कपिलवस्तु २५ जेठ
बुद्धभु्मी नगरपालिकाले १ सय ५९ कृषकलाई बिभिन्न चार प्रकारका साना कृषि यान्त्रिक सामाग्री प्रदान गरेको छ । कृषक समुह, कृषक, फर्म गरी उनीहरुलाई मिनि टिलर, मोटर, पम्पसेट र कन्सेलर प्रदान गरेको हो । उनीहरुलाई लागत सहाभागीता सो सामाग्री प्रदान गरिएको नगरपालिका कृषि शाखाका प्रमुख देबीराम बेल्बासले बताए ।
५० प्रतिशत लागत सहभागीतामा ५० हजार ४९९ मुल्य पर्ने ८० वटा मिनि टिलर प्रदान गरिएको छ । यस्तै ३० प्रतिशत लागत सहभागीतामा १८ हजार ४९८ मुल्यको २ हर्ष पावरको मोटर ५७ जनालाई प्रदान गरिएको छ । ३० प्रतिशत लगत सहभागीतामा ३७ हजार ४९९ मुल्यको पम्पसेट १६ जनालाई र मकै छोडाउने १४ हजार ४९९ मुल्यको कन्सेलर ६ जनालाई प्रदान गरिएको हो ।
ती सामाग्रीका लागि नगरपाकिाले सुचना आवहन गरेको थियो । त्यसैका आधारमा छनौट गरी कृषकहरुलाई सो सामाग्री प्रदान गरिएको थियो । कृषि क्षेत्रको विकासका लागि नगरपालिकाले बिगत ६ बर्ष देखि यस्ता यान्त्रिक सामाग्ीहरु प्रदान गर्दै आएको मेयर केवश कुमार श्रेष्ठले बताए ।
ब्यवसायिक कृषि तर्फ उन्मुख गर्न आफनो पालिकाले आवश्यक बजेट बिनियोजन गरेको बताए । मलखाद, सिचाई उन्नतजातका बिउ सहज उपलब्धताकालागि आफुहरु प्रयासरत रहेको उनले बताए । उनले प्राप्त भएका सामाग्रीहरुको सही सदुपयोग गर्न उनले आवहन गरेका छन ।