Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सिकलसेल र थालेसेमियाका बिरामी बढ्दै

Author Avatar साझा न्यूज 30th May 2023 , 4:31 PM
सिकलसेल र थालेसेमियाका बिरामी बढ्दै

नेपालगञ्ज, जेठ १६ गते । पश्चिम नेपालको बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरमा फैलिँदै गएको थालेसेमिया रोग थारु समुदायका बालबालिकामा बढी देखा परेकाे चिकित्सकहरुले जनाएको छ ।

सिकलसेल र थालेसेमिया रोगको उपचारको श्रोत व्यक्तिका रुपमा रहनु भएका भेरी अस्पताल नेपालगञ्जका मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डेले थालेसेमिया रोगका बिरामीमा ८० प्रतिशत थारु समुदायका बालबालिका भेटिएको बताउनुभयो । उहाँले वंशाणुगत रोगको रुपमा रहेको थालासेमिया ८० प्रतिशत थारू समुदायका बालबालिकामा र २० प्रतिशत अन्य समुदायका बालबालिकामा भेटिएको जानकारी दिनुभयो ।

डा. पाण्डेका अनुसार थालेसेमिया सिकलसेल एनिमियाजस्तै आमा बुवाबाट बालबालिकामा सर्ने रोग भएकोले यसबाट सन्तानलाई जोगाउन विवाह गर्नु अगावै रगत परिक्षण गराएर वाहक–वाहकबीच र वाहक र रोगीबीच विवाह गर्न हुँदैन भन्ने ज्ञान हुन जरुरी छ ।

पछिल्लो समय थालेसेमिया रोगबाट पिडित बालबालिका उपचारका लागि भेरी अस्पतालमा आउने क्रम ह्वात्तै बढेको अस्पतालले जनाएको छ । भेरी अस्पतालका सुचना अधिकारी डा. संकेत कुमार रिसालले महिनामा १५ देखि २० जना थालेसेमियाबाट पिडित बालबालिका उपचारका लागि अस्पताल पुग्ने गरेको बताउनुभयो । उहाँले बाँके लगायत विभिन्न जिल्लामा सिकलसेल र थालेसेमियाबारे जनचेतना फैलाउने र रगत परिक्षण गर्ने कार्य भइरहेकोले पनि बिरामी फेला पर्दै गएको बताउनुभयो ।

सिकलसेल जस्तै थालेसेमिया पनि वंशाणुगत रोग भएकोले यसको रोकथाम र नियन्त्रणका लागि पनि विवाहपूर्व नै ध्यान दिएर रगत परिक्षण गराएर रोग नभएकासँग विवाह गरेमा मात्र नियन्त्रण सहज हुने चिकित्सकको भनाइ छ ।

भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा. पाण्डेले थालेसेमिया भएका महिला र पुरुषबीच विवाह नगर्दा यो रोग बच्चामा नसर्ने र एक जनामा थालेसेमिया छ भने उसले थालेसेमिया नभएका व्यक्तिसँग विवाह गर्नुपर्ने जानकारी दिनुभयो । उहाँका अनुसार बच्चामा थालेसेमिया सरिसकेको छ भने उसको विवाह थालेसेमिया नभएकासँग गर्नुपर्छ ।

स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले थालेसेमियाका बिरामी र वाहक पत्ता लगाउने तथा समुदायमा सचेतना जगाउने काम भइरहेको बताउनुभएको छ । उहाँका अनुसार बाँकेको थारू बाहूल्य गाउँवस्तीमा यतिबेला स्वास्थ्य शिविरहरु सञ्चालन गरेर रगत परीक्षण गरि बिरामी र वाहक पत्ता लगाउने काम भइरहेको छ ।

बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दांगलगायतका जिल्लाका थारू समुदायमा यो रोगको समस्या बढी देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

भर्खरै प्रकाशित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज