Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नेपालका घर विश्वविद्यालय, टुँडाल पाठ्यक्रम हुन् : मन्त्री किराती

Author Avatar साझा न्यूज 6th June 2023 , 4:24 PM
नेपालका घर विश्वविद्यालय, टुँडाल पाठ्यक्रम हुन् : मन्त्री किराती

काठमाडौं, जेठ २३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्राकृतिक र मानव निर्मित नेपालीपन बोकेको पर्यटन प्रवर्द्धन आज (मङ्गलबार) को आवश्यकता भएको बताउनुभएको छ ।

ओखलढुङ्गाको खिजीदेम्बा क्षेत्रको नयाँ पर्यटन पदमार्गको आज यहाँ सुरु भएको घोषणा कार्यक्रममा मन्त्री किरातीले संस्कृति, शिक्षा र ज्ञानका हिसाबले नेपालका हरेक घर विश्वविद्यालय र प्रत्येक गुम्बा एवम् मठमन्दिरका टुँडाल पाठ्क्रमका रुपमा रहेका उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपाली पहिचान बोकेका गाउँघरका उत्पादन र स्वादलाई पर्यटनको विकास र प्रवर्द्धनमा जोड्नुपर्छ । मुलुक र जनताको हितमा काम गर्नुपर्छ भन्ने हुटहुटी र सहासले पर्यटन क्षेत्रमा देखिएको विकृतिलाई अन्त्य गर्दै प्रवर्द्धनका कार्यक्रम गर्न कोसिस गरिरहेको छु ।”

यस्तै, प्रतिनिधिसभाका सांसद रामहरि खतिवडाले राष्ट्रियता र विकासका मुद्दामा सबै राजनीतिक दलबीच न्यूनतम साझा सहमति आवश्यक रहेकाले यस्ता विषयमा दलीय स्वार्थभन्दा माथि उठेर काम गर्न जरुरी रहेको बताउनुभयो । संविधानसभाका सदस्य यज्ञ सुनुवारले खिजी देम्बा क्षेत्र गल्फ र पर्यटनका लागि नयाँ गन्तव्य भएकाले विकास र समृद्धिका मुद्दामा जिल्लाका सवै राजनीतिक दलबीच एउटै मत हुन आवश्यक रहेको बताउनुभयो ।

पर्यटक व्यवसायी आङछिरिङ शेर्पाले गल्फलगायत खेल पर्यटनकका लागि खिजीदेम्बा क्षेत्र उपयुक्त नयाँ गन्तव्य भएकाले त्यहाँको प्राकृतिक छटालाई कुनै नोक्सान नगरी पर्या–पर्यटनसमेत विस्तार गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

खिजी देम्बा गाउँपालिका अध्यक्ष गोम्बु शेर्पाले चण्डेश्वरी विमानस्थलको स्तरोन्नति र खिजीदेम्बा–थोलेदेम्बा क्षेत्र समेटिने पर्यटकीय पदमार्गलाई व्यवस्थित तुल्याउन केन्द्र र प्रदेश सरकारको आर्थिक सहयोगको अपेक्षा गर्नुभयो । जिल्ला सदरमुकामबाट ६० किलोमिटर पश्चिम–उत्तरमा सुनुवार, तामाङ र शेर्पा जाति समुदायको बसोबास रहेको खिजी देम्बो क्षेत्र धार्मिक हिसाबले बौद्ध, किराँत र हिन्दूको त्रिवेणीका रुपमा रही आएको छ ।

समुद्री सतहबाट करिब तीन हजार तीन सय ५० मिटरको उचाइमा रहेको खिजी देम्बा डाँडा मुलुकका एक सय पर्यटन गन्तव्यस्थलमध्येको एक अब गल्फ खेलका लागि नयाँ गन्तव्य हुने विश्वास गरिएको छ । साहित्य र राजनीतिक परिवर्तनका लागि भएको क्रान्तिका हिसाबले ओगलढुङ्गा देशकै उर्वर भूमि मानिँदै आएको छ । युवाकवि सिद्धिचरण श्रेष्ठ र राष्ट्रिय गीतका सर्जक व्याकुल माइलाले ओखलढुङ्गाको गरिमा र ओजलाई विश्वभर फैलाउन सफल हुनुभएको छ ।

सो अवसरमा मन्त्री किरातीले पोखली झर्ना, चिलिमडाँडा, माम्जेबौद्ध, चुलीथान, दोवाटेभञ्ज्याङ, खिजी चण्डेश्वरी, खिजी पलाटे, चुप्लुङ भञ्ज्याङ, थोलेदेम्बा हुँदै सोलुखुम्बुको पिके, दूधकुण्डहिमालबाट सगरमाथाको आधार शिविरसम्मको नयाँ पदमार्गको घोषणा गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

भर्खरै प्रकाशित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज