Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राजमार्ग क्षेत्रलाई पूर्ण दूरसञ्चारयुक्त बनाउने तयारी छः सञ्चारमन्त्री शर्मा

Author Avatar साझा न्यूज 21st July 2023 , 4:05 PM
राजमार्ग क्षेत्रलाई पूर्ण दूरसञ्चारयुक्त बनाउने तयारी छः सञ्चारमन्त्री शर्मा

जनकपुर, साउन ५ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सबै राजमार्ग क्षेत्रलाई पूर्ण दूरसञ्चारयुक्त बनाउने गरी तयारी भइरहेको बताउनुभएको छ। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, मधेश प्रदेशले जनकपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजमार्ग क्षेत्रमा आवागमन गर्ने यात्रुका लागि सूचना सञ्चारको आवश्यकता धेरै नै हुने भएकाले सबै राजमार्ग क्षेत्रलाई पूर्ण दूरसञ्चारयुक्त बनाउनुपर्ने बताउनुभएको हो।

राजमार्ग क्षेत्रमा दुर्घटना, गम्भीर बिरामीको आवागमन, जङ्गली जनावरको आक्रमणलगायतका आकस्मिक घटना हुने भएकाले पनि राजमार्ग क्षेत्रलाई पूर्ण दूरसञ्चारयुक्त बनाउनुपर्ने आवश्यक रहेको मन्त्री शर्माले स्पष्ट गर्नुभयो।

राजमार्ग क्षेत्रमा दैनिक लाखौं यात्रुको आवागमन हुने भएकाले उनीहरुले फोन र इन्टरनेट प्रयोग गर्दा दूरसञ्चारको कारोबार पनि बढी हुने भएकाले व्यापारिक दृष्टिकोणबाट पनि दूरसञ्चार सेवा बढाउनुपर्ने आवश्यकता देखिएको उहाँले स्पष्ट गर्नुभयो।

मन्त्री शर्माले चालु आर्थिक वर्षमा हरेक प्रदेशका दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त बनाउने तयारी गरेको पनि जानकारी दिनुभयो। सीमा क्षेत्रमा नेपाली नेटवर्कको समस्या देखिएको गुनासो आएकाले आवश्यक अनुगमन गरी सेवा विस्तारका लागि विशेष योजना बनाउन पनि उहाँले टेलिकम प्रादेशिक निर्देशनालयका अधिकारीलाई आग्रह गर्नुभयो।

नेपाल टेलिकमको गुणस्तर राम्रो भए पनि सेवाग्राहीको गुनासो व्यवस्थापनमा कमजोरी रहेको औल्याउँदै उहाँले अब कति दिनमा होइन, कति घण्टा सेवा दिन सकिन्छ भनेर योजना बनाउनुपर्ने बताउनुभयो। नयाँ सेवाका लागि वा चालु सेवा अवरुद्ध भएको केही घण्टाभित्रै सेवा सुचारु गर्ने गरी कार्यक्रम बनाउन टेलिकमलाई आग्रह गर्दै मन्त्री शर्माले त्यसका लागि तीन सिफ्ट गरेर भए पनि चौबीसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने बताउनुभयो। त्यस्तै पूर्व सूचनाबिना सेवा नरोक्न पनि उहाँले आग्रह गर्नुभयो।

चालु आर्थिक वर्षभित्र सबै वडा तहमा गुणस्तरीय इन्टरनेट सेवा पुर्‍याउने लक्ष्य लिएको जानकारी दिंदै उहाँले यसका लागि नेपाल दूरसञ्चार प्राधिकरण अन्तर्गतको ग्रामीण दूरसञ्चार कोषको उपयोग गरी सेवा विस्तार गर्नेतर्फ पनि ध्यान दिन टेलिकमलाई आग्रह गर्नुभयो।

कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रमा व्यापक सुधार गर्न सञ्चार तथा सूचना प्रविधिको प्रयोग बढाउँदै लैजानुपर्नेमा जोड दिँदै उहाँले नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्कमार्फत सबै क्षेत्रमा सूचना प्रविधिको पहुँच विस्तार गर्ने नीति लिएको जानकारी दिनुभयो। यसका लागि सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्य आवश्यक रहेकोमा जोड दिँदै मन्त्री शर्माले साइबर सुरक्षा र साइबर सचेतनालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।

एकातिर सूचना प्रविधिको प्रयोग बढाउनुपर्ने आवश्यकता रहेको र अर्कोतिर त्यसको दुरुपयोग हुन नदिन पनि उत्तिकै आवश्यक रहेकोमा जोड दिँदै उहाँले विश्वमा विकास भइरहेका नवीनता प्रविधिको प्रयोगमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउन तीनै तहका सरकारले ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो।

सूचना प्रविधि सेवा नपुगेका ठाउँमा जसरी पनि पुर्याउने र पुगेका ठाउँमा सबै जनताले सूचना प्रविधिको प्रयोग गर्नसक्ने बनाउनु सरकारको प्राथमिक लक्ष्य रहेको स्पष्ट गर्दै मन्त्री शर्माले त्यसका लागि देशका सबै ठाउँमा टेलिफोन र इन्टरनेट सेवा पुर्याउने कार्यक्रम प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभयो।

नेपालमा अझै धेरै जनताको सूचना प्रविधिमा पहुँच स्थापित हुन नसकिरहेको स्पष्ट गर्दै मन्त्री शर्माले अहिलेसम्म टेलिफोन इन्टरनेट प्रयोग गर्न नसक्ने र नजान्ने व्यक्तिको पहिचान गरेर निःशुल्क सेवा उपलब्ध गराएर उनीहरुको जीवनस्तरमा परिवर्तन ल्याउने कार्यक्रम बनाउन नेपाल टेलिकमलाई आग्रह गर्नुभयो।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, मधेश प्रदेशका प्रमुख अमुल प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेशका पर्यटनमन्त्री सुनिता यादव, प्रदेशसभा सदस्य, टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, दूरसञ्चार प्राधिकरणका निर्देशक अर्जुन घिमिरे, विभिन्न स्थानीय तहका प्रमुखलगायतले बोल्नुभएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

भर्खरै प्रकाशित

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज