Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

स्थानीयद्वारा सडकमै धान रोपाइँ

Author Avatar साझा न्यूज 12th July 2023 , 2:23 PM
स्थानीयद्वारा सडकमै धान रोपाइँ

बिर्तामोड, असार २७ गते । ठेकेदार कम्पनीले समयमा बाटो नबनाएको भन्दै झापा बिर्तामोडका स्थानीयले सडकमै रोपाइँ गरेर बिरोध जनाएका छन् ।  ठेकेदारको लापरवाहीका कारण हिडडुलमै सास्ती भोग्नुपरेका स्थानीयको आरोप छ । बिर्तामोड नगर अस्पताल जाने सडकमा स्थानीयले धान रोपेका हुन् ।

बिर्तामोड –३ स्थित नगर अस्पताल जाने रंगशाला उन्नतिमार्गको सडक ठेकेदारको लापरवाहीका कारण अलपत्र परेर हिलाम्मे भएपछि स्थानीयले विरोधस्वरु सडकमै धान रोपेको बताएका छन् ।

कालोपत्रे र प्लमको ठेक्का लिएको ओमसाई निर्माण सेवाले ठेक्काको म्यादभित्र काम पूरा नगरेपछि अलपत्र बनेको सडकमा आवत–जावतका लागि निकै समस्या भएको स्थानीयको भनाइ छ । सेवाग्राही, स्वास्थ्यकर्मी र स्थानीयलाई सो बाटो भएर हिड्न कठिन भएको  बताएका छन् ।

मानिसहरु बीचबाटोबाट हिड्न नसकी प्लमबाट हिड्नुपर्ने बाध्यता भएको भन्दै स्थानीयले बिरोधस्वरुप सडकमै रोपाइँ गरेको बताएका छन् । बाटो अलपत्र पारेर छोड्दा सडकछेउको खाल्डोमा बालबालिका डुब्ने खतरा बढेको र   विद्यार्थी अस्पतालमा सेवा लिन आउने सेवाग्राहीलाई सास्ती भएकाले विरोधस्वरुप सडकमा धान रोप्नुपरेको स्थानीय छायाँ कडरियाले बताउनुभयो ।

४७१ मिटर लम्बाई र ८ मिटर चौडाई कालोपत्रे र प्लम निर्माण गर्न ओमसाई निर्माण सेवाका प्रोप्राइटर सिटौलाले ८२ लाख ८३ हजार ३४६ रुपियाँमा ठेक्का पारेको थियो । फागुन १५ गते ठेक्का सम्झौता भएको निर्माण कम्पनीले   असार ५ मा काम सक्नुपर्ने म्याद रहेको थियो । म्याद सकिए पनि निर्माण कार्य सम्पन्न नहुँदा सडक हिलाम्मे बनेको छ ।

म्याद सकिँदासम्म ठेकेदार कम्पनीले मुस्किलले प्लमको काम मात्र मुश्किलले सकेका छन् । कालोपत्रे गर्नुअघि ग्राभेलसम्म गर्न नसक्दा सडक पुरै हिलाम्मे भएको छ । मानिसहरु त्यस बाटोबाट हिड्न नसकी अन्यतिरबाट घुमेर अस्पताल जानेगरेका छन् ।

काममा निकै ढिलासुस्ती गरेपछि बिर्तामोड नगरपालिकाले ठेकेदार सिटौलालाई २ पटक लिखित चेतावनी दिइसकेको छ । ठेकेदारले अटेर गरेको बिर्तामोड वडा नम्बर ३ का वडा सदस्य हरि बाँस्कोटाले बताउनुभयो । नगर अस्पतालजस्तो संवेदनशील ठाउँमा जाने बाटो अलपत्र पारेर छाडेपछि बिरोधस्वरुप सडकमै रोपाइँ गर्नुपरेको स्थानीयको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

भर्खरै प्रकाशित

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज