Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

युवालाई पासपोर्ट होइन, रोजगारी दिनुपर्छ : मन्त्री साउद

Author Avatar साझा न्यूज 28th May 2023 , 4:31 PM
युवालाई पासपोर्ट होइन, रोजगारी दिनुपर्छ : मन्त्री साउद

धनगढी, जेठ १४ गते । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले सुदूरपश्चिममा युवालाई पासपोर्टको ठाउँमा रोजगारी दिने वातावरण सिर्जना गर्ने बताउनुभएको छ । आइतबार धनगढीमा राष्ट्रिय युवा परिषद्को सहकार्य तथा प्रदेश युवा परिषद्ले समन्वयमा युवालय संस्थाले आयोजना गरेको दुई दिने प्रादेशिक नीति संवाद तथा युवा महोत्सव कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री साउदले अब प्रदेश सरकारले युवालाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताउनुभयो । अहिले सरकार बजेट र नीति तथा कार्यक्रम निर्माणकै चरणमा रहेकाले त्यसमा युवालाई प्राथमिकता दिने बताउनुभयो । हामी आगामी वर्षको बजेट ल्याउँदैछौ भन्दै उहाँले युवालाई देश निर्माणमा सहभागिता गराउन सकिएन भने देशको विकास हुन सक्दैन भन्नेमा सरकार स्पष्ट छ भन्नुभयो ।

मन्त्री साउदले विगतमा राज्यका गलत ऐन, कानून र नीतिका कारण सुदूरपश्चिममा गरिबी, अशिक्षा र भेदभाव बढेको बढेको पनि बताउनुभयो । मन्त्री साउदलाई सो अवसरमा डोटीकी स्वस्तिका खत्रीले प्रयोग गर्न मिल्ने सेनेटरी प्याड उपहार दिनुभयो । सेनेटरीको कुरा महिलाको मात्र होइन, पुरुषले अझ देश चलाउनेले गम्भीरतापूर्वक लिनुपर्छ भनेर प्याड उपहार दिएको खत्रीले बताउनुभयो ।

समाज कल्याण परिषदका कोषाध्यक्ष विनय लामाले कुसंस्कार हटाउन, युवा, महिला शसक्तिकरण गर्न, गर्भवती र बालबालिका लागि पोषण कार्यक्रम सुदूरपश्चिम र कर्णालीमा आवश्यक रहेको बताउनुभयो ।

युवालयका अध्यक्ष सन्तोष महर्जनले युवा भनेको जोश मात्र नभई होस भएका युवा भएको बताउनुभयो । सो महोत्सवमा युवा उद्यमशीलता, सुरक्षित वैदेशिक रोजगारी, सीप तथा अवसर, गलत वा मिथ्या सूचना, दुष्प्रचार तथा घृणास्पद अभिव्यक्तिजस्ता विषयमा अधिकतम युवालाई सहभागी गराई सो क्षेत्रका विज्ञबाट अभिमुखीकरण प्रदान गरिने जनाइएको छ ।

यसैगरी, लागुपदार्थ दूरुपयोगका कारण तथा असरकाबारेमा समेत प्रतिनिधिमुलक युवा सहभागीमाझ छलफल गरिने बताइएको छ । त्यस्तै सुदूरपश्चिममा भएका प्रतिनिधिमुलक युवाहरूमाझ राष्ट्रिय युवा नीति २०७२ परिमार्जन बारेमा पृष्ठपोषण सङ्कलन गर्ने योजना समेत रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा सुदूरपश्चिम क्षेत्रका सीमान्तकृत समूहको मूलप्रवाहिकरणका साथै सार्वजनिक शिक्षामा लगानीबारेमा चर्चा गर्ने योजना बनाइएको युवालयका अध्यक्ष महर्जनले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

भर्खरै प्रकाशित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज