Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पर्यटन प्रवर्द्धनका लागि पहरोको ढुङ्गामा आकृति बनाइँदै

Author Avatar साझा न्यूज 10th July 2023 , 10:31 AM
पर्यटन प्रवर्द्धनका लागि पहरोको ढुङ्गामा आकृति बनाइँदै

तनहुँ, असार २५ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ र ४ को सिमानामा रहेको ऐना पहराको ढुङ्गामा विभिन्न आकृति खोपेर आकर्षण बनाउने काम धमाधम भइरहेको छ । ऐना पहरामा रहेको झरनामा रमाउन आउने पर्यटकलाई थप आकर्षित बनाउन आकृति खोप्ने कामलाई तीव्रता दिइएको हो ।

गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, भिडिओ, टिकटक बनाउनेको भीड लागेपछि गाउँपालिकाले ऐना पहराेलाई पर्यटकलाई प्रमुख आकर्षण गन्तव्य बनाउन आकृति खोपिएका हुन् ।  गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको यस झरनामा पर्यटकको सधैँ भिड लाग्ने भएकोले थप आकर्षित गर्न गाउँपालिकाले यहाँका ढुङ्गामा आमा र बच्चा, हात्ती लगायतका आकृति बनाउने काम तीव्र भइरहेको छ । ऐना पहरालाई थप आकर्षक बनाई पर्यटकलाई लोभ्याउन प्राकृतिक ढुङ्गामा भगवानलगायतको आकृति कुँद्न सुरु गरिएको गाउँपालिकाले जनाएको छ । कालिगड यतिबेला ढुङ्गामा विभिन्न आकृति कुँद्न व्यस्त भएका छन् । गाउँपालिकाले स्थानीय कालिगडलाई काममा लगाएर रोजगारीको अवसर प्रदान गरेको छ ।

चालू आर्थिक वर्षमा रु. एक करोड ४० लाख बजेट विनियोजन ढुङ्गामा आकृति बनाउने, बाटो, शौचालय निर्माण लगायतको काम भइरहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । चुमानले भन्नुभयो, तनहुँको मात्र नभई गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोच राखी पहरोमा आकृति बनाउने काम भइरहेको छ ।’’ पृथ्वीराज मार्गसँगै जोडिएको ऐना पहरामा मनमोहक झरना छ । जोडले झरेको कञ्चन पानी, हरियाली जङ्गल, खोँचबाट झरेको पानीले जो कसैको पनि मन लोभ्याउने थकित मुद्रामा यहाँ पुग्ने आनन्दित भएर फर्किन्छन् ।

काठमाडौँ, चितवनबाट पोखरातर्फ आउने र पोखरातर्फ यात्रा गर्ने सर्वसाधारण सवारीसाधन रोकेरै ऐना पहरा झरनामा रमाउने गर्दछन् । राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणको विश्राम स्थलका रूपमा पनि ऐना पहरा झरना विकास भइरहेको पर्यटकलाई नयाँपना दिनको लागि ढुङ्गामा आकृति बनाउन थालिएको  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले भन्नुभयो । झरना धेरै ठाउँमा छन् ऐना पहरा झरनालाई अन्य ठाउँको भन्दा पृथक् पहिचान दिन आकृति बनाउन लागेका हौँ ।’’ पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडक विस्तारका लागि यति बेला तनहुँ खण्डमा धमाधम काम भइरहेको छ । त्यसले गर्दा राजमार्गको यात्रा सकसपूर्ण छ । त्यसमाथि धुवाँ, धुलोले गर्दा सर्वसाधारणलाई समस्या भइरहेको छ । धुवाँ, धुलो र कष्टपूर्ण यात्राको थकान मेट्नका लागि ऐना पहरा झरना उपयुक्त माध्यम बनिरहेको छ । यहाँ स्काइ साइक्लिङ, सिसाको पुल बनाउने दीर्घकालीन योजना रहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताउनुभयो । ‘‘पर्यटकले नयाँ नयाँ आनन्द चाहिरहेकोले पृथक् काम गरेका हौं।’’ बहुवर्षीय योजनाअन्तर्गत साहसिक खेल, सिसाको पुल, जीप लाइन, स्विमिङ पुल, ढुङ्गामा आकर्षक मूर्ति निर्माणलगायतका संरचनाका लागि डिपिआर गरी प्रक्रिया अघि बढाइएको गाउँ पालिकाले जनाएको छ ।

तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउँडी खोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐना पहरा झरनालाई व्यवस्थित बनाउन  विस्तृत गुरुयोजना तयार भएको गाउँपालिकाको उपाध्यक्ष दुर्गा अर्यालले बताउनुभयो । यस ठाउँलाई व्यवस्थित गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार १० करोड रुपियाँ बजेट आवश्यक पर्छ । डिपिआरअनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायतका संरचना निर्माण गर्ने उल्लेख छ ।

गाउँपालिकाका अनुसार पृथ्वी राजमार्ग भएर दैनिक झन्डै पाँच हजार सवारीसाधन गुड्ने हुँदा पर्यटकलाई आकर्षण गर्न सकेको अवस्थामा आयआर्जन गर्न सकिने प्रचुर सम्भावना रहेकोले पार्क निर्माणकार्य अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

भर्खरै प्रकाशित

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज