Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नागरिकता बनाउनेभन्दा राहदानी बनाउने धेरै

Author Avatar साझा न्यूज 19th July 2023 , 4:58 PM
नागरिकता बनाउनेभन्दा राहदानी बनाउने धेरै

कावासोती ,साउन ३ गते । पूर्वी नवलपरासीबाट वैदेशिक रोजगारमा जानेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरका अनुसार यहाँ नागरिकताभन्दा राहदानी बनाउनेको भिड छ । गत आवमा नागरिकताको तुलनामा राहदानी लिनेको सङ्ख्या झन्डै दोब्बर छ ।

नवलपुरमा चालु आर्थिक वर्षको हालसम्म २४ हजार १ सय १४ जनाले राहदानी (पासपोर्ट) बनाएका छन् । नवलपुरबाट यस आर्थिक वर्षमा पाँच सय ८२ महिला सहित २३ हजार ५ सय ३२ जना वैदेशिक रोजगारका लागि राहदानी बनाएका छन् । यस्तै आ.वमा १८ हजार ३ सय ६० जनाले नेपाली नागरिकता र १३ हजार ९ सय २८ जनाले नागरिकताको प्रतिलिपी लिएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनुभयो ।

छोराछोरी विदेश भएकाको आमा छोराछोरी भेट्न जाने, उच्च शिक्षा अध्ययन गर्न जाने युवतीहरू, श्रीमान् विदेशमा हुनेको श्रीमती श्रीमान् भेटघाटका लागि जानका लागि पनि राहदानी बनाउन आउने गरेको कारण पनि राहदानी लिन आउनेको सङ्ख्यामा वृद्धि हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी सुवास लामिछानेले बताउनुभयो  ।

जिल्लाको कावासोती, गैँडाकोट, मध्येविन्दु र विनयी त्रिवेणी पालिकासँगको सहकार्यमा हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ)ले सुरक्षित आप्रवासन (सामी) मार्फत् कार्यक्रम सञ्चालन गरिरहेको छ । जिल्लाबाट पासपोर्ट बनाउनेलाई अनिवार्य रुपमा सूचना प्रदान गर्ने गरिएको छ ।

जिल्लामा सञ्चालित कार्यक्रम मार्फत् सूचनामा पहुँच, न्यायमा पहुँच, सीप विकास तालिम, मनोसामाजिक परामर्श र वित्तिय साक्षरताका क्षेत्रमा रहेका काम गर्ने गरिएको परामर्शकर्ता रन्जना लम्सालले बताउनुभयो ।

राहदानी लिनेको सङ्ख्या बढेसँगै राजस्व सङ्कलनमा पनि वृद्धि आएको छ । राहदानी दस्तुरबाट वार्षिक करोडौँ रुपियाँ राजस्व सङ्कलन हुने गरेको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरले एक वर्षमा राहदानी वितरण बाट १० करोड बढी राजस्व सङ्कलन गरेको छ ।

त्यसैगरी, संस्था दर्ता नविकरणबाट ११ लाख ४१ हजार ७ सय, दण्ड जरिवानाबाट २८ लाख ४४ हजार ६ सय ७, सरकारी सम्पती विक्रीबाट ४ लाख र परिक्षा शुल्कबाट ७ हजार गरेर एक वर्षमा कुल ११ करोड ५७ लाख ११ हजार ४ सय ७७ राजस्व सङ्कलन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

भर्खरै प्रकाशित

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज