अराज बेल्बासे
अर्घाखाँची, जेष्ठ १० ।अर्घाखाँची शितगंगा नगरपालिकाले नगरपालिकाका ८४ बर्ष पुगेका जेष्ठ नागरिकहरुलाई ८४ पुजा सम्मान स्वरुप २५ हजार दिन सुरु गरेको छ । शितगंगा नगरपालिकामा जनप्रतिनिधीहरुले निर्वाचित भए पछि पहिलो निर्णयको रुपमा ८४ बर्ष पुगेका नागरिकहरुको सम्मान मा एक पटक २५ हजार दिने निर्ण भएको १ बर्ष पछि निर्णय र्कायान्वयन भएको छ ।
शितगंगा नगरपालिका वडा नम्बर ३ बाट जेष्ठ नागरिक सम्मान कार्यक्रम सुरु गरिएको छ । जस अनुसार वडा नम्बर ३ मा रहेका १९ जना ८४ बर्ष माथीका जेष्ठ नागरिक मध्ये सोमबार १२ जनालाई सम्मान रकम प्रदान गरिएको वडा सचिव ऋषि भुसालले जानकारी दिनु भयो । सम्मान रकम दिँदै उपमेयर गिता भाटले वृद्ध अविभावहरुको सम्मान गर्न पाउदा गर्भ लागेको बताउनु भयो । नगरपालिकाका आमा बुबाहरुको लागि पनि केही काम गर्नु पर्छ भन्ने योेजनाका साथ यो कार्यक्रम सुरु गरिएको बताउनु भयो ।
८४ बर्ष पुगेका आमा बुबाले यहि रकम लिएर पुजा गर्ने उदेश्य राखि हर्सित भएको अबस्थामा केहि ढिलो हुँदा आलोचना भए पनि अहिले सुरु गर्न पाएकोमा खुशी ब्यत्त गर्नु भयो । यस्तै जेष्ठनागरिक लोकनाथ खनालले नगरपालिकाले दिएको सम्मानले हर्सित भएको बताउदै उमेर ढल्कदै जाँदा सबैको बेवास्था हुने गरे पनि नगरपालिकाले आफ्नै परिवार जस्तो भएर सहयोग गरेकोमा खुशी ब्यत्त गर्नु भयो । यस्तै नगर प्रमुख छबिलाल पौडेलले नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भए पछि आफ्नै पिताको स्मरण गर्दै र अन्य बिभिन्न वृद्धहरुले रकम अभावले ८४ पुजा गर्न नसकेर दुख मानेको स्मरण गर्दै पहिलो निर्णयनै बुबा आमाको सम्मानमा रकम दिने निर्णय गरेको बताउनु भयो ।
नगरपालिकामा रहेका ८४ बर्ष माथीका जेष्ठनागरिक सम्मानको लागि नगरपालिका बाट ६० लाख बिनियोजन गरेको तर उत्त रकमले नपुग्ने भएका कारणले बितरणमा ढिलाई भएको बताउनु भयो । यस्तै नगर प्रमुख पौडेलले नगरपालिकाले गरेका निर्णयहरु समयमै कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताउदै जनताको जनजिवन सँग जोडिएका कुरामा पहिलो प्राथमिकताका साथ काम गर्ने बताउनु भयो ।
कार्यक्रममा समाजसेबि केदार बेल्बासे , सुमन्त बेल्बासे, तोयनाथ खनाल वडा नम्बर ४ का वडा अध्यक्ष दामोदर अधकारी स्थानिय सरोज भट्टराई लगायतले शुभकामना दिनु भएको थियो । कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष चिन्ताराज अधिकारीको अध्यक्षता , वडा सदस्य राजकुमार श्रेष्ठको स्वागत कार्यपालिका सदस्य गंगा थापा वडा सदस्य गणेस श्रेष्ठ, वडा सचिव ऋषि भुसाल , लगायत जेष्ठनागरिकहरुको सहभागिता रहेको थियो । शितगंगा नगरपालिकामा यो बर्ष ३०५ जना जेष्ठ नागरिकले सम्मान रकम पाउने छन ।