Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

ट्राफिक व्यवस्थापनमा समस्या

Author Avatar साझा न्यूज 4th July 2023 , 11:09 AM
ट्राफिक व्यवस्थापनमा समस्या

काठमाडौँ । पोखराको पृथ्वीचोकमा सुविधा सम्पन्न बसपार्क निर्माणका लागि चार दशकअघि नै जमिन छुट्याइएको थियो । विसं २०३२ मा बसपार्कका लागि दुई सय पाँच रोपनी जमिन छुट्टाइए पनि हालसम्म बसपार्कको पूर्वाधार बन्न सकेको छैन । जग्गासमेत अतिक्रमणमा परेको छ ।

बर्सेनि बसपार्कको जमिन खुम्चिँदै गएको छ । पर्यटकीय सहर पोखरामा सुविधा सम्पन्न बसपार्क नहुँदा सडक पेटीबाटै लामो तथा छोटो दूरीका बस गन्तव्यका लागि छुट्नुपर्ने बाध्यता छ भने बसपार्कका लागि तोकिएको क्षेत्रबाट समेत सवारी साधन छुटेका छैनन् । पृथ्वी होटेल व्यवसायी समितिले सोमबार आयोजना गरेको कार्यक्रममा सरोकारवालाले बसपार्कभित्रबाट बस सञ्चालन नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या भएको बताएका छन् ।

सडकमै बस पार्किङ गर्दा सडक अस्तव्यस्त र कुरूप भएकाले बस समितिले बसपार्कबाट गाडी सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ । सहारा क्लब पोखराका पूर्व अध्यक्ष विक्रम थकालीले सडकमा पार्किङ गरेर बस छुटाउँदा पृथ्वीचोक अस्तव्यस्त भएको बताए। उनले भने, “लामो दूरीका गाडीसमेत सडकबाटै छुटाउँदा पृथ्वीचोकबाट चाइना पुलसम्म अस्तव्यस्त भएको छ । पृथ्वीचोकलाई व्यवस्थित गर्न बस बसपार्कबाटै छुट्नुपर्दछ ।

यसमा सरोकारवालाको ध्यान पुगोस् ।” जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले बस सञ्चालकको लोभका कारण बसपार्कबाट बस नछुटेको बताए। उनले सडकबाट गाडी छुटाउँदा ट्राफिक व्यवस्थापनमा प्रहरीलाई सकस भएको बताए । यात्रु तान्नका लागि बसहरू सडकमै पार्किङ गर्ने गरिएको उनको जिकिर छ ।

पाठकले भने, “यात्रु छोप्नका लागि सडकमै पार्किङ गर्ने गरिएको छ । बस बसपार्कभित्रै छिर्नुपर्दछ । बसपार्कभित्रका ग्यारेज हटाएर यसलाई अझै व्यवस्थित गर्नु आवश्यक छ ।” यातायात व्यवसायी भानुभक्त बरालले बसपार्क सानो भएकाले बसपार्कबाट बस नछुटेको बताए। उनले पोखरा बसको ‘क्यू’ बसपार्क केन्द्रित नभइकन भ्याली केन्द्रित भएको बताए। उनले भने, “बसपार्क व्यवस्थित भयो भने बल्ल मात्र बस बसपार्कबाट छुट्छन् ।” पोखरा महानगरपालिका-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बसपार्कमा ग्राभेल हालेर व्यवस्थित गर्न सुरुआत गरिएको बताए ।

उनले व्यवस्थित बसपार्क निर्माणका लागि महानगरमा सबैले दबाब दिनु आवश्यक भएको बताए । महानगरले समेत आगामी वर्ष बसर्पाकका लागि बजेट विनियोजन नगरेकोमा अध्यक्ष मर्सानीले दुःखेसो पोखे । उनले भने, “वडाको बजेटले बसपार्क बनाउन सकिँदैन ।

महानगर, प्रदेश सरकार र सङ्घीय सरकारलाई दबाब दिनु आवश्यक छ, बसपार्कका लागि आन्दोलन गर्न परे पनि अब पछि हट्नु हुँदैन ।” पृथ्वी होटेल व्यवसायी समितिका अध्यक्ष बालकृष्ण न्यूरेले विभिन्न कारणले पोखराको मुख्य बसपार्क व्यवस्थित हुन नसके पनि अब राज्यलाई दबाब दिनुपर्ने बताए । उनले भने, “अहिले भएको बसपार्कलाई व्यवस्थित गरेर आगन्तुक पाहुनालाई सभ्य र सुरक्षित पोखराको महसुस गराउनुपर्दछ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

व्यासका पुरातात्विक सम्पदाको अभिलेखीकरण गरिँदै

व्यासका पुरातात्विक सम्पदाको अभिलेखीकरण गरिँदै

कृषकलाई सिँचाइ सुविधा उपलब्ध गराउन अहोरात्र खटिनेछु’ : अध्यक्ष मोहन शर्मा

कृषकलाई सिँचाइ सुविधा उपलब्ध गराउन अहोरात्र खटिनेछु’ : अध्यक्ष मोहन शर्मा

लुम्बिनी गुरुयोजना : अठचालिस वर्षदेखि अधुरै

लुम्बिनी गुरुयोजना : अठचालिस वर्षदेखि अधुरै

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

भर्खरै प्रकाशित

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

व्यासका पुरातात्विक सम्पदाको अभिलेखीकरण गरिँदै

व्यासका पुरातात्विक सम्पदाको अभिलेखीकरण गरिँदै

स्वर्गीय शरदकुमार गौचनको योगदान स्मरण गर्दै कपिलवस्तुका निर्माण व्यवसायीले गरे श्रद्धाञ्जली अर्पण

स्वर्गीय शरदकुमार गौचनको योगदान स्मरण गर्दै कपिलवस्तुका निर्माण व्यवसायीले गरे श्रद्धाञ्जली अर्पण

कृषकलाई सिँचाइ सुविधा उपलब्ध गराउन अहोरात्र खटिनेछु’ : अध्यक्ष मोहन शर्मा

कृषकलाई सिँचाइ सुविधा उपलब्ध गराउन अहोरात्र खटिनेछु’ : अध्यक्ष मोहन शर्मा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज