Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

खोला उत्खननमा अनियमितता गरेको आरोप गौशाला नगरपालिकाविरुद्ध कारबाहीको सिफारिस

Author Avatar साझा न्यूज 31st May 2023 , 11:36 AM
खोला उत्खननमा अनियमितता गरेको आरोप गौशाला नगरपालिकाविरुद्ध कारबाहीको सिफारिस

बर्दिबास, जेठ १७ गते । खोला उत्खननमा अनियमितता गरेको भन्दै जिल्ला समन्वय समिति महोत्तरीले गौशाला नगरपालिकाविरुद्ध कारबाही अघि बढाएको छ । समितिले अनियमितताका प्रमाणसहित मधेश प्रदेशस्थित वन तथा वातावरण मन्त्रालयमा मङ्गलबार कारबाहीका लागि सिफारिस गरेको हो ।

गौशाला नगरपालिकाले मडाहा खोला उत्खननका लागि दुई वटा ठेकेदार कम्पनीलाई चार प्याकेजमा एक महिना (जेठ) का लागि ठेक्का लगाएको थियो । तर अनुगमनका क्रममा नगरपालिकाले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (आइइई) विपरीत कार्यादेश दिएको पाइएकाले कारबाहीको सिफारिस गरेको समितिले जनाएको छ ।

समिति अध्यक्ष तथा अनुगमन समिति संयोजक सुमन लाल कर्णकाअनुसार जेठ ५ गते अनुगमन टोलीले मडाहा खोला निरीक्षण गरेको थियो । त्यस क्रममा नौ वटा स्काभेटरले खोला उत्खनन गरिहरेको, २६ थान टिप्पर प्रयोग गरिएका, ६ फिटभन्दा गहिरो खाल्डो खनिएका र तोकिएको परिमाणभन्दा बढी उत्खनन् गरेको पाइएपछि कारबाही प्रक्रिया अगाडि बढाएको संयोजक कर्णले बताउनुभयो । समितिले सोही समयदेखि अर्को आदेश नआएसम्मका लागि मडाहा खोला उत्खननमा समेत रोक लगाएको थियो ।

‘‘जिम्मेवारीबाट विमुख भई वातावरण संरक्षण ऐन विपरीत उत्खननका लागि कार्यादेश दिएकोले वातावरण संरक्षण ऐन २०७६ को दफा ३५ को उपदफा १ (ख) बमोजिम हुने गरी गौशाला नगरपालिकाविरुद्ध जरिवानाको माग दाबी गर्दै मन्त्रालयमा सिफारिस गरेका हो,’’ कर्णले भन्नुभयो, ‘‘सिफारिससाथ हामीले अनियमितताका प्रमाणसमेत मन्त्रालयमा पेस गरेका छौँ ।’’

कसुर ठहरेमा गौशाला नगरपालिकामाथि मन्त्रालयले १० लाख रुपियाँसम्म जरिवाना गर्न सकने जनाइएको छ ।

ठेकेदार कम्पनीले भने जिसस र नगरपालिका विवादमा आफ्नो रोजीरोटी र लगानी डुब्न लागेको गुनासो गरेका छन् । आफूहरूले नगरपालिकाको कार्यादेशको अधीनमा रहेर उत्खनन् गरेको ठेकेदार अनीश कन्स्ट्रक्सन मथिलेस साहको दाबी छ ।

साहकाअनुसार नौ महिनाका लागि लाग्ने खोला ठेक्का विधि प्रक्रिया र विवाद मिलाउँदैमा आठ महिना ढिलो भयो ।

गौशाला नगरपालिकाले भने नगर कार्यपालिकाबाट निर्णय गराई अनीश कन्स्ट्रक्सन र पौडेल निर्माण सेवालाई मडाहा खोलाको चार वटा प्याकेज करिब एक करोड ७१ लाख रुपियाँमा जेठ महिना भरिका लागि ठेक्का लगाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

भर्खरै प्रकाशित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज