Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कला–साहित्य र खेलकूद उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री

Author Avatar साझा न्यूज 2nd July 2023 , 4:25 PM
कला–साहित्य र खेलकूद उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री

काठमाडौँ, असार १७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाको सर्वाङ्गीण विकासलाई लक्षित गर्दै आफूले कला–साहित्य र खेलकूद क्षेत्रलाई सबैभन्दा उच्च प्राथमिकता दिएको बताउनुभएको छ।

आइतबार दिउँसो काठमाडौँमा प्रकाश दाहालको स्मृतिमा आयोजित तेस्रो राष्ट्रिय खुला महिला तथा पुरूष बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्रीले खेल क्षेत्रको विकास राष्ट्रको समृद्धि र युवाको भविष्यसँग जोडिएको बताउनुभयो।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘तपाईहरूले देख्नुभएकै छ– यसपटक मैले कला–साहित्य र खेलकूदको क्षेत्रलाई सबैभन्दा बढी महत्व दिएको छु। खेलकूदको विकासले युवाहरूको शारीरिक र मानसिक विकास मात्र गर्दैन, यसको बहुआयमिक महत्व छ। सामाजिक एकता र सद्भावका निम्ति, अर्थतन्त्रको विकासका निम्ति, पर्यटन प्रबर्धनका निम्तिसमेत खेल क्षेत्रको महत्वपूर्ण भूमिका छ।’’

‘‘प्रकाश दाहालको स्मरणलाई ताजै राख्ने, योगदानको स्मरण गर्ने र युवा पुस्तामा जीवन्त सम्बन्ध बनाउने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले खेल क्षेत्रको विकासमा थप मद्दत पुग्ने ठानेको छु’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘बक्सिङ खेललाई राम्रोसँग स्थापित गर्न तपाईहरूले जुन भूमिका खेल्नुभएको छ, त्यो महत्वपूर्ण छ। यसमा सरकारको साथ र सहयोग रहन्छ।’’

नेपाल बक्सिङ संघको तत्वावधान र अखिल नेपाल खेलकूद संघ र बूढानीलकण्ठ नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगिता चार दिनसम्म चल्ने आयोजकले जनाएको छ।

स्वर्गीय प्रकाश दाहाल प्रधानमन्त्री प्रचण्डका छोरा हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

व्यासका पुरातात्विक सम्पदाको अभिलेखीकरण गरिँदै

व्यासका पुरातात्विक सम्पदाको अभिलेखीकरण गरिँदै

कृषकलाई सिँचाइ सुविधा उपलब्ध गराउन अहोरात्र खटिनेछु’ : अध्यक्ष मोहन शर्मा

कृषकलाई सिँचाइ सुविधा उपलब्ध गराउन अहोरात्र खटिनेछु’ : अध्यक्ष मोहन शर्मा

लुम्बिनी गुरुयोजना : अठचालिस वर्षदेखि अधुरै

लुम्बिनी गुरुयोजना : अठचालिस वर्षदेखि अधुरै

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

भर्खरै प्रकाशित

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

व्यासका पुरातात्विक सम्पदाको अभिलेखीकरण गरिँदै

व्यासका पुरातात्विक सम्पदाको अभिलेखीकरण गरिँदै

स्वर्गीय शरदकुमार गौचनको योगदान स्मरण गर्दै कपिलवस्तुका निर्माण व्यवसायीले गरे श्रद्धाञ्जली अर्पण

स्वर्गीय शरदकुमार गौचनको योगदान स्मरण गर्दै कपिलवस्तुका निर्माण व्यवसायीले गरे श्रद्धाञ्जली अर्पण

कृषकलाई सिँचाइ सुविधा उपलब्ध गराउन अहोरात्र खटिनेछु’ : अध्यक्ष मोहन शर्मा

कृषकलाई सिँचाइ सुविधा उपलब्ध गराउन अहोरात्र खटिनेछु’ : अध्यक्ष मोहन शर्मा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज