Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

हुरीले उडायो पाल बगरको बस्तीमा बेहाल

Author Avatar साझा न्यूज 25th May 2023 , 10:13 AM
हुरीले उडायो पाल बगरको बस्तीमा बेहाल

सुर्खेत, जेठ ११ गते । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–८ का बाढीपीडितको बस्ती सोमबार साँझको हुरीले उजाडिएको छ। भदौ ३१ गते पहिरोसहित बाढी बस्तीमा पसेपछि चौरमा पाल टाँगेर बस्दै आएका बाढीपीडितको टहरा उडाएपछि उनीहरू समस्यामा छन्।

साँझ करिब ९ बजेपछि आएको हुरीसँगैको वर्षाले त्रिपाल उडाएको हो। बाढीपीडित टेकबहादुर विकले हुरीले त्रिपालसहित सबै तहसनहस पारेको बताउनुभयो। उहाँले भन्नुभयो, “खाद्यान्नसमेत भिज्यो। रातभर भागदौड भयो। हावाहुरी र पानीले पाकेको खाना पनि खान पाएनौँ, ओभानो खाना पकाउने ठाउँ छैन। दाउरासमेत छैन। आफन्तको घरमा आश्रय लिइरहेका छौँ।” महिनौँदेखि त्रिपालमुनि बसिरहँदा समेत सरकारले समस्या सम्बोधन नगरेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “अब त कसरी बाँच्ने भन्ने पीर छ। गाँस, बासको कुनै टुङ्गो छैन। बालबच्चा कसरी पाल्ने ?”

उहाँले भन्नुभयो, “घर बाढीले बगायो, त्रिपाल हावाले उडायो। जाने ठाउँ छैन, अब के गर्ने ?”

चौकुने गाउँपालिकामा सोमबार साँझको हावाहुरीसहितको वर्षाले दुई सय घरधुरी र सात वटा विद्यालयमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष खड्क विकले जानकारी दिनुभयो। उहाँका अनुसार यो प्रारम्भिक जानकारी हो। घरका छाना उडाएको छ। कुनै घरमा पूर्ण रूपमा क्षति पुगेको छ। गाउँपालिकाका १० वटै वडामा क्षति पुगेको उहाँले बताउनुभयो।

उहाँका अनुसार क्षतिको विवरण सङ्कलनको काम भइरहेको छ। विपत्मा परेकाको राहत र सहयोगमा स्थानीय सरकार पूरै परिचालन गरिएको गाउँपालिकाले जनाएको छ। स्थानीय सरकारले मात्र समस्या समाधान गर्न नसक्ने भन्दै उहाँले सङ्घ र प्रदेशले सहयोग नगरेसम्म बाढीपीडितको पुनस्र्थापना सम्भव नहुने उहाँले बताउनुभयो।

कर्णालीमा प्राकृतिक विपत्तिबाट ठुलो धनजनको क्षति हुने गरेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार वैशाख महिनामा मात्र प्राकृतिक विपत्तिबाट तीन जनाको मृत्यु भएको छ। १७ जना घाइते भएका छन्। वैशाखमा मात्र २४ वटा विपत्का घटना भएका थिए। १० घरमा क्षति पुगेको छ भने प्रकोपमा परी तीन पशुचौपाया मरेका थिए। जेठ महिनाको यो अवधिसम्म सात वटा विपत्तिका घटना भएका छन्। जसमा परी सात पशुचौपाया मरेका छन् भने दुई वटा घरमा क्षति पुगेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

क्रियाकलापमा आधारित सिकाइसम्बन्धी पाँचदिने तालिम

क्रियाकलापमा आधारित सिकाइसम्बन्धी पाँचदिने तालिम

भर्खरै प्रकाशित

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज