Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आँपको मूल्यमा दोब्बर वृद्धि

Author Avatar साझा न्यूज 7th July 2023 , 3:48 PM
आँपको मूल्यमा दोब्बर वृद्धि

लहान, असार २२ गते । आँपको मुख्य व्यापारिक केन्द्र मानिएको लहानमा आँपको मूल्यमा दोब्बरले बुद्धिभएको छ । असारको दोस्रो हप्तामा सस्तो मूल्यमा पाउने आँपको मूल्य तेस्रो हप्तामा आइपुग्दा बृद्धि भएको हो ।

व्यापारी र किसानले फूलवारीमा रहेका आँपहरु किसान र किसानबाट खरिदगरी  लहान बाहिरका बजारमा लगिसकेपछि आँपको मूल्यमा दोब्बरले वृद्धि भएको  आँप व्यापारीहरुको भनाइ छ ।

आँप व्यापारी देवकी दासकाअनुसार प्रतिकिलो पाँच रुपियाँ नाफा लिएर विक्री गर्ने मालदह आँप ३० देखि ४० रुपियाँ प्रतिकिलोमा बिक्री भएको छ । अहिले त्यही आँप प्रतिकिलो ६० रुपियाँमा बिक्री भइरहेको छ ।

किसानहरुको बगैंचामा नै मालदह आँप सकिन लागेको छ भने कलकतिया आँप बाँकी भए पनि धान रोपाइको चटारो लागेपछि किसानहरु कलकतिया आँप बिक्री गर्ने सुरमा रहेका छन् ।

यसवर्ष कलकतिया आँपले पनि राम्रै मूल्य पाउने लहान नगरपालिका कृषि शाखाका प्रमुख प्रकाश साह हलुवाइले जानकारी दिनुभयो । आँपको पकेट क्षेत्रमा नै आँपका बगैंचामा आँप ८० प्रतिशतभन्दा बढी आँपहरु टिपेर किसान र व्यापारीहरु बिक्री गरीसकेकाले बजारमा आँप कम मात्रामा आउन थालेपछि मूल्य बढ्नु स्वभाविकै भएको शाखा प्रमुख साहले प्रष्ट पार्नुभयो ।

सिरहा र सप्तरीका लागि लहान आँपको मुख्य व्यापारिक केन्द्र मानिन्छ । लहानमा आँपको शितभण्डार नहुँदा असारको दोस्रो हप्तादेखि रुखमा पाक्न सुरु हुने आँपलाई विक्री गर्न समस्या हुनेगरेका कारण ढिलोगरी बगैंचामा आँप टिकाइ राख्न समस्या भइरहेको लहान –१३ का कृषक रघुबीर यादवले बताउनुभयो ।

आँपको बजार व्यवस्थापन र शितभण्डारको लागि राष्ट्रिय लोकमार्गमा पर्ने लहान नगरपालिका, धनगढीमाइ, गोलबजार, मिर्चैया र कर्जन्हा नगरपालिकासँग समन्वय गरी बजार व्यवस्थापन गरिएको छ । शितभण्डारका साथै आँप खेतीलाई वैज्ञानिका विधि अपनाउन चाहिने मलखाद, औषधि र सिंचाइबारे वृहत्त कार्यक्रम ल्याउन समन्वय भइरहेको जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेशकुमार महतोले बताउनुभयो ।

लहान नगरपालिकाले लहानको आँपको ब्राण्डिङ गरेर विभिन्न शहरमा लहानको आँप भनेर पहिचान गरिएको लहान नगरप्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो ।  शितभण्डारसहित आँपको व्ययस्थित बजार र मूल्य निर्धारणलगायतको कार्यक्रम ल्याइएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

भर्खरै प्रकाशित

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज