Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कञ्चनपुर-कमला सडक निर्माणको काम सुस्त

Author Avatar साझा न्यूज 9th July 2023 , 2:00 PM
कञ्चनपुर-कमला सडक निर्माणको काम सुस्त

सप्तरी, असार २४ गते । पूर्व-पश्चिम लोकमार्गको कञ्चनपुर-कमला सडक खण्डमा आवश्यक बजेट उपलब्ध नहुँदा सडक र पुल निर्माणको कामले गति लिन सकेको छैन । नेपाल सरकारको रुपान्तरकारी गौरवको योजना अन्तर्गत पूर्व पश्चिम लौकमार्गको पहिलो चरणमा सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म चार लेन सडक विस्तारको काम भईरहेको छ।

उक्त लौकमार्गको सहरी क्षेत्रमा भने ६ लेनको सडक निर्माण गरिने भएको छ । कञ्चनपुर–कमला सडक योजना, सिरहा, पूर्वी खण्ड प्रमुख खड्गलाल श्रेष्ठका अनुसार एडिबिको ७२ र नेपाल सरकारको २८ प्रतिशत संयुक्त लगानीमा कमला कञ्चनपुर सडक निर्माणको काम सन् २०२० अक्टोबरबाट सुरु भई आउँदो अक्टोबरसम्म सम्पन्न गर्ने गरी चाईनिज ठेकेदार कम्पनी चाइना रेलवे २ इन्जिनियरिङ गुरुपले पाएको बताउनुभयो । उहाँले दुई वटा प्याकेजमा सुरु भएको सडक निर्माण अन्तर्गत् सप्तरीको कञ्चनपुरदेखि कुशाहसम्मको ३९ किलोमिटर पूर्वी खण्डकालागि कूल ७ अर्ब २७ करोडमा ठेक्का लागेको बताउनु हुदै कालोपत्रैसँगै ३९ वटा पुल निर्माण गर्नुपर्ने समेत रहेको बताउनुभयो ।

सप्तरीका स्थानीयवासी राधे श्याम यादवका अनुसार सडक निर्माणको समयसीमा सक्ने केही महिना मात्र बाँकी हुँदा अहिलेसम्म न त पुल निर्माण पुरा भएको छ न त कालोपत्रै बिछ्याउने काम नै सुरु भएको छ । उहाँले नेपाली ठेकेदार कम्पनी जस्तै विदेशी ठेकेदार कम्पनीले पनि तोकिएको समयसिमाभित्र निर्माण काम पुरा गर्न नसकेपछि सर्वसाधारणलाई लामो समयदेखि धुवाँधुलोको सास्ती व्यहोर्नुपरेको गुनासो पोख्नुभयो । सडक निर्माणले खुशी तुल्याएपनि यसक्रममा खनिएको खाल्टोले दुर्घटना निम्तयाइरहेको छ भने पानीसमेत नछर्किँदा स्वास्थ्यमा प्रतिकुल असर पुगिरहेको सर्वसाधारणको भनाइ छ ।

उता एउटै ठेकेदार कम्पनी र समयसीमा रहेको प्याकेज २ अर्थात् सिरहाको बलानदेखि कमलासम्म पश्चिमी खण्डको अवस्था पनि यस्तै छ । कञ्चनपुर-कमला सडक योजना, सिरहा, पश्चिमी खण्ड प्रमुख नारायण दत्त भण्डारीका अनुसार पश्चिमी खण्डको कुल ४७ किलोमिटर सडक निर्माण कामको ठेक्का ८ अर्ब ३८ करोडमा लागेको छ भने यस अन्तर्गत् २५ वटा पुल र एक सय १५ वटा कलभर्ट निर्माण गर्नुपर्ने जानकारी दिनुभयो । उहाँले नयाँ प्रविधिबाट निर्माण भईरहेको पिच, पुल र कलभर्टकालागि सप्तरी र सिरहामा छुट्टाछुट्टै निर्माण कम्पनीले प्लान्ट नै स्थापना गरेर काम अगाडी बढेको बताउनुभयो । पश्चिमी खण्ड प्रमुख भण्डारीले प्लान्टमै पुलका बिमसहितका आवश्यक संरचना निर्माण भईरहेको र त्यहाँबाट ल्याएर निर्माणस्थलमा राख्ने गरिएको छ भने पिचका लागि कालोपत्रैको प्लान्ट पनि स्थापना भईसकेको र अधिकांश काम प्लान्टभित्रै भईरहेकाले तत्काल परिणाममुखि नदेखिएको हुँदा अब चाँडै देखापर्ने बताउनुभयो ।

पश्चिमी खण्ड प्रमुख भण्डारीले विगतमा योजना सञ्चालनका लागि एडिबिको बजेट उपलब्ध हुँदा पनि नेपाल सरकारको बजेटमा समस्या हुने गरेकोले अव तत्कालका लागि यो समस्या हालै समाधान भईसकेकोले कामले गति पाउने दाबी गर्नुभयो । उहाँले करिब तीन वर्षको अवधिमा हालसम्म पूर्वी खण्डमा वित्तियतर्फ १८ प्रतिशत र भौतिकतर्फ २८ प्रतिशत निर्माण काम भएको छ भने पश्चिमी खण्डमा वित्तियतर्फ १६ प्रतिशत र भौतिकतर्फ ३१ प्रतिशत प्रगति देखिएको जानकारी दिनुभयो ।

अहिले परामर्शदाताको सल्लाहमा सरकारले ठेकेदार कम्पनीलाई थप ६ महिनाको समयसिमा थप्ने प्रक्रिया अगाडी बढाएपनि स्थलगत रुपमा निर्माणको गतिलाई विश्लेषण गर्दा थपिने समयसिमामा पनि सडक निर्माण सम्पन्न नहुने स्थानीयको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

भर्खरै प्रकाशित

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज