Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

स्थान बताउने जिपिएस

Author Avatar साझा न्यूज 21st July 2023 , 10:33 AM
स्थान बताउने जिपिएस

विभिन्न समाचारको भिडमा यो एक सकारात्मक समाचार थियो। यसले धेरै पाठकको ध्यान तान्यो। धनगढी उप–महानगरपालिकाले फोहोर सङ्कलन गर्ने गाडीमा जिपिएस प्रणाली जडान ग-यो। जसबाट नगरवासीले फोहोर बोक्ने गाडी आफ्नो घरनजिक आइपुगेको आफ्नै मोबाइल फोनबाटै थाहा पाउने भए। कुरो निकै सामान्य थियो तर यो त्यहाँका मानिसको दैनिकीसँग जिपिएस प्रविधि जोडिएकाले निकै महत्वपूर्ण भयो।

जिपिएसको प्रयोग आधुनिक जीवनको अभिन्न माध्यम भइसकेको छ। नौलो स्थानमा नयाँ ठाउँ खोज्न होस् वा कुनै पसल नै भेट्न होस्, अहिले सबैले मोबाइल फोन डिभाइसमा म्याप खोलेर आफू कहाँ छु, अनि कसरी गन्तव्यमा पुग्न सक्छु भनेर हेर्न सकिन्छ। प्रविधिमा अभ्यस्त भएका पुस्तामा म्याप नहेरी हिँड्ने को होलान् र ? अझ भनौँ सहरका नयाँ ठाउँमा जान, घुम्दा घुम्दै हराएको ठाउँबाट आफू बस्ने वा थाहा भएको ठाउँमा पुग्न जिपिएस नभई नहुने माध्यम बनिसकेको छ।

निजी तथा सार्वजनिक यातायातमा होस् वा विद्यालयको सवारीसाधनमा होस् अहिले जिपिएस प्रविधि आधुनिक समाजलाई नभई नहुने प्रविधि भएको छ। अहिले नेपालमा जिपिएसको व्यापक प्रयोग भइरहेको छ। विश्वका ठुला सहरमा यस प्रविधिको उपयोग गरेर सवारीसाधनले यात्रुलाई छिटो र छरितो सेवा दिइरहेका छन्। नेपालमा समेत निजी तथा अन्य सवारी सेवा प्रदायक निकायले काठमाडौँलगायत ठूला सहरमा यस्तो सेवा दिइरहेको देखिन्छ।

यस्तो सेवा प्राप्त गर्न सार्वजनिक सवारी होस् वा राइड सेयरिङ सेवा प्रदायक निकाय हुन्, यिनीहरूले आफ्नो सेवाका बारेमा विभिन्न माध्यम वा एपबाट जानकारी दिने गर्छन्। साथै प्रयोगकर्ता तथा सेवा प्रदायकले विभिन्न मोबाइल फोन एपको प्रयोगले आफूलाई चाहिने सेवा सर्च गरेर तत्काल अर्डर लिन र दिन सक्ने भएका छन्। यसरी अर्डर दिनासाथ जिपिएसको सहायताले ती सवारीसाधन प्रयोगकर्ता वा सेवा प्रयोगकर्ता रहेको स्थानमा आइपुग्छन् र जाने ठाउँको अवस्थिति तय गरेर सिधै सम्बन्धित स्थानमा पु-याइदिने गरेका छन्। नेपालमा फुड डेलिभरी होस् वा राइड सेयरिङ सेवा होस् सबैलाई जोड्ने एक सशक्त माध्यम जिपिएस भएको छ।

हाम्रो दैनिकीलाई सहज बनाउने जिपिएसले कसरी काम गर्छ ? यसले कसरी हामीलाई निश्चित ठाउँका बारेमा सही जानकारी दिन्छ ?, यस बारेमा जानौँ।

ग्लोबल पोजिसन सिस्टम (जिपिएस) ले चौबिसै घण्टा भू–उपग्रहबाट सूचना लिएर स्थानको सङ्केत गर्दै तथ्याङ्क दिने काम गर्छ। अमेरिकाले आफ्नो सैन्य प्रयोगका लागि जिपिएस प्रविधिको विकास गरेको थियो। अघिल्लो नेभिगेसन प्रणालीको कमजोरी र सीमिततालाई हटाउन जिपिएस परियोजना अमेरिकामा सन् १९७३ मा सुरु गरिएको थियो।

अमेरिकाको रक्षा विभागले यो प्रणाली विकास गरेको हो। विभागले जिपिएस पूर्ण रूपमा सन् १९९५ मा सञ्चालनमा ल्यायो र सुरुवाती चरणमा २४ वटा स्याटेलाइटको प्रयोग गरेको थियो। सन् १९८० को दशकबाट आमनागरिकलाई जिपिएस प्रयोगको अनुमति दिइयो।

जिपिएस स्याटेलाइटले निरन्तर रेडियो सिग्नल पृथ्वीतर्फ प्रसारण गरिरहेका हुन्छन्। जिपिएस स्याटेलाइट सधैँ पृथ्वीको कक्षमा घुमिरहन्छन्। उनीहरूले निरन्तर सही लोकेसनको डाटा पृथ्वीतर्फ प्रसारण गरिरहेका हुन्छन्। पृथ्वीको कुनै पनि बिन्दुबाट आकाशमा चार वटा स्याटेलाइट देखिने गरी स्याटेलाइटलाई कक्षमा व्यवस्थित गरिएको हुन्छ।

मोबाइल डिभाइसमा रहेको जिपिएसले कुनै पनि ठाउँको सही स्थान थाहा पाउन चार वटा स्याटेलाइट देखिनु पर्छ। यदि कुनै स्थानबाट चार वटा स्याटेलाइट देखिएन भने त्यो ठाउँको सही लोकेसन वा डाटा निकाल्न गाह्रो हुन्छ। जिपिएस भएको कुनै पनि उपकरणले वास्तवमा आफ्नोे स्थान निर्धारण गर्न स्याटेलाइटले पठाएको रेडियो सङ्केत निरन्तर ग्रहण गरिरहेको हुन्छ, जुन यी स्याटेलाइटबाट सधैँ एकनासले प्रसारण भइरहेको हुन्छ। अनि मोबाइल डिभाइसको जिपिएस खोलेको एकै छिनमा तपाईंले आफ्नो स्थान देख्न सक्नु हुन्छ।

जिपिएसले जस्तोसुकै समय र मौसममा पनि काम गर्छ। यो उपकरण जल, स्थल र हवाई यात्राका लागि उपयोगी हुन्छ। यसको अनेक प्रयोग छन्। जिपिएसमार्फत हामीले स्थान वा अवस्थिति पहिचान गर्न, नेभिगेसन अर्थात् एक स्थानबाट अर्को स्थानमा जान वा पुग्न, कुनै वस्तु वा व्यक्तिलाई अनुगमन गर्न, नक्सा तयार गर्न, वास्तविक समय मापन गर्नलगायतका कामका लागि प्रयोग गर्न सक्छौँ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

भर्खरै प्रकाशित

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज