कपिलबस्तु । असार २२ गते । बर्षाका कारण खोलामा आएको बढीले तटबन्ध भत्किएको छ । शिवराज नगरपालिका वडा न २ मा रहेको सुरही खोलमा रहेको पुल नजिकको तटबन्ध खोलमा आएको बाढीले भत्किएको हो ।
भत्किएको तटबन्ध बनाउनका लागि जल स्रोत तथा सिचाई विकास डिभिजन कार्यालयले तार जाली उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताउनुभयो ।
भत्किएको तटबन्धलाई शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा, उप प्रमुख शिव कुमार थारु, प्रमुख प्रशासकिय अधिकृत राकेश पाण्डेय, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेत र वडा अध्यक्ष राम बहादुर चौधरीले संयुक्त रुपमा अनुगमन गर्नु भएको छ ।