Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कर्णाली प्राविधिक शिक्षालयको भवन जीर्ण

Author Avatar साझा न्यूज 25th May 2023 , 4:55 PM
कर्णाली प्राविधिक शिक्षालयको भवन जीर्ण

कर्णाली, ११ जेठ । जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको भवन लामो समयदेखि मर्मत सम्भार हुन नसक्दा जीर्ण बनेको छ । करिब आधा शताब्दी अघि निर्मित भौतिक संरचना जीर्ण बन्दै गएपछि यहाँका शिक्षक तथा विद्यार्थी जोखिममा छन् ।

प्राविधिक जनशक्ति उत्पादनको ‘हब’ मानिँदै आएको उक्त शिक्षालयको भौतिक संरचना विद्यार्थी सङ्ख्या अनुसार भरपर्दो छैनन् भने निर्माण भएको पनि धेरै वर्ष भएका छन् । विसं २०३७ मा युनाइटेड मिसन टु नेपाल र नेपाल सरकारको साझेदारीमा निर्मित उक्त भवन बनेको ४४ वर्ष पुगेको छ ।

शिक्षालयको शैक्षिक तथा भौतिक संरचनासम्बन्धी आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित अन्तरक्रिया कार्यक्रममा शिक्षालय प्रमुख टेकेन्द्र थापाले शिक्षालयको वस्तुगत अवस्थाबारे जानकारी दिएको थियो ।

उनले स्थापना भएको ४४ वर्षसम्म मुलुकलाई करिब सात हजार प्राविधिक जनशक्ति दिएको शिक्षालयले कृषि, वन, निर्माण तथा स्वास्थ्य सङ्कायमा अध्ययन अध्यापन गरिरहेको जानकारी दिए । नर्सिङ पठनपाठनका लागि आफ्नै अस्पताल हुनुपर्ने शिक्षा नीतिमा उल्लेख भएकाले शिक्षालयमा नर्सिङ पठनपाठन हुन नसकेको प्रमुख थापाको गुनासो थियो ।

उनका अनुसार शिक्षालयको छ सय ५१ रोपनी जमिनमा ५८ भवन छन् । तीमध्ये छ वटा निर्माण भएका छन् भने बाँकी ५२ भवन अझै जीर्ण अवस्थामा छन् । “प्राविधिक लागत अनुमान अनुसार आवासीय तथा शैक्षिक भवन निर्माणका लागि करिब रू १५ करोड लाग्छ । आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि रू पाँच करोड बजेट प्रस्ताव गरिएको छ”, शिक्षालय प्रमुख थापाले भने ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले प्राविधिक जनशक्ति उत्पादनको केन्द्र कर्णाली प्राविधिक शिक्षालयको शैक्षिक तथा भौतिक संरचना निर्माणमा प्राथमिकताका साथ सहयोग गर्ने बताए । उनले भने, “सरकारले शिक्षा क्षेत्रमा जोड दिँदै आएको छ । प्राविधिक जनशक्ति उत्पादनमा सहयोग पुर्‍याउनका लागि शिक्षालयको विकासमा सरकारको विशेष जोड हुन्छ ।”

सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले शिक्षालयको शैक्षिक विकास तथा भौतिक संरचना मर्मतमा प्रदेश सरकारको आवश्यक सहयोग रहने जनाए । उनले दूरदराजमा स्थापित शिक्षालयलाई प्राविधिक जनशक्ति उत्पादनको केन्द्रका रुपमा रुपान्तरण गरी स्वरोजगार बढाउनेतर्फ जोड दिनुपर्ने उल्लेख गरे।

अन्तरक्रिया कार्यक्रममा सहभागी कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही, विन्दमान विष्ट, दुर्गबहादुर रावत, कलबहादुर हमाल, जीतबहादुर मल्ल, नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समिति अध्यक्ष देवीराम देवकोटालगायतले उच्च जोखिममा रहेको शिक्षालयसहित कर्णालीमा निर्माण हुने संरचना भूकम्प प्रतिरोधात्मक निर्माण हुनुपर्नेमा जोड दिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

क्रियाकलापमा आधारित सिकाइसम्बन्धी पाँचदिने तालिम

क्रियाकलापमा आधारित सिकाइसम्बन्धी पाँचदिने तालिम

भर्खरै प्रकाशित

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज