काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी र नेपालस्थिति चिनियाँ दूतावासको टोलीबीच भेटवार्ता भएको छ ।
रास्वपाका उपसभापति डीपी अर्याल, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावल र पार्टी सल्लाहकार भूमिनन्द बरालले डेपुटी चिफ अफ मिसनको पोलिटिकल कन्सुलर र अर्का एक अधिकारीसँग भेट गरेका हुन् ।
सहमहामन्त्री बुर्लाकोटीका अनुसार पार्टी नेताहरूसँग भेटघाट गर्ने दूतावासको प्रक्रिया अनुसार नै उनीहरूले रास्वपाको टोलीसँग भेट गरेको हो ।
भेटमा नेपाल र चीनबीचको सम्बन्धका विषयमा कुरा भएको उनको भनाइ छ ।
चिनियाँ कम्युनिस्ट पार्टीले सुशासनका लागि पार्टीमा गरेको ८ बुँदे सर्कुलर बारे चिनियाँ टोलीले जानकारी दिएको पनि सहमहामन्त्री बुर्लाकोटीले बताए ।