Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

‘आलु प्याज किने जस्तो सीमा पार गएर सवारी साधन किनेर ल्याउन सकिँदैन’

Author Avatar साझा न्यूज 12th June 2023 , 3:51 PM
‘आलु प्याज किने जस्तो सीमा पार गएर सवारी साधन किनेर ल्याउन सकिँदैन’

काठमाडौं, जेठ २९ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले आलु प्याज किने जसरी सीमा पारी गएर सवारी साधन खरिद गर्न नसकिने भएकाले करका सूचना चुहिएर धेरै गाडी आयात भए भन्न नमिल्ने बताउनुभएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा उठेका प्रश्नको जवाफ दिनुहुँदै डा. महतले विद्युतीय गाडीमा करको सूचना चुहावट भएकाले बजेट अघि धेरै गाडी आयात भए भन्नुको कुनै अर्थ नभएको बताउनुभयो ।

अहिले आयात भएका एक हजार तीन सय गाडीमध्ये ९० प्रतिशत गाडीको प्रतितपत्र (एलसी) चैतमै खुलेको उहाँले बताउनुभयो ।

‘‘करको दर परिवर्तन गर्ने प्रस्ताव सम्बन्धी छलफल बजेट आउने अघिल्लो दिन राति मात्र हुने र उक्त समयमा भन्सार बन्द हुने गरेको छ ।’’ महतले भन्नुभयो, ‘‘हरेक वर्ष बजेट भाषण अगाडि भन्सारबाट धेरै सामान आयात हुन्छ । तथ्याङ्कले नै यो पुष्टि गर्छ । राजस्व तिर्ने क्षमता भए नाकामा रोकिएका सामान पनि यही समयमा भित्रिने गरेको छ ।’’

यसैगरी, अर्थमन्त्री महतले भन्सार छल्न एउटा सिट थप्ने चोरबाटो बन्द गर्न १० देखि १४ सिट क्षमताका विद्युतीय सवारीमा एउटै दर लगाएको बताउनुभएको छ ।

१० सिट क्षमतासम्मका विद्युतीय सवारीमा १० प्रतिशत तर ११ देखि १४ सिटमा जम्मा १ प्रतिशत महसुल लाग्ने भएपछि व्यवसायीहरूले सिट थपेर आयात गरेकाले त्यसलाई व्यवस्थित गर्न १० देखि १४ सिटसम्मको सवारीमा एउटै कर लगाइएको डा. महतले बताउनुभयो ।

‘‘विगतमा १० सिटसम्मका ठुला आकारका विद्युतीय साधनमा १० प्रतिशत भन्सार महसुल लाग्ने र ११ सिट देखि १४ सिटसम्मका माइक्रो बसमा १ प्रतिशत मात्र भन्सार महसुल लाग्ने व्यवस्था थियो । साधनमा रहेको १ सिटको फरकको आधारमा कायम रहेको महसुल दरलाई योजनाबद्ध रूपमा छली गर्नका लागि २ सिट अतिरिक्त फोल्डिङ सिट थप गरी ११ सिट बनाई अधिकांश सवारी साधन पैठारी गर्ने गरेको पाइएकाले १४ सिट सम्मका साधनमा लाग्ने महसुल दर समेत एउटै प्रस्ताव गरिएको हो ।’’ बजेटमा उठेका प्रश्नको जवाफ दिनुहुँदै डा. महतले भन्नुभयो, ‘‘हाल पनि Fossil fuel मा आधारित साधनमा लाग्ने महसुलभन्दा यस्ता साधनमा लाग्ने महसुल अत्यधिक कम रहेको छ । साथै बस र मिनी बसमा लाग्ने महसुलको दरमा कुनै पनि परिवर्तन गरिएको छैन ।’’

यसैगरी, अर्थमन्त्री महतले आम नागरिकले चढ्ने २०० सिसिको मोटरसाइकलको अन्तःशुल्क र २००० सिसिका कारको अन्तःशुल्क एउटै भएकाले त्यसलाई समायोजन गरिएको बताउनुभएको छ । बजेटमा उठेका प्रश्नको जवाफ दिनुहुँदै डा. महतले आम नागरिकले चढ्ने मोटरसाइकलको अन्तशुल्क दर र्‍यास्नलाइज गरिएको बताउनुभयो ।

‘‘आर्थिक वर्ष २०७७/७८ मा २०० सिसिभन्दा बढि क्षमताका तीन अर्ब ६१ करोड मूल्यका २४ हजार ३०५ थान मोटरसाइकल पैठारी भई तीन अर्ब ९४ करोड रुपियाँ राजस्व सङ्कलन भएकोमा चालु आर्थिक वर्षको वैशाखसम्म ६२ करोड मूल्यका तीन हजार ६४८ थान मात्र पैठारी भई सोबाट ८५ करोड राजस्व प्राप्त भएको देखिन्छ ।,’’ उहाँले भन्नुभयो, ‘‘गत वर्षको तुलनामा सङ्ख्यात्मक रुपमा ६६० प्रतिशत, मूल्यगत रुपमा करिब ५८० प्रतिशत र राजस्व सङ्कलनमा करिब ४९० प्रतिशतले कमि आएको देखियो ।’’

‘‘गत आर्थिक वर्षमा २०० सिसिभन्दा माथिका मोटरसाइकलमा लाग्ने अन्तःशुल्क मात्र बढेको र अन्तःशुल्कको दर २००० सिसि सम्मका चारपाङ्ग्रे सवारी साधनको भन्दा बढि रहेको देखिएकाले आमनागरिकको आवश्यकताको साधन मोटरसाइकलको अन्तःशुल्क दर अन्य सवारी साधनको महसुल दरको तुलनामा Rationalized गर्न दर समायोजन गरिएको हो ।’’ डा. महतले भन्नुभयो ।

त्यस्तै, २०० सिसिदेखि ४०० सिसिका मोटरसाईकलको समूह भित्र कुनै एक निश्चित कम्पनी र घरनाले आयात गर्ने निश्चित ब्राण्डका मोटरसाइकल मात्र नपरि एक दर्जनभन्दा बढी कम्पनीले आयात गर्ने एक दर्जनभन्दा बढि ब्राण्डका करिब तीन दर्जन मोडलका मोटरसाईकल पर्ने पनि अर्थमन्त्री महतले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

भर्खरै प्रकाशित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज