Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विद्युतीय चुल्हो वितरण

Author Avatar साझा न्यूज 10th July 2023 , 2:48 PM
विद्युतीय चुल्हो वितरण

गुल्मी, असार २५ गते । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर–५, भुवनपानीका नागरिकलाई विद्युतीय चुल्हो वितरण गरिएको छ । आर्थिक वर्ष २०७९-०८० को संघीय मन्त्रालयबाट प्राप्त सशर्त बजेटबाट वातावरणीय सरसफाई तथा जनचेतनामूलक कार्यक्रम अन्तर्गत त्यहाँका नागरिकलाई विद्युतीय चुल्हो वितरण गरिएको हो ।

भुवनपानीमा रहेको अर्खले स्वास्थ्य कार्यालयको आयोजनामा सोमबार एक औपचारीक कार्यक्रमका बीच रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले ज्येष्ठ नागरिक रुक्मागत खनाल, नारायण प्रसाद उपाध्याय खनाल र बालकुमारी पाण्डेलाई विद्युतीय चुल्हो हस्तान्तरण गर्नुभयो ।

सोही अवसरमा नगरप्रमुख पन्थीले सबै स्वस्थ रहन आवश्यक रहेको भन्दै नागरिकको स्वास्थ्यप्रति रेसुङ्गा नगरपालिका निकै सजग र गम्भीर रहेको बताउनुभयो । परम्परागत चुल्होको कारण स्वास्थ्यमा पार्ने नकारात्मक प्राभावहरुलाई कम गर्दै आम जनतालाई आधुनिक प्रविधिको चुल्होसँग जोड्ने कार्यको सुभारम्भ भएको बताउँदै नगरप्रमुख पन्थीले भन्नुभयो, “हामी नागरिकको स्वास्थ्य प्रती गम्भीर छौं । स्वस्थ नागरिक तयार भए मात्र समृद्ध नगरपालिका निर्माण गर्न सकिन्छ ।”

जेष्ठ नागरिक लगायतको खानपानसँगै सरसफाइमा पनि विशेष ख्याल पुर्याउनुपर्ने बताउँदै सबै उत्पादनशील कार्यमा लागे मात्र समृद्ध र सबल नगरपालिका निर्माणको ध्यय सफल हुने उल्लेख गर्नुभयो । एलपी ग्यासभन्दा निकै कम खर्चिलो हुने र वातावरणीय हिसाबले पनि अनुकुल हुने भएकाले विद्युतीय चुल्होको अधिकत्तम प्रयोगमा जोड दिन आग्रह गर्नुभयो ।

वडा सदस्य नुमकला विश्वकर्माले समयक्रमसँगै भित्रिएका नयाँ प्रविधि र सामग्रीहरुको प्रयोगका विषयमा तालिमको समेत आवश्यकता रहेको औंल्याउनुभयो । सोही वडाका एमाले अध्यक्ष प्रेम पन्थी, नेपाली कांग्रेस वडा सभापति गोपाल खनालले पनि विद्युतीय चुल्होको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो ।

रेसुङ्गा नगरपालिकाका आईटी इन्जिनियर सुरेश खनालले विद्युतीय चुल्होको प्रयोग सम्बन्धि जानकारी गराउँदै ग्यास र दाउराको विकल्पको रुपमा विद्यतुीय चुल्होलाई प्रयोग गर्न सकिने बताउनुभयो। वडाअध्यक्ष दुर्गाप्रसाद खनालले वडाका ३३१ थान विद्युतीय चुल्हो वितरण गरिएको जानकारी दिनुहुँदै अपुग देखिएमा आगामी आर्थिक वर्षको पहिलो चौमासिक भित्र विद्युतीय चुल्हो वितरण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

भर्खरै प्रकाशित

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज