Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

झ्याप् झ्याप् विद्युत जाने समस्याले हैरान उपत्यकावासी

Author Avatar साझा न्यूज 23rd July 2023 , 1:16 PM
झ्याप् झ्याप् विद्युत जाने समस्याले हैरान उपत्यकावासी

विद्युत् प्राधिकरणले केही प्राविधिक समस्या बाहेक विद्युत् अवरुद्ध नहुने बताएकाले मानिसले विद्युतीय उपकरणको वैकल्पिक उपाय रोजेका थिएनन् ।

काठमाडौं, साउन ७ गते । काठमाडौं उपत्यकामा पछिल्लो समय पटक–पटक विद्युत् जाने समस्या दाेहोरिएको छ । कीर्तिपुरका विनोद थापा खाना पकाउने समयमा विद्युत् जाँदा अप्ठ्यारो परेको बताउनुहुन्छ । उहाँ जस्तै उपत्यकावासीले यो हैरानी खेप्नुपरेको छ ।

उहाँले भन्नुभयो, “बेलुका खाना पकाउने समयमा विद्युत् जाँदा समस्या भइरहेको छ । खाना पकाउन विद्युतीय चुलाे प्रयोग गर्ने गरेको छु । विद्युतको अनियमितताका कारण समयमा खाना पकाउन नै पाएको छैन। पछिल्ला केही दिनमा यो क्रम बढेको छ ।”

विद्युत् नियमित आउने भएर ग्याँस सिलिण्डर बेचेर विद्युतीय चुलो किन्नुभएका उहाँलाई विद्युत् अनियमित भइरहँदा समस्या भएको छ । उहाँ त एक प्रतिनिधि पात्र मात्र हो । यो समस्या अहिले काठमाडौं उपत्यकाका सबै भूभागका कुनै न कुनै नागरिकले भोग्ने समस्या बनेको छ ।

विद्युत् प्राधिकरणले केही प्राविधिक समस्या बाहेक विद्युत् अवरुद्ध नहुने बताएकाले मानिसले विद्युतीय उपकरणको वैकल्पिक उपाए रोजेका थिएनन् । तर, समय समयमा विद्युत् अवरुद्ध हुँदो मानिस हैरानी खेप्न बाध्य छन् ।

विद्युतको आपूर्ति अनियमित  हुँदा कतिपय कार्यालयका नियमित काम प्रभावित भएका छन् । अहिले धेरै कार्यालयमा विद्युतका अन्य वैकल्पिक उपकरणको प्रयोग नभएकाले काम प्रभावित भएको छ ।

नेपाल विद्युत प्राधिकरणले यस सम्बन्धमा आफूहरु जानकार रहेको जनाएको छ । भोल्टेज पर्याप्त मात्रामा नपुग्दा यो समस्या आएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका सुपरभाइजर कृष्णबहादुर मोतेका अनुसार विद्युतको खपत बढी हुने गरेको र सोही मात्रामा भोल्टेज नपुगेकाले बेला–बेला विद्युत अवरुद्ध हुने गरेको छ । उहाँले भन्नुभयो, “अहिले बेला बेला उपत्यकामा विद्युत् जाने समस्या साँचो हो । माग बमोजिमको भोल्टेज नपुग्दा यस्तो हुने गरेको छ ।”

प्रयाप्त सबस्टेसन नहुँदा समस्या 

अहिले पर्याप्त मात्रामा सबस्टेसन नहुँदा विद्युत् आपूर्तिमा समस्या भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका सुपरभाइजर मोतेका अनुसार भोल्टेज नपुग्नुको मुख्य कारण सबस्टेनको समस्या नै हो ।

अहिले उपत्यकाका तीन जिल्लामा १० वटा मात्र  सबस्टेसन छन् । उपत्यकामा १० वटा  सबस्टेसनले धान्न नसक्ने भएकाले अझै २० वटा सबस्टेसनहरु थप्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । अहिले नेपालमा पर्याप्त मात्रामा विद्युत् उत्पादन भए पनि प्रसारण लाइन र सबस्टेसन पर्याप्त नभएकाले आपूर्तिमा समस्या भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले नेपालमा विद्युतको उत्पादन बढेको छ । तर, पर्याप्त मात्रामा सबस्टेसन र प्रसारण लाइनको अभाव भएकाले माग भएजति विद्युत् आपूर्ति गर्न भोल्टेजको समस्या भएको छ ।” भोल्टेज मिलाउनका लागि कुनै स्थानमा विद्युत् केही बेर बन्द गरेर यसको व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

प्राधिकरणले शनिवार टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गरेकाले अब भने  उपत्यकामा यो समस्या केही रुपमा समाधान हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “शनिवार टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गरेकाले अब भने पटक पटक विद्युत् अवरुद्ध हुने समस्या केही समाधान हुनेछ । ”

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

भर्खरै प्रकाशित

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज