Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तराईमा गर्मी बढ्यो : ‘लू’ बाट बच्न सीडीओको आग्रह

Author Avatar साझा न्यूज 6th June 2023 , 5:02 PM
तराईमा गर्मी बढ्यो : ‘लू’ बाट बच्न सीडीओको आग्रह

सर्लाही, जेठ २३ गते । जिल्ला प्रशासन कार्यालय सर्लाहीले तातो हावा अर्थात् ‘लू’ बाट बच्ने उपाय अपनाउन अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवले एक सुचना जारी गर्दै जल तथा मौसम विज्ञान विभागले तराई क्षेत्रमा तापक्रम अत्यधिक बढेर तातो हावा तथा ‘लू’ लाग्न सक्ने सम्भावना रहेको भनी चेतावनी जारी गरिरहेकाले जिल्लावासीलाई सतर्कता अपनाउन अनुरोध गर्नुभएको हो ।

प्रजिअ यादवले हस्ताक्षर गरी जारी गर्नुभएको सुचनामा तातो हावा तथा ‘लू’ बाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी समय नहिँड्ने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, पटक–पटक पानी तथा झोल पदार्थ (जुस, सर्वत आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहने भनी सल्लाह दिइएको छ ।

चिकित्सकका अनुसार यो समयमा थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरु दुख्ने, वान्ता आदि हुनसक्छ । गर्मी अत्यधिक हुँदा धेरैमा अहिले यस प्रकारका स्वास्थ्य समस्या देखा पर्न थालिसकेको छ ।

विगत एक साताभन्दा बढी समयदेखि निरन्तर तातो हावा चलेर चर्को घाम लाग्दा यस्ता सङ्क्रमण भएका बिरामी सबैतिर बढेका हुन् । अघिल्लो हप्ताको सोमबारदेखि तराई क्षेत्रमा गर्मी अत्यधिक बढेको हो ।

बिहान सूर्योदय हुँदादेखि साँझ अबेरसम्म नै चर्को घाम लागेर तातो हावा चल्ने गरेको छ । उखरमाउलो गर्मीका कारण बिहान ९-१० बजेदेखि अपरान्ह ४-५ बजेसम्म सडक, बजार सुनसान देखिन्छ ।

गर्मीले स–साना बालबालिका, वृद्धवृद्धासहित हरेक उमेर समूहका मानिसलाई छटपटीमा पारेको छ । घरभित्रै बसेर पङ्खा चलाउँदा पङ्खाले पनि तातै हावा फाल्दा भित्र बसिरहन सक्ने अवस्था नरहेको सर्वसाधारणले गुनासो गरेका छन् ।

यस्तै, गर्मी अत्यधिक बढेपछि यहाँका विद्यालय बन्द गरिएका छन् । बाहिर निस्किएर काम गर्नुपर्ने मजदुर र किसान चर्को गर्मी र तातो हावाबाट झनै बढी प्रभावित भइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

भर्खरै प्रकाशित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज