Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कृषि र भेटेरिनरीको खर्च ७ करोड बढी

Author Avatar साझा न्यूज 11th July 2023 , 1:48 PM
कृषि र भेटेरिनरीको खर्च ७ करोड बढी

म्याग्दी, असार २६ गते । म्याग्दीमा रहेका कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चालु आर्थिक वर्षमा ७ करोड बढी खर्च गरेकाे देखिएकाे छ ।

चालु आर्थिक वर्षमा कृषि ज्ञान केन्द्र म्याग्दीले संघ र प्रदेशबाट प्राप्त कुल बजेट पाँच करोड ४६ लाखमध्ये तीन करोड ५० लाख १० हजार रुपियाँ खर्च गरेको कृषि ज्ञान केन्द्र म्याग्दीका बाली संरक्षण अधिकृत सञ्जीव बाँस्तोलाले बताउनुभयो । खर्च भएको बजेट कुल बजेटको ६४ दशमलव शुन्य तीन प्रतिशत रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार चालु वर्षमा कृषि ज्ञान केन्द्रलाई संघ र प्रदेशबाट गरी चालुतर्फ कुल पाँच करोड ३२ लाख १६ हजार र पूँजीगततर्फ १४ लाख ६० हजार रुपियाँ प्राप्त भएको थियो । प्राप्त बजेटमध्ये अधिकांश कार्यक्रमहरु किसानलक्षित अनुदानका रहेका छन् भने तीमध्ये साना व्यावसायिक कृषि फर्म, साना सिँचाइ, विपन्न वस्तीमा मुख्यमन्त्री कार्यक्रम, जलवायुमैत्री नमुना कृषि गाउँ लगायतका कार्यक्रममा खर्च भएको छ ।

यसैगरी, भेटेरिनरी अस्पताललाई प्राप्त भएको पूँजीगत र चालुतर्फ गरी कुल चार करोड ३६ लाख ७१ हजार रुपियाँ बजेट प्राप्त भएकोमा तीन करोड ५६ लाख ९० हजार रुपियाँ खर्च भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख रामकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

त्यस्तै संघीय सशर्त अनुदानबाट २१ लाख ४५ हजार बजेटमध्ये खर्च २१ लाख १९ हजार र रणनीतिक कृषि आधुनिककरण कार्यक्रमको ७५ हजार रुपियाँ बजेट प्राप्त भएकोमा ६७ हजार खर्च भएको निमित्त प्रमुख सुवेदीले बताउनुभयो । प्राप्त बजेटमध्ये किसानलाई माछाका भुरा खरिद गरेर उपलब्ध गराइएको, नयाँ मत्स्य पोखरीहरु निर्माण गरिएको, फार्म यान्त्रिकरण कार्यक्रम, उत्पादनमा आधारित प्रोत्साहन, चरन खर्क सुधार, कृत्रिम गर्भाधान, समुदायस्तरमा चौरी विकास कार्यक्रम, भेडा प्रवद्र्धनलगायत कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

म्याग्दीमा बाख्रापालन, घुम्ती भेडा तथा बाख्रापालन, कुखुरापालन, भैंसीपालन, बंगुरपालन र चौरीपालन हुँदै आएको छ । सोमबार दुवै कार्यालयले चालु आर्थिक वर्षको कार्यक्रम र प्रगतिका  बारेमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा किसानहरुले अनुदानलाई पारदर्शी बनाउनुपर्ने बताएका थिए । अनुदानको दुरुपयोग भएकाले वास्तविक किसानलाई अनुदान दिनुपर्ने सुझाव किसानहरुको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले किसानहरु व्यवहारिक ज्ञानको खानी भएकाले आफ्नो ज्ञान, सिप र अनुभवलाई कृषि क्षेत्रको विकासमा लगाउन सुझाव दिनुभयो । उहाँले म्याग्दी फलफुल उत्पादन र पशुपालनको क्षेत्रमा मुख्य सम्भावना बोकेको जिल्ला भएको बताउँदै कृषि क्षेत्रको विकास र सिँचाइका लागि प्रदेश सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभयो ।

गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले किसानहरुले मौसम अनुकुल हुने गरी कृषि तथा बालीनालीको खेती गर्न सुझाव दिँदै सबैभन्दा धनी किसान भएकाले राज्यबाट प्राप्त अनुदानको सही रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पछिल्लो समय बढ्दै गैरहेको आधुनिकतासँगैको विकासलाई आत्मसाथ गरेर आफ्नो पेशा तथा व्यवसायलाई अगाडि बढाउनुपर्ने भन्दै कृषिको दीगो विकास हुने गरी किसानहरु लाग्नुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

भर्खरै प्रकाशित

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज