Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भेरी अस्पतालमा एक वर्षमा दुई लाखले लिए सेवा

Author Avatar साझा न्यूज 19th July 2023 , 11:11 AM
भेरी अस्पतालमा एक वर्षमा दुई लाखले लिए सेवा

बाँके, साउन ३ गते । भेरी अस्पताल नेपालगञ्जमा सेवा लिने विरामीहरुको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । अस्पतालको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/८० मा एक लाख ८० हजार ४३२ ले अस्पतालबाट विभिन्न खालको सेवा लिएका छन् । जसमध्ये एक लाख ४० हजार ७३३ जनाले बहिरङ्ग सेवा लिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.बद्री चापागाईले जानकारी दिनुभयो ।

प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चापागाईले भन्नुभयो, ‘‘भेरी अस्पतालप्रति विरामी र आफन्तको जनविश्वास बढिरहेको छ, कोभिडको समयमा प्रदान गरिएको सेवा सुविधापछि अस्पतालप्रतिको जनविश्वास बढेको पाइएको हो ।’’

बहिरङ्ग लगायतका अन्य सेवा लिनेको सङ्ख्या बढेपनि अन्तरङ्ग सेवा शय्याका कारण सिमित हुने गरेको अस्पतालले जनाएको छ । अस्पतालको तथ्याङ्क अनुसार सम्पूर्ण सेवा लिएकामध्ये करिब २५ प्रतिशत अर्थात्  ४६ हजार ६३२ जनाले बीमा  सेवा लिएका छन् भने आपतकालीन सेवा २८ हजार ५७२ जनाले प्राप्त गरेका छन् ।

पाँच हजार ५९६ जनाले शल्यक्रियामार्फत र सामान्य तीन हजार ९९० जनाले प्रसुती सेवा लिएको अस्पतालले जनाएको छ । भेरी अस्पतालले मेडिसिन, सर्जरी, प्रसुती, बाल उपचार, नाक, कान, घाँटी, छाला, हड्डी, दाँत, मानसिक र न्यूरोलगायतका उपचार सेवा प्रदान गर्दै आएको छ ।

विभिन्न जटिल खालका शल्यक्रिया समेत यहाँ हुँदै आएको छ । यस अस्पतालमा लुम्बिनीसहित कर्णाली र सुदूरपश्चिम प्रदेश तथा छिमेकी मुलुक भारतको उत्तरप्रदेशबाट समेत विरामीहरु सेवा लिन आउने गरेको अस्पतालले जनाएको छ ।

विरामीको चापलाई मध्यनजर गर्दै भेरीमा अत्याधुनिक ओपिडी भवन निर्माण गरिएको छ । नयाँ भवन निर्माण कार्य जारी रहेपनि इमरजेन्सी कक्ष सञ्चालन भइसकेको छ । १५० शय्याको हालको अस्पताल स्तरउन्नती भई ३५० शय्याको पुर्‍याउने तयारी गरिएको छ । नयाँ भवन निर्माण भए पनि पुरानो भवन जीर्ण भएका कारण थप भवन निर्माणका लागि माग गरिएको छ । भेरीमा बढ्दो विरामीको चापसहित जनशक्ति थप गर्नुपर्ने आवश्यकता देखिएको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

भर्खरै प्रकाशित

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज