Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रेस युनियन गुल्मीमा विवाद, वैकल्पिक समिति घोषणा

Author Avatar साझा न्यूज 21st July 2023 , 4:25 PM
प्रेस युनियन गुल्मीमा विवाद, वैकल्पिक समिति घोषणा

तम्घास, साउन ५ गते । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिब लम्सालले घोषणा गरेको समूहलाई अस्वीकार गर्दै गुल्मी कार्य समितिविरुद्ध असन्तुष्ट बहुमत सदस्यले अर्को कार्यसमिति घोषणा गरेका छन् ।

बिहीबार नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष लम्साल आफैले अध्यक्षमा रेशम कुवंरलाई निरन्तरता दिदै सर्वसम्मत नेतृत्वको चयन गर्नुभएको थियो । केन्द्रीय प्रतिनिधि प्रेमनारायण आचार्यले हस्ताक्षर गरेको कार्य समितिको नामवली सार्वजनिक भएको थियो । तर, युनियनका ३८ जना सदस्यले अधिवेशन बहिष्कार गरेर अर्को समिति घोषणा गरेका छन् ।

संगठनको बिधान बाहिर गएर मनोनयन र छलफल नगरेर निर्वाचन समितिलाई समेत लत्याएर केन्द्रीय अध्यक्ष लम्सालको ठाडो हस्तक्षेप आफुलाई मान्य नहुने अध्यक्ष पदका उमेद्वार सुमन महताराले बताउनुभयो ।

जिल्लामा ५९ जना सदस्यमध्ये ३८ जना सदस्यको बिहान बसेको बैठकले सुमन महतरा अध्यक्ष रहेको १८ सदस्यीय नयाँ नेतृत्व गठन गरेको छ । उनीहरुले एकलौटी टाँसिएका १९ जनामध्ये १६ जना असन्तुष्ट रहेकाले आउने अर्को अधिवेशनसम्मका लागि कार्यसमिति सुन्य हुन नदिन समिति गठन गरिएको महताराले बताउनुभयो ।

असन्तुष्ट पक्षले निर्वाचन समितिमार्फत केन्द्रमा निर्णय सच्याएर पुनः अधिवेशनको माग गरेका छन् । उनीहरुले पुनः निर्वाचन प्रक्रिया अगाडि नबढाएर बिद्रोह गर्ने चेतावनी दिएका छन् ।

असन्तुष्ट पक्षले घोषणा गरेको कार्यसमितिमा सुमन महतारा अध्यक्ष, उपाध्यक्षमा प्रकाश घिमिरे र दीपक नेपाली, सचिबमा सागर भण्डारी, सहसचिबमा चन्द्रकला राना र अनिल खत्री, कोषाध्यक्षमा नवीन कार्की रहनुभएको छ । यस्तै, सदस्यमा भुवन भुसाल, अनिष पन्थी, भुवन काफले, पूजा बिश्वकर्मा, करिष्मा अर्याल, माधव खरेल, कबिराज भुसाल, मोहन गौतम, सुरज कार्की, दधिराम भुसाल, रमेश पन्थी रहेको सचिब सागर भण्डारी रहनुभएको छ ।

केन्द्रीय प्रतिनिधि प्रेमनारायण आचार्यले जारी गरेको निर्वाचितको विवरणअनुसार १९ जनाको कार्यसमितिमध्ये अध्यक्ष रेशम कुवर, उपाध्यक्ष रमेश विश्वकर्मा र सदस्य मनु सुनार बाहेक उपाध्यक्ष दिपक नेपाली, सचिव सुमन महतारा, सहसचिव सन्तोष महतारा र चन्द्रकला राना, कोषाध्यक्ष नविन कार्कीसहितका १६ जनाले असहमति राखेका छन् ।

नेपाल प्रेस युनियनका केन्द्रीय प्रतिनिधि प्रेमनारायण आचार्यले केन्द्रीय अध्यक्षकै उपस्थितिमा भएको निर्णय सच्चिने सम्भावना कम रहेको बताउनुभयो । उहाँले सहमतिकै आधारमा समिति निर्माण गरिएको दाबी गर्नुभयो ।

नेपाल प्रेस युनियनको नवौं जिल्ला अधिवेशन निर्वाचन समितिका संयोजक अधिवक्ता भिम न्यौपानेले केन्द्रले हस्तक्षेप गरेपछि असहमतिबीच आफुले काम गर्न नसकेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

भर्खरै प्रकाशित

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज