Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

वन संरक्षणमा स्थानीय सक्रिय

Author Avatar साझा न्यूज 7th July 2023 , 4:54 PM
वन संरक्षणमा स्थानीय सक्रिय

ढल्केबर, असार २२ गते । धनुषाको मिथिला नगरपालिका–११, तुसलीका स्थानीयवासी वन संरक्षणमा सक्रिय भएका छन् । चुरेको फेदमा रहेको तुसलीका स्थानीयवासी १८ वर्षपछि सामुदायिक वन उपभोक्ता समिति पुनर्गठन गरेर वन संरक्षणमा जुटेका हुन् ।

२०५८ सालमा सुन्दरी सामुदायिक वन उपभोक्ता समिति गठन गरेर एक हजार छ सय हेक्टर वन क्षेत्र संरक्षणका लागि समुदायलाई जिम्मा दिइएको थियो । तर, २०६२ सालमा आएर उपभोक्ता समिति निष्क्रिय भएपछि वन अतिक्रमणसँगै काठ तस्करी ह्वात्तै बढेको थियो । त्यस क्षेत्रमा घर टहरा बनाएर तथा खेतीयोग्य जग्गामा परिणत गरेर वन अतिक्रमण बढेको थियो ।

दुई साताअघि मोहन सापकोटाको अध्यक्षतामा सुन्दरी सामुदायिक वन उपभोक्ता समिति पुनर्गठन गरिएको छ । पुनर्गठन भएपछि समितिका अध्यक्ष सापकोटा लगायत सम्पूर्ण  पदाधिकारी वन कर्मचारीसँग मिलेर वन अतिक्रमण खाली गराउने, काठ चोरी तस्करी रोक्न गस्ती गर्ने र खाली जग्गामा वृक्षरोपण गरेर पुनः वन क्षेत्रलाई हराभरा बनाउने अभियान अभियान जुटेका छन् ।

समितिका अध्यक्ष सापकोटाले दुई साताको अवधिमा दुई हेक्टरभन्दा बढी वनको अतिक्रमित जग्गा खाली गराएको बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै बेला हरियो देखिने डाँडाकाँडा उजाड बनेको छ । ठूल्ठूला रुख तस्करले सिध्याउन खोजेपछि संरक्षण गर्न हामी जमर्को कसेका छौं ।”

वन विनासका असरहरु देखिन थालेको बताउँदै उहाँले अहिले हामीले वन जोगाएनौं भने कलान्तरमा धेरै दुःख हुने बताउनुभयो । तापक्रममा वृद्धि, जमिनमुनि पानीको सतह घट्दै जानु र पर्यावरण असन्तुलन हुनु वन विनासको कारण भएको अध्यक्ष सापकोटाको बुझाइ छ ।

लालगढ सब डिभिजन वन कार्यालयका अधिकृत मदन चौधरीले तुसलीमा वर्षौंदेखि निष्क्रिय रहेका दुई वटा सामुदायिक वन उपभोक्ता समिति पुनर्गठन गरिएको बताउनुभयो । सुन्दरी र मोती खोला सामुदायिक वन उपभोक्ता समिति वर्षौंपछि पुनर्गठन भएको उहाँले जानकारी दिनुभयो ।

दुबै वन उपभोक्ता समिति आन्तरिक विवादका कारण निष्क्रिय बनेको थियो । सरकारले चाहेर मात्र काठ चोरी तस्करी र वन अतिक्रमण रोक्ने सम्भावना न्यून रहेकाले स्थानीयवासीको सहभागिता आवश्यक भएको महसुस गरिएको थियो । वन उपभोक्ता समिति पुनर्गठनपश्चात् थुप्रै ठाउँको अतिक्रमित जग्गा खाली गराएर वृक्षरोपण गरी तारजाली लगाइएकोे उहाँले बताउनुभयो ।

यसरी तारजाली लगाउँदा वनभित्र भएका बोट बिरुवाको संरक्षण हुने र स्थानीयको अन्नबालीको पनि संरक्षण हुन्छ । वन्यजन्तु मानव बस्तीमा पसेर अन्नबालीको नोक्सानी गर्न नसक्ने र घर पालुवा जनावर पनि वन क्षेत्रमा प्रवेश गर्न नसक्ने हुँदा वन क्षेत्रका रुख बिरुवा फस्टाउने उहाँको भनाइ छ ।

डिभिजन वन कार्यालय धनुषाका डिभिजनल प्रमुख बेचन चौधरीले वन संरक्षणमा तुसलीका जनता जागरुक बनेपछि खुशी व्यक्त गरेका छन् । त्यस क्षेत्रमा काठ चोरी तस्करीका गुनासो निकै सुनिन्थ्यो । वन उपभोक्ता समिति सक्रिय भएपछि काठ चोरी निकासीमा नियन्त्रण र वन अतिक्रमण रोकिएको दाबी उहाँले गर्नुभयो ।

सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको नाउँमा जथाभावी वन अतिक्रमण बढेको थियो । यसका साथै अन्यत्र घर भएकाले पनि सो स्थानमा अस्थायी घर टहरा बनाएर अतिक्रमको प्रयास गरेको थियो । अब वन क्षेत्रलाई अतिक्रमण मुक्त बनाउँदै सामुदायिक वनको स्तर सुधार्नमा जोड दिने डिभिजनल प्रमुख चौधरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

भर्खरै प्रकाशित

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज