Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राष्ट्रिय जनगणना २०८० को जिल्ला स्तरिय नतिजा सार्बजनिक

Author Avatar साझा न्यूज 3rd June 2023 , 6:50 PM
राष्ट्रिय जनगणना २०८० को जिल्ला स्तरिय नतिजा सार्बजनिक

साझा न्यूज । तौलिहवा
जिल्ला तथ्यांक कार्यालय कपिलबस्तुले राष्ट्रिय जनगणना २०८० को जिल्ला स्तरिय नतिजा सार्बजनिक कार्यक्रम गरेको छ । तथ्यांक कार्यालयका प्रमुख नन्दलाल कुर्मीले राष्ट्रिय जनगणना २०८० को जिल्ला स्तरिय नतिजा सार्बजनिक विवरणको प्रस्तुति करण गरेका थिए ।
राष्ट्रिय जनगणना २०७८ अनुसार कपिलवस्तु जिल्लाको जनसंख्या ६ लाख ८२ हजार ९६१ रहेको छ । जसमध्ये पुरुषको संख्या ३ लाख ३४ हजार ६८७ (४९.०१ प्रतिशत) र महिलाको संख्या ३ लाख ४८ हजार २७४ (५०.९९ प्रतिशत) रहेको छ । २०६८ सालमा कपिलवस्तु जिल्लाको जनसंख्या ५ लाख ७१ हजार ९३६ र लैङ्गिक अनुपात ९९.७४ थियो ।
कपिलवस्तु जिल्लाको दश वर्षको सरदर वार्षिक जनसंख्या वृद्धिदर १.७० प्रतिशत रहेको देखिन्छ । वि.सं. २०५८ देखि २०६८ सम्मको दश वर्षमा सरदर वार्षिक जनसंख्या वृद्धिदर १.७१ प्रतिशत रहेको थियो । जिल्लामा स्थानीय तह अनुसार सबैभन्दा बढी जनसंख्या बाणगंगा नगरपालिकामा ९६ हजार ७१४ (१४.२ प्रतिशत) र सबैभन्दा कम जनसंख्या विजयनगर गाउँपालिकामा ४३ हजार २९१ (६.३ प्रतिशत) रहेको छ ।

त्यस्तै गत दश वर्षको अवधिमा सबैभन्दा धेरै बाणगंगा नगरपालिकामा २८.५४ प्रतिशत र सबैभन्दा कम कृष्णनगर नगरपालिकामा १२.४३ प्रतिशतले जनसंख्या थप भएको छ । कपिलबस्तुमा १५ वर्षमुनीका आश्रित जनसंख्या कुल जनसंख्याको ३२.५९ प्रतिशत र ६० वर्ष भन्दा माथिका आश्रित जनसंख्या ८.८५ प्रतिशत रहेको प्रमुख कुर्मीले बताउनुभयो । त्यस्तै नागरिकता प्रमाणपत्र प्राप्त गर्न योग्य उमेर समूह (१६ वर्ष वा सो भन्दा माथि) का जनसंख्या कुल जनसंख्याको ६५.०५ प्रतिशत रहेको छ ।
राष्ट्रिय जनगणना २०८० कपिलबस्तु जिल्लाको कुल जनसंख्या ६ लाख ८२ हजार ९६१ को रहेको मध्ये सबभन्दा धेरै मुसलमान जातिको जनसंख्या रहेको छ ।

जसमध्ये मुसलमान १ लाख १८ हजार ८३९, थारु ७५ हजार ११९, यादव ६६ हजार ७९६, महाडि ब्राम्हण ४९ हजार ८२४, कुर्मी ४२ हजार ४४०, दुसाध।पासवान २८ हजार ४९५, क्षेत्री २७ हजार २१०, मगर २४ हजार ६९, चमार।हरिजन २३ हजार ३१३ र ब्राम्हण तराई १७ हजार ६०४ रहेका छन् । कपिलबस्तु जिल्लामा ८२ जातजातिको बसोबास रहेको छ ।
नतिजा सार्बजनिक कार्यक्रममा कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल, प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य, प्रहरी उपरिक्षक प्रेम बहादु बस्नेत, शसस्त्र प्रहरी उपरिक्षक जीवन केसी, यशोधरा गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत तेज बहादुर सिंह लगायत विभिन्न कार्यालयका प्रमुख एवम् प्रतिनिधिको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

भर्खरै प्रकाशित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज