काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले नागरिकता विधेयक प्रमाणीकरण खारेज गर्न माग गरेको छ।
संसद्को सर्वोच्चता र संसदीय परम्परा विपरीत विधेयक प्रमाणीकरण भएको भन्दै नेमकिपाले खारेजीको माग गरेको हो। नेमकिपा सचिव प्रेम सुवालद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको नागरिकता विधेयक प्रमाणीकरण अविलम्ब खारेज हुनु जरुरी छ।”
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका थिए।
यस्तै, नेपालको लुम्बिनी र कपिलवस्तु समेत गाभेर भारतले तयार गरेको नक्सा खारेज गराउन सरकारले पहल गर्नुपर्ने नेमकिपाको माग छ।
















































