Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै वालिङ


स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै वालिङ

वालिङ, असार २४ गते । वालिङ नगरपालिकाले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । पालिकाभित्र कृषि तथा गैरकृषि गरी दुवै क्षेत्रका स्थानीय उत्पादकलाई प्रोत्साहन गर्ने नीति पालिकाले लिएको हो ।

स्थानीय उत्पादन बढाउने र त्यसको सहज बजार व्यवस्थापन पनि गर्ने योजनाका साथ वालिङमा स्थानीय उत्पादनको प्रदर्शनी समेत गरिएको छ । नगरपालिकाले गण्डकी प्रदेश सरकारसँग मिलेर सञ्चालन गरिरहेको ‘उद्यमशीलता व्यवसाय प्रवर्द्धन तथा नवप्रवर्द्धन केन्द्र–ईबिक’ परियोजना मार्फत गरिएको प्रदर्शनीमा उत्कृष्ट घोषित भएका १७ जना उद्यमीहरुलाई पुरस्कृत गरिएको हो ।

नगरपालिकाको समन्वयमा सञ्चालन भएको प्रदर्शनीमा ४० जना उत्पादकले आफूले उत्पादन गरेका वस्तुहरुको प्रदर्शन गरेका थिए । निर्णायक समितिले उद्यमीको दर्ता, वस्तु, स्थानीय उत्पादन, अन्यलाई दिईएको रोजगारीको अवसर, उद्यमी र उद्योगको दिगोपना लगायतलाई आधार मानेर उत्कृष्ट छनोट गरिएको पालिकाले जनाएको छ । उत्कृष्ट हुने उद्यमीहरुले जनही पाँच हजार पाँच सय र प्रमाणपत्र प्राप्त गरेका छन् ।

उत्कृष्ट उद्यमीहरुलाई पुरस्कार वितरण गर्दै वालिङ नगर उपप्रमुख कविता तिवारी गैह्रेले उद्यमीहरुलाई हौसला प्रदान गर्नका लागी कार्यक्रम राखिएको बताउनुभयो । वालिङका उद्यमीहको प्रवर्द्धन गर्नका लागी बजेट नै विनियोजन गरि अगाडि बढिएको भन्दै उपप्रमुख तिवारीले उद्यमी तथा अर्गानीक वस्तु उत्पादनको शहरको रुपमा वालिङलाई विकास गरिने जानकारी गराउनुभयो ।

कार्यक्रममा निर्वतमान नगरप्रमुख दिलिप प्रताप खाँणले स्थानीय स्रोतसाधनको उपयोग गरी उद्यमशीलतामा अगाडि बढ्न सकिने भन्दै उद्यमशीलताको प्रवर्द्धन बिना नगरको विकास सम्भव नरहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा यूएनडिपिका गण्डकी तथा लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले स्थानीय उत्पादनलाई बढाउने तथा त्यसको बजारीकरणमा ध्यान दिन काम गर्नुपर्ने बताउनुभयो । ईबिक मार्फत उद्यमशीलता र व्यवसायको प्रवर्द्धन तथा नविनतम सोचको व्यावहारिक प्रयोगका लागि महत्वपुर्ण काम गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विगत चार वर्षदेखि वालिङ नगरपालिकाले ईबिक मार्फत महत्वपूर्ण काम गरिहरेको छ ।”

कार्यक्रम वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय संस्थाका अध्यक्ष ल्यामबहादुर गुरुङले स्थानीय उत्पादनको बजारीकरणका लागि आफूहरुले समन्वय गरिरहेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सरकार र राहत शिक्षकबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

सरकार र राहत शिक्षकबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

भाउजूको हत्या गर्ने देवर पक्राउ

विरामी भर्ना गरी जाँच गर्ने मेडिकल सञ्चालक पक्राउ

मन्त्रीबारे छलफल गर्दै माओवादी केन्द्र, यी नेताको सम्भावना

आज प्रधानमन्त्री प्रचण्ड चीनकाे छेन्दु जाँदै

आज विश्व मुटु दिवस : मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै

आज विश्व मुटु दिवस : मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै

कपिलबस्तुमा मनाइयो १७ औं विश्व रेविज दिवस

कपिलबस्तुमा मनाइयो १७ औं विश्व रेविज दिवस

कपिलबस्तुमा मोहम्मद जयन्ती धुम धामका साथ मनाइयो

कपिलबस्तुमा मोहम्मद जयन्ती धुम धामका साथ मनाइयो

भर्खरै प्रकाशित

सरकार र राहत शिक्षकबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

सरकार र राहत शिक्षकबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

भाउजूको हत्या गर्ने देवर पक्राउ

विरामी भर्ना गरी जाँच गर्ने मेडिकल सञ्चालक पक्राउ

मन्त्रीबारे छलफल गर्दै माओवादी केन्द्र, यी नेताको सम्भावना

आज प्रधानमन्त्री प्रचण्ड चीनकाे छेन्दु जाँदै

आज विश्व मुटु दिवस : मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै

आज विश्व मुटु दिवस : मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै

एकदिवसीय विश्वकप अघिका अभ्यास खेल शुरु : पाकिस्तान र न्युजिल्यान्डबीचकाे आजकाे खेलमा दर्शक नहुने

एकदिवसीय विश्वकप अघिका अभ्यास खेल शुरु : पाकिस्तान र न्युजिल्यान्डबीचकाे आजकाे खेलमा दर्शक नहुने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज