Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सामान्य बन्दै नागरिकता लिनेको भीड

Author Avatar साझा न्यूज 12th July 2023 , 2:46 PM
सामान्य बन्दै नागरिकता लिनेको भीड

बाँके, असार २७ गते । जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिन थालिएपछि जिल्ला प्रशासनमा बढेको भीड सामान्य बन्दैगएको छ ।

असार १० गतेदेखि नागरिकता लिनेको भीडका कारण अन्य सेवा समेत प्रभावित भइरहेकोमा पछिल्लो समय अवस्था सामान्य बन्दैगएको सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जानकारी दिनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी केसीले भन्नुभयो, ‘सुरुवाती दिनमा एकसाथ सयौँ व्यक्ति आउँदा समग्र सेवा प्रवाहमा समस्या परेको थियो, अहिले भने यसरी नागरिकता बनाउन आउनेको सङ्ख्या कम भएको छ ।’

उहाँका अनुसार मङ्गलबारसम्म बाँकेमा जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय कोहलपुर र नरैनापुरबाट एक हजार ९१ जनाले यसरी नागरिकता प्राप्त गरेका छन् ।

असार १३ गते १११ जना, १४ गते १२९ जना, १८ गते १०८ जनाले यसरी नागरिकता लिएकोमा असार २२ गते यता भने नागरिकता लिन आउनेको सङ्ख्या कम छ । असार २२ गते ३३ जनाले नागरिकता लिए भने २४ गते ३८ जनाले लिएको तथ्याङ्क छ । प्रशासनले एक दिनमा एकसय जनाले नागरिकता लिन सक्ने गरी व्यवस्थापन गरेको छ ।

सुरुवातीमा अधिक चाप भएपछि प्रशासनले जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता वितरणका लागि अलग्गै इकाई बनाइएको भए पनि स्रोत साधन र जनशक्तिको अभावमा व्यवस्थापनमा समस्या परेको थियो । जसकाकारण स्थानीय तहअनुसार फरक–फरक दिन तोकिएको छ ।

प्रशासनमा पछिल्ला दिनमा भने भिडभाड कम हुनेगरेको छ । बाँकेमा आठ हजार बढीले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेको तथ्याङ्क छ । प्रशासनले जन्मसिद्धको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले वंशजको आधारमा नागरिकता प्राप्त गर्न अनुसूची –१ बमोजिमको सिफारिस, बुबा र आमाको सक्कल नेपाली नागरिकताको प्रमाणपत्र, जन्ममिति र जन्मस्थान खुल्ने सक्कल जन्मदर्ता प्रमाणपत्र माग गर्नेगरेको छ ।

यसैगरी सन्तानको आमाबुवाको नाममा भएको जग्गाधनी प्रमाणपत्र पुर्जा, बुबाआमा र सन्तानबीचको फोटोसहितको नाता प्रमाणित, शैक्षिक प्रमाणपत्र, घरधनी प्रमाण पुर्जा (नक्सा पास) वा अन्य सबुत प्रमाण, ठेगाना परिवर्तन गरी नागरिकता लिन चाहेमा उद्गमस्थान र गन्तव्य स्थानको बसाइसराई दर्ता प्रमाणपत्र, नेपालमा नै जन्म भई निरन्तर नेपालमा बसोबास गरेको भनी स्थानीय तहले गरिदिएको स्थायी बसोबास प्रमाणित पत्र, पारिवारिक विवरण, बाबुआमा बीचको विवाहदर्ता, बाबुआमामध्ये कोही वा दुवैको मृत्यु भएको हकमा मृत्यु दर्ता प्रमाणपत्र आवश्यक पर्ने प्रशासनले जनाएको छ ।

यसैगरी अन्य तोकिएको कागजात, स्थायी लेखा नम्बर, व्यवसाय दर्ता प्रमाणपत्र, वि.सं. २०६३ को टोलीले नाबालक दर्ता गरेको भए सोको निस्सा माग गरिएको छ । प्रशासन कार्यालयबाट आवश्यकताअनुसार स्थलगत प्रहरी सर्जमिन मुचुल्का समेत गर्न सकिने हुँदा सो ब्यहोरालाई पुष्टि गर्ने अन्य कागजात समेत ल्याउन प्रशासनले सार्वजनिक सूचना जारी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

भर्खरै प्रकाशित

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज