गाउँपालिका –४ तरङ्गाको श्री सरस्वती आधारभूत विद्यालयको छाना उडाएको छ । क्षति भएका विद्यालयमा पठन–पाठनमा समस्या पुगेको छ भने स्थानीयको घरमा भएको क्षतिका कारण परिवारको बिचल्ली छ । तर, विपद्को समयमा स्थानीय सरकार, प्रदेश सरकार र जिल्ला विपद् शाखाबाट हुनुपर्ने सहयोग स्थानीयले नपाएको गुनासो गरेका छन् ।

राजनीतिक दलका पालिका सङ्गठनहरूले भने भौतिक संरचनामा पुगेको क्षतिका कारण विद्यार्थीको पठनपाठन, हावाहुरीले प्रभावित स्थानीयको खाना, बस्न समेतमा समस्या भएको र समस्या समाधान, क्षतिपुर्तीलगायतमा ध्यान दिन आग्रह गरिरहेका छन् । सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा भने मुचुल्काका लागि प्रहरी खटिसकेको र विवरण सङ्कलन गर्ने काम भइरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

क्रियाकलापमा आधारित सिकाइसम्बन्धी पाँचदिने तालिम

क्रियाकलापमा आधारित सिकाइसम्बन्धी पाँचदिने तालिम

भर्खरै प्रकाशित

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज