Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बिश्व वातावरण दिवसका अवसरमा, चमेरा संरक्षणकालागि जन चेतनामुलक कार्यक्रम

Author Avatar साझा न्यूज 5th June 2023 , 7:24 PM
बिश्व वातावरण दिवसका अवसरमा, चमेरा संरक्षणकालागि जन चेतनामुलक कार्यक्रम

कपिलवस्तु २२ जेठ
बिश्व वातावरण दिवसका अवसरमा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ स्थित देवनगढीयामा चमेरा संरक्षणका लागि जन चेतनामुलक कार्यक्रम संपन्न गरिएको छ । डिभिजन वन कार्यालय कपिलवस्तुको सहयोगमा पर्यटन पत्रकार संघ कपिलवस्तुले सो कार्यक्रम गरेको हो ।
देवनढीया स्थित राधा रायमाझीको निजी जग्गामा रहेको मसला र सिसौको रुखमा बर्षौ देखि ५ सय बढी चमेराहरुको बसोबास रहेको छ । मसला र सिसौका गरी एक दर्जन रुखमा चमेराको बासस्थान रहेको छ । लोप हुने संघारमा पुगेको सोही चमेराको संरक्षणका लागि स्थानीयको सहभागीतामा जन चेतनामुलक कार्यक्रम गरिएको हो । जैविक विविधताका दृष्टिकोणले समेत महत्वपुर्ण मानिएको चमेराको संरक्षणमा स्थानीयको सहभागीता गराउन कार्यक्रम गरिएको हो ।
चमेरा संरक्षणकै लागि भुमिका खेलको भन्दै स्थानीय बिष्णु बहादुर सिंह र राधा रायमाझीलाई गम्छा ओढाई प्रशंसा पत्रले सम्मानित गरिएको थियो । डिभिजन वन प्रमुख बिजयराज सुबेदी र नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरेले दुबैलाई सम्मानित गरेका थिए ।
कार्यक्रम कै बिच बसन्त कुमारी सिंहको अध्यक्षतामा ७ सदस्यीय चमेरा संरक्षण समिति समेत निर्माण गरिएको छ । समितिको उपाध्यक्षमा समसुद्दीन मुसलमान, सचिवमा हरिाकला पराजुली, कोषाध्यक्षमा अमेरुन निसा तथा सदस्यहरुमा अबदुल्लाह मुसलमान, दुर्गावती पासी र राजकुमारी थारु रहेका छन ।
सो अवसरमा डिभिजन वन प्रमुख बिजयराज सुबदीले वातावरणलाई बचाउन जिवजन्तुको संरक्षण र प्लाष्टिकको प्रयोग कम गर्न आग्रह गरे । उनले वातावरणलाई प्रदुषित हुन नदिन मानवहरु सचेत हुनु पर्ने बताए । उनले चमेरा संरक्षणकालागि स्थानीयले अहिले सम्म गर्दै आएको काम प्रशंसा गरे । उनले समितिलाई आफनो कार्यालय समेत सहयोग गनै प्रतिबद्धता ब्यक्त गरे ।
सो अवसमरा वडा अध्यक्ष गैरेले चमेरा संरक्षणमा आफ्नो पालिका र वडाले आगामी बजेट तथा कार्यक्रममा समाबेश गर्ने प्रतिबद्धता ब्यक्त गरे । सो अवसरमा पंक्षी संरक्षण संघका जिव बिज्ञ दिलिप चन्दले चमेराले पर्यावरण क्षेत्रमा गरेको योगदान, खतरा, संरक्षण लागयतका बिषयमा प्रस्तुती गरका थिए । उनले नेपालमा ५३ प्रजातिका चमेराहरु रहेको बताए । देवनगढीया सहीत कपिलस्तुको महाराजगंज, बिजयनगरमा समेत चमेराको बसोबास छ ।
चमेराले परागषेशचन, बिउबिजन छर्न, किरा नियन्त्रण गर्नै मद्दत गर्ने गर्छ । जन चेतनाको कमी, बास स्थानको अभाव र शिकार खेल्ने गरिएकाले लोप हुने अवस्थामा पुगको बिज्ञ चन्दले बताए ।
सो अवसरमा स्थानीयले दवनगढीयामा निजी जग्गामा रहेको रुखमा चमेरा बस्ने गरेकाले यसको सरकारी स्तरबाटै संरक्षणका लागि ब्यवस्था हुनु पर्ने माग गरे । पर्यटन पत्रकार संघका जिल्ला अध्यक्ष मनिष कार्कीको अध्यक्षता, वन अधिकृत खिलराज तामाङको संचालनमा भएको कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यले मन्तब्य दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

भर्खरै प्रकाशित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज