Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मार्तडी-कोल्टी सडक अवरुद्ध

Author Avatar साझा न्यूज 12th July 2023 , 2:05 PM
मार्तडी-कोल्टी सडक अवरुद्ध

बाजुरा, आसर २७ गते । बर्खा सुरु भएसँगै बाजुराको मार्तडी-कोल्टी सडक अवरुद्ध बन्दै गएको छ । एक वर्ष पहिले कालोपत्रे हुनुपर्ने सो सडकको निर्माण कार्यमा ढिलाइ हुँदा बर्खाको सयममा अवरुद्ध बन्दै गएको हो ।

२०७८ सालको असारमै काम सम्पन्न गर्ने गरी २०७६ असारमा दुई वटा ठेकेदार कम्पनीले निर्माणको जिम्मा लिए पनि सो सडक अहिलेसम्म बनेको छैन । धुलिखेल ग्वाल्भा श्याम एण्ड शङ्कर प्रालि काठमाडौं र बाँनिया कोटेश्वर जे.बि प्रालि हेटौँडाले सडक निर्माण कार्यको जिम्मा लिए पनि सडक निर्माणको काम भने समयमै सम्पन्न गर्न नसकेपछि बर्खाको समय अवरुद्ध बन्दै गएको यहाँका स्थानीयवासी बताउँछन् ।

मार्तडी बसपार्कदेखि चुथीको झण्डै ९ किलोमिटर सडक कालोपत्रेका लागि २३ करोडमा धुलिखेल ग्वाल्भा श्याम एण्ड शङ्कर प्रालि काठमाडौं र चुथीदेखि ढम्कने झण्डै ६ किलोमिटर र ढम्केनेदेखि कोल्टीसम्मको २६ किलोमिटर सडक बाँनिया कोटेश्वर जे.बि प्रालि हेटौडाले ६२ करोडमा जिम्मा लिएको थियो ।

जिम्मा लिएको मिति समाप्त हुँदा पनि मार्तडी कोल्टी सडक निर्माण कार्य भने अझै सम्पन्न भएको छैन । ठेकदारको लापरबाहीले सो सडक निर्माणको काममा निकै ढिलाइ भएपछि मार्तडीदेखि कोल्टीसम्म जाने यात्रुलाई बर्खाको समय आवतजावतमा समस्या भएको छ । बूढीनन्दा नगरपालिका ७ का स्थानीय दान रोकायाले, लामो समयसम्म पनि सडक निर्माण कार्य सम्पन्न नहुँदा बर्खाको समय आवतजावतमा समस्या हुने गरेको बताउनुभयो ।

चुथीदेखि ढम्कने सम्मको ६ किलोमिटर सडकको कालोपत्रे काम २०७८ असारमै समाप्त गर्छु भनेर ठेका लिएका यज्ञ शाहीले तोकेको समयमै काम सम्पन्न नगरेपछि उहाँलाई  पुनः म्याद थपेको थियो । धुलिखेल ग्वाल्भा श्याम एण्ड शङ्कर प्रालि काठमाडौंले २०७९ असार मसान्तसम्म मार्तडीदेखि चुथीसम्मको ९ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा लिएको थियो।

धुलिखेल ग्याल्भा श्याम एण्ड शङ्कर प्रालिका काठमाडौंका प्रतिनिधि दीपेन्द्र शाहीले बर्खाको बेला काम गर्न समस्या भएको बताउनुभयो । उहाँले गत वर्ष २०७९ को असारसम्म काम सम्पन्न गर्ने गरी २०७६ कात्तिकमा कामको जिम्मा लिएको हो  ।

अहिले झण्डै ७५ प्रतिशत काम भइसकेको छ र बाँकी काम २०७९ को असार मसान्तसम्म नै सम्पन्न गर्ने उहाँले गतवर्ष नै जानकारी गराएको हो । हिउँदमा पोरखेलेखमा परेको बाक्लो हिम्पातका कारण बाटो अवरुद्ध भएपछि काम गर्न समस्या भएपछि काममा ढिलाइ भएको बानियाँ कोेटेश्वर जे.बि हेटौडा प्रालिका प्रतिनिधि विष्णु रावतले बताउनुभयो ।

मार्तडी कोल्टी सडक निर्माण कार्यका लागि तीन जनाले ठेका लिएको भए पनि सो सडकको कालोपत्रे नभएको स्थानीयले गुनासो गर्दै आएको छन् । मार्तडीको बसपार्कदेखि चुथीसम्मको ९ किलोमिटर कालोपत्रे गर्नका लागि ठेकेदार पदम खड्का र चुथीदेखि ढम्कनेसम्मको ६ किलोमिटर सडक कालोपत्रे गर्न यज्ञ शाही र ढम्कनेदेखि कोल्टीसम्मको २६ किलोमिटर सडक कालोपत्रे गर्न ठेकेदार इन्द्र बानियाँले जिम्मा लिएका छन् ।

मार्तडीदेखि कोल्टीसम्मको ४० किलोमिटर सडक कालोपत्रे गर्नका लागि ८५ करोडमा ठेक्का लिने ती दुई कम्पनीले २६ करोडभन्दा बढी पहिलो किस्ता भुक्तानी लिएका छन् । एक पटक उनीहरुलाई म्याद सकिएकोले पुनः म्याद नथपिने गरी काम जिम्मा लिएको म्यादमै काम सम्मपन्न गर्न निर्देशन दिँदै आएको सडक डिभिजन कार्यालय अछामका प्रमुख दिवस बस्नेतले बताउनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

भर्खरै प्रकाशित

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज