कपिलवस्तु, ६ साउन ४१ औं बिपी स्मृती दिवशको अवसरमा नेपाली काँग्रेस पार्टीले जिल्लाभर बृक्षारोपणको कार्यक्रम गरेको छ । क्षेत्रिय समिति क्षेत्र नम्बर २ को आयोजनामा बुद्धभुमी नगरपालिका वडा नम्बर ४ स्थित नेपाल राष्टिय माध्यमिक बिद्यालय मोर्मामा बृक्षारोपण गरिएको हो ।
बिद्यालयमा बिभिन्न जातका ५० वटा बिरुवा रोपिएको हो । क्षेत्रिय सभापति केशव कुमार श्रेष्ठको सभापतित्व, काँग्रेस लुम्बिनी प्रदेश सदस्य रोमलाल खनालकाे प्रमुख अतिथ्यता र क्षेत्रिय सहसचिव कृष्ण बन्जाडेको सञ्चालनमा सम्पन्न बृक्षारोपण कार्यक्रममा महाधिबेशन प्रतिनिधी तथा महिला संघ कपिलवस्तु अध्यक्ष मिना केसी, कपिलदेव तिवारी, जिल्ला सदस्य सिता न्यौपाने र नारायण भुसाल तथा बुद्धभुमी नगर सभापति माधव दमासे बृक्षारोपण सहभागी भएका थिए ।
सो अवसरमा बोल्दै क्षेत्रिय सभापति श्रेष्ठले बिपीको बिचार अहिलेको सान्दर्भिकताले उनको बिचारलाई हरेका काँग्रेसका नेता कार्यकर्ता व्यवहारमा उतारर्नु पर्नेमा जोड दिए ।