Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पोखरा विश्वविद्यालय र महर्षि इन्टरनेशनल युनिभर्सिटीबीच सम्झौता

Author Avatar साझा न्यूज 12th June 2023 , 1:35 PM
पोखरा विश्वविद्यालय र महर्षि इन्टरनेशनल युनिभर्सिटीबीच सम्झौता

पोखरा । पोखरा विश्वविद्यालय र महर्षी इन्टरनेशनल युनिभर्सिटी अमेरिकाबीच व्यक्तिगत रूपान्तरण तथा वैदिक दर्शनलगायत चेतनामा आधारित शिक्षाका सम्बन्धमा एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा प्रेमनारायण अर्याल र महर्षी इन्टरनेशनल युनिभर्सिटीका प्रेसिडेन्ट डा. जोन हेगेलिनले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । दुई विश्वविद्यालयबीचको सम्झौतासँगै आधारभूत चेतना, शिक्षा र मानव जीवनमा व्याप्त युगौँ पुराना समस्या समाधान गर्न सक्रियरूपमा नयाँ प्रविधि खोज्दै र यी प्रविधिलाई नेपालका युवामाझ पुर्‍याउन सहयोग पुग्ने विश्वास लिइएको पोखरा विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले बताए ।

चेतनामा आधारित शिक्षाले आत्म–ज्ञानको अनुभूति दिलाउने र यसले सिकाइ धेरै सन्तोषजनक, सान्दर्भिक र रोमाञ्चक तुल्याउने हुँदा विद्यार्थीको भित्री प्रतिभालाई उजागर गर्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ । समझदारीपछि दुवै संस्थाले शैक्षिक गतिविधिलाई मिलेर काम गरी समुदायलाई शिक्षण, अनुसन्धान र सेवामा सहयोग प्रवद्र्धन गर्नेछन् ।

यसका लागि सहकारी अनुसन्धान र शिक्षणमार्फत विद्यालय शिक्षा प्रवर्द्धन गर्न कार्यक्रम-परियोजना विकास गर्ने, शैक्षिक सहयोग प्रवद्र्धन गर्न गतिविधि विकास गर्ने, शिक्षक, कर्मचारी, विद्यार्थी तथा बृहत् समुदायका लागि संयुक्त कार्यशाला र सम्मेलन-प्रशिक्षण गर्ने, शिक्षक, विद्यार्थी एवं कर्मचारी आदानप्रदान कार्यक्रम र विश्वविद्यालयबीच संयुक्त प्रशिक्षण कार्यक्रमका लागि अन्वेषण तथा कार्य गरिनेछ ।

कार्यक्रम पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा अर्याल र रजिष्ट्रार प्रा डा दिपकबहादुर भण्डारी, नेपाल महर्षी वैदिक फाउन्डेसनका अध्यक्ष डा. दीपकप्रकाश बाँस्कोटा, महर्षी इन्टरनेशनल युनिभर्सिटीका ग्लोबल एक्सपान्सन निर्देशक डा. किंग्सले ब्रुक्स र डा. चिन्तामणि योगीले आफ्ना धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

भर्खरै प्रकाशित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज