साझा न्यूज । संवाददाता
तौलिहवा, साउन ९ गते । कपिलबस्तु निर्माण व्यवसायी संघद्वारा प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापन पत्र पठाइएको छ । कपिलबस्तु सहित देशका ७७ जिल्लाका निर्माण व्यवसायीहरुले प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र बुझाएका हुन् । संघका अध्यक्ष सरोज अर्यालको नेतृत्वमा गएको टोलीले सहायक प्रजिअ अनिल पौडेललाई ज्ञापन पत्र बुझाइएको हो ।
टोलिले विभिन्न ९ बुंदे माग सहित ज्ञापन पत्र बुझाएको छ । सबै निर्माण कार्यको भुक्तानी हुनु पर्ने, नेपाल सरकारबाट जारी म्याद थपको आदेशमा संशोधन गरि सम्पूर्ण आयोजनाहरुको एकमुष्ट रुपले म्याद थप गर्न पुनः? आदेश जारी गर्नुपर्ने, अत्याधिक र अप्रत्याशित रुपले भएको मूल्यबृद्धिलाई सम्बोधन हुने गरी मुल्य समयोजन गरिनुपर्ने, रुग्ण आयोजनाहरु अन्यौल ग्रस्त र बजेट नभई काम हुन नसक्ने एवं काबु वाहिरका निर्माण कार्य सुविस्ताको आधारमा अन्त्य गर्नुपर्ने मागहरु रहेका छन् । त्यस्तै चेक बाउन्स र बैक ग्यारेण्टी जफत गर्ने लगायतका कार्वाही रोकिनु पर्ने, वीमाको प्रिमियम दरमा भएको बृद्धिलाई खारेज गरिनु पर्ने, श्रोतमा कट्टा गरेको अग्रीम आयकर र मु.अ.करको बाँकी बक्यौता रकम समयमा नियोक्ताले राजस्व खातामा दाखिला गरिनु पर्ने, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने व्यवस्था खारेज गरिनु पर्ने र कानूनमा संशोधन गरिनु पर्ने लगायतका मागहरु रहेका छन् ।
उल्लेखित मागहरु संबोधन भएन भने विभिन्न किसिमका आन्दोलनहरु गर्ने संघका अध्यक्ष अर्यालले बताउनुभयो । ज्ञापन पत्र बुझाउन संघका पुर्व अध्यक्ष गुन्जन कुमार गुप्ता, महासचिव शिवद याल ठाकुर, पुर्व कोषाध्यक्ष अखिलेश अग्रहरी र सदस्यहरु राजकुमार मिश्रा, अब्दुल गफ्फार, शिवानन्द पाठकको टोलि प्रशासनमा पुगेको हो ।