Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नेपालगञ्जमा मिर्गौलाको ‘बायोप्सी’ सेवा सुरु

Author Avatar साझा न्यूज 23rd July 2023 , 12:42 PM
नेपालगञ्जमा मिर्गौलाको ‘बायोप्सी’ सेवा सुरु

नेपालगञ्ज, साउन ७ गते । पश्चिम नेपालमै पहिलो पटक नेपालगञ्जमा मिर्गौला सम्बन्धी रोगको विस्तृत जानकारी पाउने रेनल बायोप्सी सेवा सुरु गरिएको छ । मिर्गौलाका बिरामीको उपचार गर्दै आएको नेपालगञ्जस्थित लाइफलाइन जनरल अस्पतालमा सो सेवा सुरु गरिएको हो ।

लाइफलाइन जनरल अस्पताल नेपालगञ्जका प्रमुख मिर्गौला रोग विशेषज्ञ डा. पारस श्रेष्ठका अनुसार बुटवलदेखि पश्चिममा पहिलो पटक नेपालगञ्जमा मात्र मृगौलाका बिरामीको उपचारमा थप सहजता ल्याउन यो सेवा सुरु गरिएको हो । उहाँले हालसम्म यो सेवा नेपालगञ्ज लगायत यस क्षेत्रका अन्य कुनैपनि अस्पतालमा नरहेको जनाउँदै यो सेवाबाट मिर्गौलामा भएको समस्या, सो को निदान र उपचार गर्न आवश्यक जानकारी प्राप्त हुने बताउनुभयो ।

मृगौला रोग विशेषज्ञ डा. श्रेष्ठले पिसाबबाट धेरै प्रोटिन जानु, कम उमेरमै मिर्गौलामा समस्या देखिनु लगायत मिर्गौला सम्बन्धि अन्य विभिन्न समस्याहरुको कारण बायोप्सी सेवाबाट थाहा हुने बताउनुभयो।

यो सेवा अन्तर्गत मिर्गौलाको सानो टुक्रालाई शरिरबाट निकालेर जाँचका लागि बाहिर ल्याबमा पठाइने र रिपोर्ट आएपछि उपचार सुरु गरिने गरिन्छ । लाइफलाइन जनरल अस्पतालका अनुसार नेपालगञ्जबाट गरिएको बायोप्सीको जाँच भारतको नयाँ दिल्लीस्थित लाल प्याथ ल्याबमा पठाएर गराउने गरिएको छ । त्यसको रिपोर्ट आउन १४ दिन लाग्ने गरेको छ ।

अस्पतालका प्रमुख डा. श्रेष्ठले हालसम्म बर्दियाका दुई र बाँकेका दुई गरेर चारजनाको बायोप्सी गरिएको जनाउँदै जाँचका लागि दिल्ली पठाईएकोमा रिपोर्ट कुरिरहेको बताउनुभयो । हालका लागि महिनामा दुई पटक मात्र सो अस्पतालमा बायोप्सी गर्ने गरिएको छ । डा. पारस श्रेष्ठ, डा. क्रिस्टिी श्रेष्ठ र पाटन अस्पतालका डा. विमल पाण्डे गरेर तीन जना चिकित्सकको टोलीले बायोप्सी गर्ने गरेको अस्पतालले जनाएको छ ।

हालसम्म यहाँ सो सेवा नहुँदा बिरामीलाई बायोप्सीका लागि बुटवल, काठमाडौं वा भारतको लखनउ जानुपर्ने बाध्यता रहेकोमा अब सो बाध्यताको अन्त्य भएको बिरामीले जनाएका छन् ।

एक्कासी मृगौलामा समस्या देखिएका बर्दिया राजापुरका एक जना बिरामीले नेपालगञ्जमै बायोप्सी सुरु गरिएपछि बाहिर गएर धेरै पैसा र समय खर्चिनु पर्ने बाध्यता समाप्त भएको बताउनुभयो । उहाँले आफूले नेपालगञ्जमै बायोप्सी गराएको जनाउँदै रिपोर्ट कुरिरहेको पनि बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

भर्खरै प्रकाशित

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज