Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भूमिहिनको पुनःस्थापना प्राथमिकतामा छ : मन्त्री श्रेष्ठ


भूमिहिनको पुनःस्थापना प्राथमिकतामा छ : मन्त्री श्रेष्ठ

काठमाडौं, जेठ ११ गते । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले आफू पदीय जिम्मेवारीमा आएदेखि मुक्त कमैया, कमलरी, हलिया, हरवाचरवा तथा भूमिहिनको पुनःस्थापनालाई प्राथमिकतामा राखेको बताउनुभएको छ । बिहीबार यहाँ आयोजित सरोकारवालासँगको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री श्रेष्ठले मन्त्रालयमा शपथ लिएदेखि नै आफुले मुक्त कमैया, हलिया, कमलरी र हरवाचरवाहरुको सवाललाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा नै यस सवालमा केही महत्वपुर्ण नतिजा निकाल्ने गरी कामको थालनी गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

संबिधानसभा सदस्य एवं मुक्त कमैया, हलिया, कमलरी र हरवाचरवा बस्तुस्थिति अध्ययन समितिका संयोजक श्याम श्रेष्ठले देशमा ठूला भौतिक संरचना निर्माण गर्ने श्रोतसाधन प्रयाप्त हुने तर दासत्व अन्त्य गर्ने पैसा नभएको भन्ने कुरा मान्नै नसकिने कुरा बताउनुभयो ।

उहाँले कतिपय नीतिगत निर्णय गर्न बाँकी रहेको उहाँले प्रष्ट पार्नुभयो । संघीय सरकारले केही निर्णय र परिपत्र मात्र गरेमा पनि स्थानीय र प्रदेश तहबाट समाधान हुन सक्ने उहाँको भनाइ छ ।

संबिधानसभा सदस्य एवं मुक्त कमैया, हलिया, कमलरी र हरवाचरवा बस्तुस्थिति अध्ययन समितिका सदस्य हरि श्रीपाईलीले तत्काल पूर्बी तराई ८ वटा जिल्लामा गएर त्यहाँ रहेका मुक्त हरवाचरवाहरुको बस्तुस्थिति बुझ्न उहाँले मन्त्री श्रेष्ठलाई अनुरोध गर्नुभयो । मुक्त कमैया, हलिया, कमलरी र हरवाचरवाको सावलमा बिगतदेखि नै जानकार हुनु भएकोले उहाँले आफनो कार्यकालमा यो समस्या समाधान गरी इतिहास बनाउन उहाँले मन्त्रीसँग आग्रह गर्नुभयो ।

राष्ट्रिय दलित नेटवर्क, नेपालका केन्द्रीय अध्यक्ष एवं मुक्त कमैया, हलिया, कमलरी र हरवाचरवा बस्तुस्थिति अध्ययन समितिका सदस्य गणेश बिश्वकर्माले मुक्त हलिया, कमैया, कमलरी र हरवाचरवाहरु युगौदेखि दासत्वबाट पीडीत हुनुभएकोले उनीहरुको पहिचान, प्रतिनिधित्व र सामाजिक सुरक्षामार्फत सम्मान, संरक्षण र परिपुर्ति गर्नुपर्ने दायित्व राज्यको भएकाले यसतर्फ गम्भीर हुनुपर्ने उहाँले बताउनुभयो ।

नेपालमा अहिलेसम्म पनि लाखौंको संख्यामा रहेका कृषि बधुवाँ मजदुरहरु, मुक्त हलिया, कमैया, कमलरी र हरवाचरवाहरुको सवाललाई दिगो बिकास लक्ष्य २०३० सँग जोडेर एकीकृत प्याकेज निर्माण गरी कार्ययोजनामार्फत उनीहरुको न्यायिक पुनःस्थापना हुनुपर्ने र यस समस्याहरुको समाधानका लागि एउटा अधिकार सम्पन्न संरचना निर्माण गरिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका केन्दीय अध्यक्ष एवं राष्ट्रिय कृषि बधुवाँ मजदुर संघर्ष समितिका संयोजक दशनलाल मण्डलले स्थानीय तहलाई जिम्मेवारी र हक प्रदान गर्दै मुक्त हरवाचरवाको लगत संकलन र परिचयपत्र बितरण कार्य यसै आर्थिक बर्षमा प्रारम्भ गरिनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले दातृनिकायहरूको समेत सहयोग संकलन र परिचालन गर्न एउटा बास्केट फण्ड निर्माण गरिनुपर्ने बताउनुभयो ।

मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपती चौधरीले सरकारबाट परिचयपत्र पाएका तर कुनै पनि पुनःस्थापनाको प्याकेज नपाएका छुट कमैयालाई नियम कानुनअनुसार पाउनु पर्ने प्याकेज उपलब्ध गराउन माग गर्नुभयो ।

राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालका अध्यक्ष ईश्वर सुनारले लगत संकलनमा छुट भएका तर हलिया रहेका बस्ती र जिल्लामा हलियाको छुट लगत संकलन प्रारम्भ गर्दै परिचयपत्र तथा पुनःस्थापनाको प्याकेज उपलब्ध गराउन माग गर्नुभयो ।

सो अवसरमा मुक्त कमलरी बिकास मञ्चका केन्द्रीय अध्यक्ष हिरामोती चौधरी, मुक्त कमलरी बिकास मञ्चका अध्यक्ष कौशिला चौधरीले परिचयपत्र पाएका सबै कम्लहरीलाई दीर्घकालीन प्रकृतिको जीवनोपयोगी सीप तालिम र उच्च तहसम्मको निःशुल्क शिक्षाको व्यवस्था गर्न माग गर्नुभयो ।

भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव दामोदर रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नापी बिभागका महानिर्देशक जनकराज जोशीले मुक्त कमैया, हलिया, कमलरी र हरवाचरवाहरुको पुनःस्थापनासम्बन्धी सरकारी पहल र भावी कार्यदिशाका सम्बन्धमा प्रस्तुती गर्नुभएको थियो । कार्यक्रममा मन्त्रालयका उपसचिव चन्द्र शिवाकोटी, अधिकारकर्मी जगत देउजा, जीयम श्रेष्ठ, बालाराम भट्टरार्इ, बिष्णु शर्मालगायतले धारणा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्वाचन कार्यालय खारेज नगर्न सत्तारूढसहित १२ दल एकमत

निर्वाचन कार्यालय खारेज नगर्न सत्तारूढसहित १२ दल एकमत

पहाडी क्षेत्र र काठमाडौं उपत्यकामा चर्को महँगी

पहाडी क्षेत्र र काठमाडौं उपत्यकामा चर्को महँगी

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक बस्दै

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौंमा थप ६२ जनामा दादुरासँग मिल्दाजुल्दा लक्षण

काठमाडौंमा थप ६२ जनामा दादुरासँग मिल्दाजुल्दा लक्षण

सुरु भयो चीन–काठमाडौँ दैनिक उडान

सुरु भयो चीन–काठमाडौँ दैनिक उडान

खडेरीले बीउ सुक्यो, रोपाइँँ प्रभावित

खडेरीले बीउ सुक्यो, रोपाइँँ प्रभावित

भर्खरै प्रकाशित

निर्वाचन कार्यालय खारेज नगर्न सत्तारूढसहित १२ दल एकमत

निर्वाचन कार्यालय खारेज नगर्न सत्तारूढसहित १२ दल एकमत

पहाडी क्षेत्र र काठमाडौं उपत्यकामा चर्को महँगी

पहाडी क्षेत्र र काठमाडौं उपत्यकामा चर्को महँगी

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक बस्दै

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौंमा थप ६२ जनामा दादुरासँग मिल्दाजुल्दा लक्षण

काठमाडौंमा थप ६२ जनामा दादुरासँग मिल्दाजुल्दा लक्षण

सुरु भयो चीन–काठमाडौँ दैनिक उडान

सुरु भयो चीन–काठमाडौँ दैनिक उडान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि