Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तरकारी थोकबजारका लागि बनेको संरचना उपयोगबिहीन

Author Avatar साझा न्यूज 20th July 2023 , 3:17 PM
तरकारी थोकबजारका लागि बनेको संरचना उपयोगबिहीन

विराटनगर, साउन ४ गते । सुनसरी र मोरङका किसानहरुले उत्पादन गरेको तरकारीको थोक बिक्री गर्ने उद्देश्यले चार वर्षअघि निर्माण गरिएको आधुनिक बिक्रीस्थल उद्देश्यअनुसार सञ्चालन नहुँदा साप्ताहिक हाट (हटिया) लाग्ने स्थलमा परिणत भएको छ ।

सरकारले फलपूmल तथा तरकारीबजार सञ्चालनमा गम्भीरता नदेखाएको र स्थानीय व्यापारीहरुको विश्वास आर्जन गर्नेगरी पहल नगरेका कारण करोडौं लगानी गरेर निर्माण गरेको थोक बजार उपयोगविहीन छ । बजारमा थोक व्यापारीहरु आउन नमानेपछि किसानले पनि आफ्नो उत्पादन अन्यत्रै लगेर बेचिरहेका छन् ।

संघीय सरकार कृषि मन्त्रालयको करिब १५ करोड रुपियाँ बजेट खर्चमा व्यवस्थित र आधुनिक बजार निर्माण गरेको थियो । सो कटहरी फलपूmल तथा तरकारी थोक बजार चार वर्ष अगाडि पूर्व प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्नुभएको थियो ।

उद्घाटनपछिको चार वर्षसम्म सो बजार सञ्चालनमा आउन सकेन । लामो समयदेखि उपयोगविहीन बनेको उक्त संरचनामा बुधबार कटहरी गाउँपालिकाले साप्ताहिक हाटबजार (हटिया) लगाएको छ । यद्यपि व्यवसायीहरुले अपायक हुने भन्दै त्यसस्थानमा हटिया लगाउन मानेका छैनन् ।

गाउँपालिकाले बुधबार पुरानो ठाउँ (कटहरी २) मा लाग्दैआएको बुधहटिया त्यस ठाउँमा लगाउन नदिने भनी फलपूmल तथा तरकारी थोक बजारमा हटिया लगाउने निर्णय कार्यान्वयन गर्न खोज्दा स्थानीय हटिया व्यापारीसँग झडप हुने अवस्था उत्पन्न भयो । हाटबजारमा पसल थाप्नेहरुले पुरानै ठाउँमा पसल राखेका थिए ।

त्यसलाई सुरक्षाकर्मीले हटाएको थियो । सुरक्षाकर्मी र पसलेबीच दिनभर तनाव भयो, तर दुबैतिर हटिया लागेन । हटियामा पसल चलाउनेले नयाँ ठाउँमा व्यापार नचल्ने भन्दै त्यहाँ नजाने अडानमा छन् ।

विगत ३० वर्षदेखि हाट खोलामा लाग्ने बुधबारको हटियामा सामान बेच्दै आउनुभएकी गीता मुखिया हटिया लगाउन नपाउँदा दुःख लागेको बताउनुभयो । ‘ग्राहक यता आउँछन्, त्यस्तो अपायक ठाउँमा गएर कसलाई सामान बेच्नु ?’ उहाँले भन्नुभयो । हटियामै पसल थापेर घर चलाउँदै आउनुभएकी विराटनगर –८ कि मिनादेवी सहनीले हटिया सार्ने विषयमा सरोकारवालासँग कुनै सल्लाह नगरिएको र नयाँ ठाउँमा हटिया लगाउन नसक्ने बताउनुभयो ।

कटहरी –२ स्थित जमटोकी भन्ने ठाउँमा थोक बजार निर्माण गरिएको छ । बस्तीका हिसाबले त्यति पायक नपर्ने भएकाले खुद्रा बजार त्यहाँ सञ्चालन गर्ने उद्देश्य नराखिएको हो । यसअघि विराटनगरका खुद्रा तरकारीबजार त्यहाँ सार्न खोज्दा व्यापारीले अस्वीकार गरेर बरु विराटनगरको बसपार्क क्षेत्रमा नयाँ तरकारी बजार तयार पारेर पुरानो ठाउँ छोडेका थिए ।

अहिले पनि थोकबजारलाई उद्देश्यअनुरुप सञ्चालन गर्ने पहल गर्नुको साटो साप्ताहिक हटिया लगाउन खोज्दा कटहरी गाउँपालिका सफल हुन सकेको छैन । कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले सार्वजनिक सडक नजिक हटिया लगाउँदा आवतजावतमा समस्या भएको बताउनुभयो ।

तरकारी बजार राख्नकै लागि सरकारले करोडौं खर्च गरेर बनाएको व्यवस्थित संरचना उपयोग गर्नेगरी साप्ताहिक बजार त्यसै ठाउँमा सञ्चालन गर्न खोजिएको उहाँको भनाइ छ । उहाँले पहिलो चरणमा सातामा दुई दिन, त्यसपछि तीन दिन र पछि सातै दिन त्यस ठाउँमा हटिया लगाएर संरचनाको उपयोग गर्ने योजना गाउँपालिकाले बनाएको जानकारी दिनुभयो ।

तरकारी बजार चार वर्षअघि २०७५ चैत ३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । त्यहाँ ५ बिघा दुई धुर क्षेत्रफलमा थोक तथा खुद्रा बजारका लागि आवश्यक पर्ने व्यवस्थित संरचना निर्माण गरिएका छन् । जसमा प्रशासनिक भवन,  ३२ वटा थोक तरकारी तथा फलपूmल पसल र ३२ वटै खुद्रा पसलका स्टलहरु राख्न मिल्नेगरी संरचना, गोदाम घर, बैंक घर र सुरक्षाकर्मीका लागि आवश्यक संरचना निर्माण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

भर्खरै प्रकाशित

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज