Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बाँकेमा आर्थिक अपराधमा वृद्धि : बैंकिङ कसुरमा ३०५ उजुरी दर्ता

Author Avatar साझा न्यूज 26th July 2023 , 12:35 PM
बाँकेमा आर्थिक अपराधमा वृद्धि : बैंकिङ कसुरमा ३०५ उजुरी दर्ता

नेपालगञ्ज, साउन १० गते । पछिल्लो समयमा आएर अन्य प्रकारका विभिन्न अपराधिक घटनासहित बाँकेमा आर्थिक अपराधका घटनाहरु पनि बढ्दै गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लामा आर्थिक लेनदेन, ठगी, झुक्याउने लगायतका घटना बढ्दै गएकोमा सबैभन्दा बढी बैंकिङ कसुरका घटनाहरु हुने गरेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जिल्लामा बैंकिङ कसुरका उजुरी विगतका तुलनामा अहिले धेरै नै बढी आउन थालेको बताउनुभयो ।

उहाँले गत आर्थिक वर्ष ०७९/०८० मा मात्र जिल्लामा बैंकिङ कसुरका ३०५ वटा उजुरी परेको बताउनुभयो । डिएसपी डाँगीले अघिल्लो वर्ष ०७८/०७९ मा बैंकिंग कसुरका ७५ वटा उजुरीमात्र परेकोमा गत आवमा त्यसको तीन गुणाभन्दा बढी ३०५ वटा उजुरी परेको जानकारी दिनुभयो । प्र्रहरीका अनुसार सो भन्दा पहिले आर्थिक वर्ष ०७७/०७८ मा त्यस्ता १४ वटा उजुरी मात्र परेका थिए ।

बैंकिङ कसुरलगायत अधिकांश आर्थिक अपराधका घटनाहरु समाजमा पनि मिलाइने गरिएकाले त्यस्ता घटना झनै धेरै भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

प्रहरी प्रवक्ता डिएसपी डाँगीले भन्नुभयो, ‘‘रकम लिने र दिनेबीच लेनदेन मिलाउन अधिकतम प्रयास गर्दा पनि समाधान नभएपछि पीडितहरु उजुरी बोकेर प्रहरीमा आउँछन्, दुबै पक्षलाई झिकाएर मेलमिलाप गराउने र उजुरीको बारेमा अनुसन्धान गरेर पीडित पक्षलाई न्याय दिने काम गरिरहेका छौँ ।’’

पछिल्लो समय उत्पन्न आर्थिक सङ्कटका कारण लेनदेन तथा बैंकिङ् कसुरका मुद्दा बढेको जनाइएको छ ।

नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले आर्थिक सङ्कटले पनि आर्थिक अपराध बढ्दै गएको हुनसक्ने बताउनुभयो । उहाँले आर्थिक सङ्कटका कारण समाजको हरेक वर्ग र समुदाय पीडित बनेकाले त्यसकै कारण पनि आर्थिक अपराध बढ्दै गएको हुनसक्ने आशङ्का गर्नु भयो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, आर्थिक वर्ष ०७९/०८० मा ठगीसम्बन्धी ३८ उजुरी परेका थिए भने आर्थिक वर्ष ०७८/०७९ मा २४ वटा उजुरी दर्ता हुँदा आव ०७७/०७८ मा १६ वटा उजुरी मात्र परेका थिए ।

आर्थिक वर्ष २०७९–०८० मा बाँकेमा आर्थिक अपराधसम्बन्धी ३८ वटा उजुरी परेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

भर्खरै प्रकाशित

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज