Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पालुङटारका कृषकले बिक्री गरे १२ करोड रुपियाँको लिची


पालुङटारका कृषकले बिक्री गरे १२ करोड रुपियाँको लिची

तनहुँ, असार २६ गते । गोरखाको पालुङ्टार नगरपालिकाको तीन वटा वडाका कृषकको लिची खेतीबाट मनग्गे आम्दानी गर्दैआएका छन् । सो क्षेत्रबाट मात्र यस बर्ष करिब १२ करोड रुपियाँको लिची बिक्री भएको लिची उत्पादक कृषकले बताएका छन् ।

पालुङटार नगरपालिका –७ का तारानाथ उप्रेतीले लिची बेचेर वार्षिक तीन लाखदेखि तीन लाख ५० हजार आम्दानी गर्दै आउनुभएको छ । गत वर्ष तीन लाखको लिची बिक्री गरेको र यस यस वर्ष तीन लाख ५० हजार रुपियाँ मुनाफा कमाउन सफल भएको उप्रेतीले जानकारी दिनुभयो ।

यो वर्ष बोटमा ठूलो र राम्रो दाना धेरै लागेकाले फाइदा धेरै भएको उप्रेतीले जानकारी दिनुभयो । १५ रोपनी जमिनमा एक सय पाँचवटा बिरुवामा फलेको लिची बिक्री गरेको उप्रेतीले सो रकम आम्दानी गर्नुभएको छ । घैया धान र मकै लगाउने बारीमा लिची खेती गरेपछि नाफा धेरै भएको उप्रतीले बताउनुभयो । कृषक उप्रेतीले भन्नुभयो, ‘‘३० हजारको घैया धान फल्ने बारीमा तीन लाखभन्दा धेरैको लिची बेचेर आम्दानी गरेको छु ।’’

 कृषक उप्रेतीले भन्नुभयो, ‘‘३० हजारको घैया धान फल्ने बारीमा तीन लाखभन्दा धेरैको लिची बेचेर आम्दानी गरेको छु ।’’ 

यसै वर्षदेखि उप्रेतीले थप १५ रोपनी जमिनमा लिची खेतीका लागि बिरुवा लगाउनुभएको छ । आगामी पाँच वर्षपछि दोब्बर बढी आम्दानी लिन खेती गरेको उप्रेतीले बताउनुभयो । विदेशमा रहेकी छोरीको १५ रोपनी जमिनमा नयाँ खेती सुरु गरेको उप्रेतीले जानकारी दिनुभयो ।

खेतमा धान लगाउनुभन्दा लिचीबाट फाइदा धेरै हुने भएकाले यो वर्ष असारमा खेत रोपाइँ नगरी ६० वटा लिचीको बिरुवा लगाएको उप्रेतीले जानकारी दिनुभयो । धान खेतीमा दुःख धेरै हुने र आम्दानी कम हुने भएकाले लिची खेती गरेको उप्रेतीले बताउनुभयो ।

गाउँको जमिन बाँझो राखेर युवाहरु विदेश जान नहुने उप्रेतीको भनाइ छ । गाउँको जमिनमा माटोअनुसारको फलफूल, तरकारी तथा पशुपालन खेती गर्न उहाँको सुझाव छ ।  पालुङटार नगरपालिकाको वडा ६, ७ र ८ मा व्यावसायिक रुपमा लिची खेती हुँदैआए पनि कृषकहरु प्राविधिक ज्ञानको अभाव भएकाले सरकारले प्राविधिक खटाउने र बिचौलियाको अन्त्य गर्न सिधै उपभोक्तालाई बेच्ने वातावरण बनाउन भने कृषकले हालको भन्दा दोब्बर बढी नाफा कमाउन सफल हुने उप्रेतीेले बताउनुभयो ।

उप्रेती स्थानीय अकला माध्यमिक विद्यालयका शिक्षक हुनुहुन्छ । उहाँले शिक्षण र कृषि पेशा एकैसाथ अगाडि बढाउनुभएको छ । शिक्षक पेशाबाट निवृत्त भएपछि तीनसय रोपनी जमिन भाडा लिएर लिची खेती गर्ने योजना रहेको उहाँले बताउनुभयो । लिचीलाई प्रशोधन गर्ने उद्योग खोल्ने तथा फुटेका लिचीको जुस बनाउने प्रविधि भित्र्याउन आवश्यक रहेकाले त्यसतर्फ स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने उप्रेतीले बताउनुभयो ।

झार आउन नदिने र वर्षमा एक पटक ठूलो बोटमा तीन डोको र सानो बोटमा दुई डोको मल राख्नेगरेको उहाँले जानकारी दिनुभयो । बोटमै ठेकदार आउने भएकाले बिक्रीका लागि कुनै समस्या नभएको उप्रेतीले बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष लिची किन्न पाँच जना ठेकदार आउनुभयो, काठकाडौं र पोखरामा यहाँको लिची धेरै बिक्री हुनेगर्छ ।”

यो वर्ष लिची किन्न पाँच जना ठेकदार आउनुभयो, काठकाडौं र पोखरामा यहाँको लिची धेरै बिक्री हुनेगर्छ ।

स्थानीय साना व्यापारीले खरिद गरी तनहुँको डुम्रे र आँबुखैरेनी बजारमा लगेर बिक्री गर्ने गरेको उहाँले जानकारी दिनुभयो । कृषकले ६५ रुपियाँ किलोमा बिक्री गर्ने गरे पनि व्यापारीहरुले भने खुद्रा मूल्य दुई सय ५० रपियाँ किलोमा बेच्ने गरेको बताउनुभयो । कृषि पर्यटनको विकासगरी उपभोक्ताले सस्तो किन्न पाउने र कृषकललाई पनि फाइदा हुनेखालको योजना स्थानीय सरकारलाई बनाउन सुझाव दिनुभयो ।

पालुङटार नगरपालिकाको वडा ६, ७ र ८ नम्बर वडामा गुणस्तरीय लिची उत्पादन गर्न सकिने पर्याप्त सम्भावना रहेकाले विस्तारमा नेपाल सरकारले विषेश कार्यक्रम सञ्चालन गर्न सके यस क्षेत्रको लिची विदेश समेत निर्यात गर्न सके राज्यलाई समेत योगदान हुने स्थानीय लिची उत्पादक अगुवा कृषक तारा उप्रेतीले बताउनुभयो ।

लिची खेतीका लागि धेरै दुःख गर्न नपर्ने हुँदा सहज भएको उप्रेतीको भनाइ छ । धान खेतीभन्दा बढी आम्दानी हुन थालेपछि लिची खेतीमा आकर्षित भएको यसले कृषक आयस्तर समेत परिवर्तन भएको जीवनज्योति माध्यमिक विद्यालयका शिक्षक तथा अगुवा लिची उत्पादक कृषक रविन्द्र कँडेलले जानकारी दिनुभयो ।

कँडेलले भन्नुभयो, “मैलै पनि धान, मकै लगाउने १० रोपनी बाँझो जमिनमा लिची खेती गरी वार्षिक एक लाख रुपियाँ आम्दानी गर्न सफल भएको छु ।” लिचीको पकेट क्षेत्र मानिने पालुङटार नगरपालिका वडा ६ पौवाटार, वडा ७ च्याङ्ली र वडा ८ धुँवाकोटलाई समेटर अहिले ब्लक सञ्चालन गरिएको छ ।

ब्लकमा तीन हजारदेखि ३५ सय रोपनी क्षेत्रफल समेटिएका छन् । ब्लक सञ्चालनका लागि संयुक्त लिची ब्लक सञ्चालन समन्वय समिति पनि गठन गरिएको छ । समितिमा २० बोटभन्दा बढी लिची लगाउने करिब २ सय जना कृषक छन् । ब्लक क्षेत्रबाट यो वर्ष करिव १२ करोडको गीता उप्रेतीको भनाइ छ ।

यो वर्ष करिब १२ करोडको लिची बिक्री भएको कँडेलले जानकारी दिनुभयो ।

पालुङ्टारको लिचीले राम्रो बजार पाउने भएपछि आफूले काठमाडौंमा लगेर लिची बिक्री  गर्नेगरेको स्थानीय लिची ठेकेदार विमला कुमालले बताउनुभयो । आफूले पालुङटार क्षेत्रका अधिकांश लिची उत्पादक कृषकको लिची यस वर्षदेखि ठेक्का लिएर बिक्री गर्दैआएको कुमालले बताउनुभयो । यस क्षेत्रमा लिची खेती प्रवर्धनका आवश्यक कार्यक्रम लागु गर्नेतर्फ नेपाल सरकारको विशेष ध्यान जाने हो भने लिची खेतीका लागि नमुना स्थलको रुपमा विकास गर्न सकिने शिक्षक कँडेलको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सरकार र राहत शिक्षकबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

सरकार र राहत शिक्षकबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

भाउजूको हत्या गर्ने देवर पक्राउ

विरामी भर्ना गरी जाँच गर्ने मेडिकल सञ्चालक पक्राउ

मन्त्रीबारे छलफल गर्दै माओवादी केन्द्र, यी नेताको सम्भावना

आज प्रधानमन्त्री प्रचण्ड चीनकाे छेन्दु जाँदै

आज विश्व मुटु दिवस : मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै

आज विश्व मुटु दिवस : मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै

कपिलबस्तुमा मनाइयो १७ औं विश्व रेविज दिवस

कपिलबस्तुमा मनाइयो १७ औं विश्व रेविज दिवस

कपिलबस्तुमा मोहम्मद जयन्ती धुम धामका साथ मनाइयो

कपिलबस्तुमा मोहम्मद जयन्ती धुम धामका साथ मनाइयो

भर्खरै प्रकाशित

सरकार र राहत शिक्षकबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

सरकार र राहत शिक्षकबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

भाउजूको हत्या गर्ने देवर पक्राउ

विरामी भर्ना गरी जाँच गर्ने मेडिकल सञ्चालक पक्राउ

मन्त्रीबारे छलफल गर्दै माओवादी केन्द्र, यी नेताको सम्भावना

आज प्रधानमन्त्री प्रचण्ड चीनकाे छेन्दु जाँदै

आज विश्व मुटु दिवस : मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै

आज विश्व मुटु दिवस : मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै

एकदिवसीय विश्वकप अघिका अभ्यास खेल शुरु : पाकिस्तान र न्युजिल्यान्डबीचकाे आजकाे खेलमा दर्शक नहुने

एकदिवसीय विश्वकप अघिका अभ्यास खेल शुरु : पाकिस्तान र न्युजिल्यान्डबीचकाे आजकाे खेलमा दर्शक नहुने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज