Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई अध्ययनमा सास्ती

Author Avatar साझा न्यूज 25th May 2023 , 4:38 PM
बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई अध्ययनमा सास्ती

राँझा, ११ जेठ । नेपालगञ्जको प्रचण्ड गर्मीमा बौद्धिक अपाङ्गता भएका विद्यार्थी जस्तापाताले छाएको साँघुरा कोठामा पढ्न बाध्य छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–९ बाँके गाउँस्थित सरस्वती प्राथमिक विद्यालयमा सञ्चालित बौद्धिक अपाङ्ग दिवासेवा केन्द्रका लागि जस्तापाताले छाएको एउटामात्र साँघुरो कोठा छ । दिवा खाजाका लागि भान्छाका भाँडाकुँडा र शैक्षिक सामग्रीसमेत राखिएको उक्त कक्षाकोठामा ३४ विद्यार्थी भर्ना भएका छन् ।

नेपालगञ्जको तापक्रम बढ्ने क्रममा छ । त्यसै पनि शारीरिक र मानसिकरुपमा कमजोर बौद्धिक अपाङ्गता भएका विद्यार्थी जस्तापाताले छाएको साँघुरो कोठामा पसिनाले निथुक्क भिजेर बस्नुपर्दा उनीहरू शिक्षा आर्जनभन्दा पनि यातना भोग्दै गरेको आभास हुने गर्दछ ।

बौद्धिक अपाङ्गता भएका विद्यार्थीमैत्री भवन नभएका कारण गर्मी र जाडोको समयमा पठनपाठनमा समस्या हुने गरेको बौद्धिक अपाङ्ग दिवासेवा केन्द्रका शिक्षक विराज सिंहले जानकारी दिए । बालबालिकालाई खेल, मनोरञ्जन, अभ्यास, व्यावहारिक ज्ञानका माध्यमबाट पठनपाठन गराइने सिंहको भनाइ छ ।

“प्रत्येक बालबालिकाको व्यक्तिगत फाइल बनाई अवस्था के थियो, के सुधार भयो भन्ने कुराको विवरण राख्नुका साथै बालबालिकालाई सचरित्र वर्णन गराएर अनुकरण गराउने गरिन्छ”, शिक्षक सिंहले भने, “शौचालय र खानेपानीको पनि अभाव, साँघुरो कक्षाकोठा भएकाले विद्यार्थीलाई पठनपाठनमा धेरै असहज भइरहेको छ ।”

विसं २०४९ देखि सुरु भएको दिवा सेवालाई प्राप्त हुँदै आएको वैदेशिक अनुदान रोकिएपछि केन्द्रमा आर्थिक सङ्कट उत्पन्न भएको छ । अमेरिकन नागरिक फादर कोरन ज्याकको सहयोगमा मङ्गलप्रसाद माविमा सुरु भएको सेवाकेन्द्र १६ वर्षसम्म राम्रोसँग सञ्चालन भइरहेको थियो । सहयोग रोकिएपछि बाँके गाउँस्थित सरस्वती आधारभूत विद्यालयमा सञ्चालन हुँदै आएको छ ।

बौद्धिक अपाङ्गता भएका बालबालिकाको यो दिवा सेवा केन्द्रमा उपमहानगरपालिकालगायत जिल्लाका अन्य स्थानीय तहबाटसमेत विद्यार्थी अध्ययनका लागि आउने गरेको सरस्वती प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कौशलकुमार चौधरीले बताए ।

उनले विद्यालय भवन र आर्थिक स्रोतको अभावमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई विद्यालयको वातावरण दिन नसकिएको सुनाए । बौद्धिक अपाङ्ग दिवासेवा केन्द्र सुस्त मनस्थिति अभिभावक सङ्घ नेपालगञ्जको प्रत्यक्ष रेखदेखमा अहिले जसोतसो सञ्चालनमा रहेको छ । बाह्य सहयोगबाहेक कुनै पनि स्रोत नभएको यो सेवा केन्द्रको मासिक खर्च रु ६० हजार रहेको सुस्त मनस्थिति अभिभावक सङ्घका अध्यक्ष गोकर्ण आचार्यले जानकारी दिए ।

उनका अनुसार उक्त रकमबाट शिक्षक, रिक्सा चालकको पारिश्रमिक, बालबालिकाको खाजादेखि केन्द्र सञ्चालनमा खर्च हुन्छ । विगत लामो समयदेखि न्यून तलबमा शिक्षक सिंहले केन्द्रमा आउने बौद्धिक अपाङ्ता भएका बालबालिकालाई पढाउने काम गर्दै आएका छन् ।

“सेवा केन्द्रलाई आर्थिक समस्या त छ नै, केन्द्र सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधारको अभावका साथै बालबालिकामैत्री वातावरण छैन”, अध्यक्ष आचार्यले गुनासो सुनाए । उपमहानगरपालिकाको शिक्षा शाखाका संयोजक गोर्ख थापाले बौद्धिक अपाङ्ग दिवासेवा केन्द्रमा भौतिक पूर्वाधारको कार्यक्रम नरहेको बताए । बौद्धिक अपाङ्गता भएका बालबालिकाको छात्रवृत्तिबापतको रकम उपमहानगरपालिकाबाट उपलब्ध गराइँदै आएको छ ।

वडा नं ९ का वडाध्यक्ष गोविन्द रेग्मीले बौद्धिक अपाङ्गता भएका बालबालिकाका अभिभावकको बेवास्ताका कारण पनि केन्द्र राम्रोसँग सञ्चालन हुन नसकेको उल्लेख गरे । वडा कार्यालयबाट सम्भव हुने सहयोग गर्दै आएको जानकारी दिँदै उनले नेपालगञ्जका सबै वडा कार्यालय र उपमहानगरपालिकाबाट पनि सहयोग हुनुपर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

क्रियाकलापमा आधारित सिकाइसम्बन्धी पाँचदिने तालिम

क्रियाकलापमा आधारित सिकाइसम्बन्धी पाँचदिने तालिम

भर्खरै प्रकाशित

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज