Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कफीमा सेतो गवारो र छहारीको समस्या

Author Avatar साझा न्यूज 1st June 2023 , 3:17 PM
कफीमा सेतो गवारो र छहारीको समस्या

तम्घास । गुल्मीको कफीमा सेतो गवारो र छहारीको समस्या देखिएको छ । कफीले फलदिने समयमा सेतो गवारोले बिरुवा सुक्न थालेपछि किसान समस्यामा परेका हुन् ।

कफीका लागि आवश्यक पर्ने छहारीकोसमेत उपलब्धता नहुँदा बिरुवा मर्ने र कम उत्पादन हुने समस्या देखिएको छ । ‘तीन वर्षमा कफीले फल दिन्छ, तर गवारोले गर्दा फल दिने बेला बिरुवा नै मर्छ’, मदाने गाउँपालिका–३ सिर्सेनीका कफी कृषक नारायण अर्यालले भने, ‘गवारो बढी हुँदा र छहारी नहुँदा समस्या परेको छ ।’

अर्का किसान दमन्ता अर्यालले बिरुवामा किरा लाग्ने, बिरुवा मर्ने जस्ता समस्या देखिएको बताए। कफीमा पहिले सानो जाली लगाएको र अहिले ठूलो लगाए पनि बिरुवाका मुन्टा भाँचिने समस्या भएको अर्यालको भनाइ छ । ‘सानैमा बिरुवा मर्ने समस्या भयो, बाँचेका केही बिरुवा अहिले हुर्कँदै छन्’, अर्यालले भने, ‘पानी, मल र छहारी भएमा कफी उत्पादनमा वृद्धि हुने थियो ।’

सिर्सेनी लाम्पाटाका किसान प्रेम अर्यालले छहारी नहुँदा घामबाट र चिसोबाट विभिन्न प्रकारका रोग लागेको बताए । त्यस्तै उनले कफीका मुन्टा भाँचिने, असिना र शितबाट पनि कफीका बिरुवालाई असर गर्ने हुँदा अनिवार्यरुपमा छहारी आवश्यक पर्ने बताए । राज्यले छहारीका लागि गुणस्तरीय टनेलको व्यवस्था गरिदिए कफी उत्पादनमा वृद्धि गर्न सकिने उनको भनाइ छ ।

कफीका लागि प्रसिद्ध जिल्ला गुल्मीमा यसको उत्पादन, उत्पादन गर्ने क्षेत्रफल र आबद्ध कृषक पनि बर्सेनि बढ्दै गएका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७६/७७ मा एक हजार छ सय ४५ कृषकले एक सय ८२ हेक्टर क्षेत्रलफलमा कफी लगाउँदा २४ मेट्रिकटन उत्पादन भएको थियो । आव २०७७/७८ मा एक हजार छ सय ९५ कृषकले दुई सय पाँच हेक्टरमा गरेको कफी खेतीबाट २५ मेट्रिकटन उत्पादन भएको कार्यालयको तथ्याङ्क छ ।

त्यसै गरी आव २०७८/७९ मा एक हजार सात सय ४० कृषकले दुई सय २५ हेक्टर क्षेत्रफलमा गरेको खेतीबाट २८ मेट्रिकटन कफी उत्पादन भएको थियो । चालु आवमा ३० मेट्रिकटन कफी उत्पादन हुने कार्यालयको अनुमान छ । चालु आवमा दुई सय ४१ हेक्टरमा एक हजार आठ सय पाँच कृषकले कफी खेती गरेको कार्यालय प्रमुख गङ्गाकुमारी पोखरेलले जानकारी दिए ।

पोखरेलले कफीमा आइपर्ने विभिन्न समस्याको न्यूनीकरणका लागि तालिम सञ्चालन गरेको बताए । उनले मदाने–३ सिर्सेनीमा १५ हप्ते तालिम नै सञ्चालन गरी कफीको खाडल व्यवस्थापन, बिरुवा हुर्काउने तरिका, सेतो गवारोको समस्या र समाधानका उपाय, छहारीको महत्वलगायतका विषयमा तालिम दिएको बताए । ‘सेतो गवारोबाट बच्ने उपाय भनेकै पेष्ट र सरसफाइ गर्ने हो’, उनले भने, ‘त्यसका लागि हामीले तालिमका साथसाथै विषादी पनि उपलब्ध गराएका छौँ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

भर्खरै प्रकाशित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज