Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गौरापर्व एवं दूर्वाष्टमीसम्बन्धी निर्णय सच्याउन माग

Author Avatar साझा न्यूज 11th July 2023 , 11:20 AM
गौरापर्व एवं दूर्वाष्टमीसम्बन्धी निर्णय सच्याउन माग

कञ्चनपुर । गौरापर्व एवं दूर्वाष्टमीसम्बन्धी निर्णयलाई नेपाल पञ्चाङ्ग निर्णायक समितिले सच्याउनु पर्ने माग गरिएको छ । समितिले स्वेच्छाले त्रुटिपूर्ण निर्णय पटक–पटक दोहर्‍याउँदै आएकाले सच्याउनु पर्नेमा जोड दिइएको छ ।

‘भाषा, धर्म संस्कृति र चाडपर्व कुनै पनि सभ्य समृद्ध समाजको पहिचानको धरोहरका रूपमा रहेको छ’ पण्डित ताराप्रसाद जोशीले भने, ‘हिन्दू धर्ममा आस्था राख्ने सुदूरपश्चिम प्रदेशका महिलाले व्रत बसी पति र पुत्रको दीर्घायुको कामना गर्दै पौराणिककाल (विसं १२६४) देखि शिव–पार्वतीको पूजाआजा गरी गौराष्टमी (गौरा) पर्व मनाउँदै आएका छन् ।’

पञ्चाङ्ग समितिले दूर्वाष्टमी र गौराष्टमी पर्वलाई श्रावणशुक्ल पक्षको अष्टमी तिथिमा लगाएको छ । श्रावण शुक्लपक्षको अष्टमीलाई दूर्वाष्टमी मान्नु पर्छ भन्ने कुनै पनि शास्त्रमा उल्लेख नभएको उनले उल्लेख गरे । उनका अनुसार निर्णय सिन्धुमा भनिएको छ, ‘शुक्लभाद्रपदेमासे दूर्वासंज्ञा तथाष्टमी । सिंहार्क एवं कर्तव्या न कन्यार्के कदाचन । सिंहस्थे सोत्तमासूर्येऽनुदिते मुनि सत्तमे । भाद्र शुक्लाष्टम्या मगस्त्योदये भाविनि सति पूर्वकृष्णाष्टम्यामेव कुर्यात् ।’

अर्थात् पूर्णिमान्त चान्द्रमासको भाद्रशुक्ल अथवा कृष्णपक्षको अष्टमी तिथिलाई मात्र दूर्वाष्टमी मान्नुपर्छ । त्यो पनि अगस्तिमुनिको पौराणिक उदय हुनुभन्दा पूर्वको अष्टमीलाई ग्रहण गर्नु पर्दछ । कन्याको सूर्यमा दूर्वाष्टमी मान्नु हुँदैन । उक्त निर्णयको ख्यालै नगरी नेपाल पञ्चाङ्ग निर्णायक समितिले गलत निर्णय गरेको उनको भनाइ छ ।

विसं २०३४, २०४२, २०४९, २०५३, २०६१ र २०८० को दूर्वाष्टमी र गौराष्टमी पर्वलाई श्रावण शुक्लपक्षको अष्टमी तिथिमा लगाएको उनको आरोप छ । उनी भन्छन्, ‘विसं २०३१, २०५० र २०६९ मा भाद्र महिनामा अधिकमास (मलमास) परेको बेला नेपाल पञ्चाङ्ग निर्णायक समितिले अधिकमासको अष्टमीलाई दूर्वाष्टमी भनी उल्लेख गरेको थियो, भाद्र महिनामा अधिकमास परेमा शुद्ध भाद्रमासको कृष्णाष्टमीलाई सौर श्रावणमासमा मान्नुपर्छ भनी शास्त्रमा उल्लेख भएको पाइन्छ ।’

स्कन्ध पुराणमा वर्णन गरिएअनुसार अधिमासे तु सम्प्राप्ते नभस्य उदये मुनेः । अर्वाग्दूर्वाव्रतं कार्यं परतो नैव कुत्रचित् । भन्ने वचनको उल्लङ्घन गरेर पञ्चाङ्ग निर्णायक समितिले दूर्वाष्टमीको गलत निर्णय गरेको पण्डित जोशीले बताए । नेपाल पञ्चाङ्ग निर्णायक समितिले गणितागत अगस्तिको उदयको आधारमा दूर्वाष्टमीको निर्णय गर्ने गरी समाजमा ठूलो भ्रम सिर्जना गरेको उनले उल्लेख गरे ।

यसको आधारमा दूर्वाष्टमीको निर्णय गर्नु नितान्त गलत र अव्यवहारिक हुन्छ किनभने ज्योतिषीय विज्ञानअनुसार तीन अक्षप्रभा (पलभा) रहेको स्थानमा भाद्र २ गते नै गणितागत अगस्त्योदय हुन्छ भने आठ अक्षप्रभा (पलभा) भन्दा माथि भएको स्थानमा असोज ७ गतेसम्म पनि क्रमिकरूपमा अक्षप्रभा (पलभा) अनुसार फरक–फरक स्थानमा फरक–फरक मिति र तिथिमा अगस्त्योदय हुने उनको भनाइ छ ।

निर्णयअनुसार एउटै दिनमा सबै स्थानमा दूर्वाष्टमी नहुने र कुनै ठाउँमा कहिलेकाहीँ दूर्वाष्टमीको लोप नै हुने हुँदा यस्तो विषमपूर्ण आएको जनाइएको छ । यस्तो अवस्थाका सन्दर्भमा वेदलाई चार विभागमा विभाजित गर्ने तथा महाभारत समेत १८ पुराणका रचयिता वेदव्यासजी र अन्य ज्योतिषशास्त्रका महान् विद्वान् तथा प्रवर्तक गर्ग, परासर आदि ऋषिमुनिहरूले सर्वत्र एउटै दिनमा दूर्वाष्टमी मनाउन सकियोस् भनी अगस्त्योदयको सीमारेखा निर्धारण गरी पौराणिक अगस्त्योदयको आधारमा दूर्वाष्टमीको निर्णय गर्नुपर्छ भनी ज्योतिषशास्त्र र धर्मशास्त्रका अनेक ग्रन्थ र पुराणमा उल्लेख गरिएको उनको बुझाइ छ ।

‘त्यो सीमारेखा भनेको भाद्र महिनामा सिंहराशिको २३ अंशमा जब सूर्य भगवान् प्रवेश गर्दछन्’, उनले भने, ‘त्यो दिनदेखि अगस्त्योदय मान्नुपर्दछ, सिंह राशिको २३ अंश भन्नाले भाद्र महिनाको २४ देखि २६ गतेसम्मको कुनै एउटा दिनमा गणितीय आधारमा पर्ने गर्दछ, त्यसभन्दा तलमाथि हुन सक्दैन ।’

भारतको काशीबाट प्रकाशित भएको ऋषिकेश पञ्चाङ्गले पनि यस वर्षको दूर्वाष्टमीको व्रत ७ सितम्वर सन् २०२३ तदनुसार संवत् २०८० भाद्र २१ गतेमा नै गर्ने भनी निर्देश गरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिको निर्णयअनुसार विसं २०८० भाद्र ७ गते श्रावणशुक्ल अष्टमी तिथिको दिनमा दिएको दूर्वाष्टमी र गौराष्टमी पर्वलाई मान्यता दिएको छ ।

धर्मशास्त्रीय विधान र ज्योतिषीय विज्ञान ग्रन्थसम्मत प्रमाणका आधारमा विश्लेषण गर्दा विसं २०८० भाद्र २१ गते भाद्रपद कृष्णपक्षको अष्टमी तिथिको दिनमा दूर्वाष्टमी र गौराष्टमी पर्वका लागि सर्वोत्तम मानक र प्रामाणिक दिन भएकाले यसै तिथिमा गौरापर्व मनाउनुपर्ने ज्योतिषार्चाय जोशीको तर्क छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिलाई धर्मशास्त्रानुसार तथ्यगत आधारमा दूर्वाष्टमीको निर्णय गरी सांस्कृतिक मूल्यमान्यताको संवर्द्धन र संरक्षणका लागि कार्य गर्नुपर्ने उनको सुझाव छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

भर्खरै प्रकाशित

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज