सप्तरी, साउन ४ गते । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायणसिहं अस्पतालको समाजिक सेवा इकाईबाट एक वर्षमा दुई हजार ८ सय जना लाभान्वित भएका छन् । सामाजिक सेवा इकाईले आर्थिक वर्ष २०७९/०८० को बार्षिक प्रगति प्रतिवेदनमार्फत् उक्त जानकारी दिएको हो ।
यसरी लाभान्वित हुनेमा गरिब एक हजार ९ सय ५६ जना, असाहाय २७ जना, शाररिक अशक्त भएका व्यक्ति २२ जना, ७ सय ५३ जना जेष्ठ नागरिक र अन्य ४२ जना रहेका छन् । उनीहरूले उपचारको क्रममा जाँच, औषधि तथा बेड चार्ज लगायतकामा पूर्ण वा आशिंक छुट पाएका छन् । उक्त तथ्याङ्क आ.व.२०७९/०८० साउन १ देखि आषाढ मसान्तसम्मको रहेको जनाइएको छ ।
सामाजिक सेवा इकाईका प्रमुख सुर्यकान्त झाले यस इकाई अन्तर्गत गरिब, विपन्न, अति विपन्न, असाहाय, जेष्ठ नागरिक, पीडित लगायतका व्यक्तिहरुलाई सेवा प्रदान गर्ने गरिएको बताउनुभयो। ‘गरिब, विपन्न, अति विपन्न, असाहाय, जेष्ठ नागरिक जस्ता एघार किसिमको मापदण्डमा पर्ने बिरामीलाई सेवा प्रदान गरिएको बताउनुभयो । उहाँले अवस्था र आवश्यकता हेरेर उपचार, चेकजाँच र औषधिमा पूर्ण वा आशिंक गरी २४ लाख ८४ हजार ५सय ४१ रुपैयााको छुट दिएको जानकारी दिनुभयो ।
















































